डा. राजन भण्डारी MD, Internal Medicine ,Physician

  • Home
  • Nepal
  • Butwal
  • डा. राजन भण्डारी MD, Internal Medicine ,Physician

डा. राजन भण्डारी MD, Internal Medicine ,Physician Internal medicine Physician ; MBBS/BPKIHS; MD/KU; USA (ECFMG) certified; Evidence-based practitioner

हाम्रा बच्चाहरूको screen time र mental health: के जान्न जरुरी छ? हेलो सबैलाई! आज हामी कूरा गर्छौँ about a serious topic ...
16/07/2025

हाम्रा बच्चाहरूको screen time र mental health: के जान्न जरुरी छ?

हेलो सबैलाई! आज हामी कूरा गर्छौँ about a serious topic – हाम्रा teens र kids को social media, mobile phone, र video games को लतले mental health मा कस्तो असर गर्छ।

JAMA को recent study अनुसार, 31.3% adolescents मा social media addiction र 24.6% मा mobile phone addiction बढ्दो छ!

यो लतले suicidal thoughts र behaviors को risk 2-3 times बढाउँछ, along with depression, anxiety, र aggression जस्ता problems.

Total screen time भन्दा addictive use ले धेरै harm गर्छ! So, यो just about कति घण्टा phone चलायो भन्ने होइन, तर कसरी चलायो भन्ने कुरा हो।

नेपालमा kids हरू TikTok, Instagram, PUBG, Free Fire मा hours बिताउँछन्। If यो habit लतमा बदलियो भने, sleep कम हुन्छ, stress र anxiety बढ्छ।

हामी के गर्न सक्छौँ?
1. Set limits: Kids लाई 1-2 hours max screen time को नियम बनाउनुहोस्।
2. Talk openly: बच्चाहरूसँग किन उनीहरू phone मा stuck छन् भनेर कुरा गर्नुहोस्। Maybe तिनीहरू bored वा stressed छन्?
3. Fun alternatives: Football खेल्ने , किताब पढ्ने, वा friends सँग gaff गर्ने जस्ता activities लाई encourage गर्नुहोस्।
4. Be a role model: हामी parents नै always phone मा भए kids ले पनि copy गर्छन्। So, healthy screen habits देखाउनुहोस्!

Let’s make sure हाम्रा बच्चाहरू healthy र happy छन्! Share this post if you found it useful, र comment below – तपाईंको घरमा screen time कसरी manage गर्नुहूँछ

📲 Need to Consult but Can’t Visit the Clinic?🩺 I Dr. Rajan Bhandari now offers online consultation via Hamro Health for:...
17/06/2025

📲 Need to Consult but Can’t Visit the Clinic?

🩺 I Dr. Rajan Bhandari now offers online consultation via Hamro Health for:

✅ Overseas patients
✅ Busy professionals
✅ Those unable to reach clinic on time

🔁 Highly encouraged for patients with frequent follow-up needs, such as:
• Diabetes
• High Blood Pressure
• Thyroid Disorders
• Heart Diseases
• Kidney & Liver Problems
• Asthma & COPD
• Gastritis & Digestive Issues
• High Cholesterol

📲 Scan the Hamro Health QR below to connect with me.

🧾 My Credentials:
ECFMG Certified (USA) | MD Internal Medicine (KU) | MBBS (BPKIHS)
NMC: 16216

⸻——————————————————————-

🗣 क्लिनिक आउन सक्नुहुन्न? विदेश वा टाढा हुनुहुन्छ?

अब तपाईंले Hamro Health एप मार्फत
म डा. राजन भण्डारीसँग टेलिमेडिसिन सेवा लिन सक्नुहुन्छ।

✅ विदेशमा हुनुहुन्छ?
✅ व्यस्त समय तालिका छ?
✅ घरमै बसेर स्वास्थ्य सेवा चाहिन्छ?

