12/09/2025
नेपालकी प्रथम महिला प्रधानमन्त्री पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। उहाँको नेतृत्वले मुलुकलाई स्थायित्व, समृद्धि र आशाको नयाँ बाटोतर्फ डो-याओस् भन्ने विश्वास गर्दछौँ। राष्ट्रपतिज्यूको दूरदर्शी मार्गदर्शन, सेनाप्रमुख आशोकराज सिग्देलज्यू र सुरक्षाकर्मीहरूको संयमतापूर्ण भूमिकाका लागि हार्दिक धन्यवाद। साथै आन्दोलनमा सहादत प्राप्त आत्माहरूलाई श्रद्धाञ्जली र घाइते साथीहरूलाई शीघ्र स्वास्थ्य लाभको शुभेच्छा।इतिहासकै साहसी Gen-Z पुस्ताको बलिदान, आवाज र साहसले हाम्रो नयाँ नेपाल निर्माणको जग बनाएको छ। अब त्यस सपनालाई साकार पार्दै दिगो भविष्यतर्फ सबै मिलेर अघि बढौँ। जय नेपाल।🇳🇵