🔁 नियमित अनुगमन आवश्यक हुने रोगहरूका लागि यो सेवा विशेष लाभदायक छ, जस्तै:
• सुगर (मधुमेह)
• ब्लड प्रेसर
• थाइराइड रोग
• मुटु, कलेजो, मिर्गौला रोग
• दम, सिओपिडी
• ग्यास्टिक
• कोलेस्ट्रोल समस्या

📸 तलको QR स्क्यान गरी सिधै सम्पर्क गर्नुहोस्।

📋 मेरो शैक्षिक योग्यता:
ECFMG प्रमाणित (अमेरिका) | MD (KU) | MBBS (BPKIHS)
NMC नं: १६२१६

Self-Care for Acid Reflux / GERD (ग्यास्ट्रिक/अम्लपित्त)🩺 By Dr. Rajan | Internal Medicine 👉🏼 ग्यास्ट्रिक (GERD) अहिले न...
04/06/2025

Self-Care for Acid Reflux / GERD (ग्यास्ट्रिक/अम्लपित्त)
🩺 By Dr. Rajan | Internal Medicine

👉🏼 ग्यास्ट्रिक (GERD) अहिले नेपालमा अत्यन्तै सामान्य रोग हो। पेटमा अम्ल (acid) बढेर छाती पोल्ने, डकार आउने, वा सुत्दा तिर्खा लाग्ने जस्ता समस्या देखिन्छन्। यी समस्या केही सजिला उपायले पनि धेरै हदसम्म कम गर्न सकिन्छ।

✅ घरमै गर्न सकिने असरदार उपायहरू):

1️⃣ भोजन पछि तुरुन्तै नसुत्नुहोस्:
खाना खाएपछि कम्तिमा २–३ घण्टा उठेर बस्नुहोस्। यो अम्ललाई इसोफेगस (घाँटी) मा जानबाट रोक्छ।

2️⃣ सुत्दा सिरानी अग्लो बनाउनुहोस्:
सिरानीको भाग 6–8 इन्च उठाउने हो भने राती अम्ल चढ्ने समस्या कम हुन्छ।

3️⃣ थोरै-थोरै गरेर खाँनुहोस्:
धेरै खाना एकैचोटि खानु GERD का लक्षण बढाउने गर्छ। दिनमा ४–५ चोटि साना भागमा खाँदा सजिलो हुन्छ।

4️⃣ तौल नियन्त्रणमा राख्नुहोस्:
ढाड र पेटमा बोसो धेरै हुँदा पेटमा चाप बढ्छ, जसले अम्ल माथि चढाउँछ।

5️⃣ चिया, कफी, चक्की वा मसालेदार खाना कम गर्नुहोस्:
यी चीजले पेटको अम्ल बढाउने गर्छन्।

6️⃣ धूम्रपान र मदिरा छोड्नुहोस्:
GERD को लक्षण बढाउने मुख्य कारणमध्ये यिनिहरू पनि हुन्।

📍कहिले अस्पताल जानु पर्छ?
• लगातार छाती पोल्ने
• बारम्बार बान्ता आउने
• कालो दिसा वा रगत आउने
• खाना निल्न गाह्रो हुने

💬 यदि यी लक्षणहरू देखिन्छन् भने तुरुन्त चिकित्सकको सल्लाह लिनुहोस्।

स्वास्थ्यमा सानो सुधार पनि तपाईँको दिन राम्रो बनाउँछ। आफैं ख्याल राख्नुहोस्। 🙏🏼

अचानक भएका हिक्का (hiccups) रोक्ने घरेलु उपायहरू 🫁🫶हिक्का धेरैजसो सामान्य कारणले हुने र केही समयमै आफैँ रोकिने गर्छ। तर ...
01/06/2025

अचानक भएका हिक्का (hiccups) रोक्ने घरेलु उपायहरू 🫁🫶

हिक्का धेरैजसो सामान्य कारणले हुने र केही समयमै आफैँ रोकिने गर्छ। तर कहिलेकाहीँ लामो समयसम्म हिक्का आइरहेमा झन्झटिलो लाग्न सक्छ। यस्ता बेला तलका घरेलु उपायहरू उपयोगी हुन सक्छन्:

✅ सास रोक्ने अभ्यास (Breath holding): गहिरो सास लिएर १०–२० सेकेन्ड रोक्ने। यसले डायाफ्रामको चाललाई स्थिर पार्न सहयोग पुर्‍याउँछ।

✅ चिसो पानी पिउनु: चिसो पानी विस्तारै सिप लिँदै पिउँदा हिक्का कम हुन सक्छ।

✅ चिउनुपर्ने खानेकुरा: चिनीको सानो चम्चा चपाउनु वा चपाउनेगम चपाउनु डायाफ्रामको तान तनाव घटाउन उपयोगी हुन्छ।

✅ गर्गल गर्नु: चिसो पानीले गर्गल गर्दा नशा/तन्तुहरूमा उत्तेजना भएर हिक्का रोकिन सक्छ।

✅ अचानक डराउनु वा ध्यान मोड्नु: कुनै अनपेक्षित ध्यानाकर्षणले शरीरको स्वचालित प्रतिक्रिया परिवर्तन गर्न सक्छ।

⚠️ ध्यान दिनुपर्ने कुरा:
यदि हिक्का ४८ घण्टा भन्दा बढी समयसम्म रोकिएको छैन भने, त्यसको पछाडि न्युरोलोजिकल, पेटसम्बन्धी वा अन्य कारण हुनसक्छ, त्यसैले डाक्टरसँग सल्लाह लिनु उपयुक्त हुन्छ।

https://www.facebook.com/share/p/1Fgz828Sd5/?mibextid=wwXIfr
28/05/2025

https://www.facebook.com/share/p/1Fgz828Sd5/?mibextid=wwXIfr

🩺 डा. राजन भण्डारी
MD Internal Medicine, COMS, KU, Nepal
MBBS (BPKIHS)
ECFMG- Certified (USA)
NMC NO: 16216

🩺 के तपाईंमा यी लक्षणहरू देखिएको छ?
✔️ अत्यधिक थकान र कमजोरी महसुस हुने
✔️ धेरै पिसाब लाग्ने, धेरै प्यास लाग्ने
✔️ शरिर चिलाउने, आँखाले धमिलो देख्ने
✔️ तौल घट्दै जाने, मुख सुक्ने
✔️ धेरै भोक लागने
✔️ घाउहरू छिटो निको नहुने
✔️ शरीर सुन्निने, आँखाले धमिलो देख्ने
✔️ हात तथा खुट्टा लाटो र झमझम हुने
✔️ गुप्ताङ्गको संक्रमण हुने
✔️ क्षयरोग तथा अन्य संक्रामक रोगहरू बारम्बार हुने

⚠️ माथि उल्लेखित लक्षणहरु देखिएका छन् र तपाईको परिवारमा कसैलाई चिनीरोग (Diabetes) छ भने समयमै जाँच गराई डाक्टरको परामर्स लिनु पर्दछ।

🧪 हरेक बिहिबार निःशुल्क सुगर तथा विशेषज्ञ चेकजाँच गरिन्छ।
🕘 OPD समय: बिहान ९:३० देखि साँझ ५:०० बजेसम्म

🏥 चौराह हस्पिटल प्रा. लि.
📍 बुटवल-११, कालिकानगर
📞 फोन नं .: ०७१–४१५००२, ९८५७०८९०२९
📧 Email: chaurahhospital.pvt.Itd@gmail.com

ब्रेन हेल्थ र आयु: नसोचेको अनुसन्धान नतिजा!एक नयाँ अनुसन्धान अनुसार, ४० वर्षपछि मानिसको मस्तिष्कको उमेर बढ्ने र संज्ञाना...
25/05/2025

ब्रेन हेल्थ र आयु: नसोचेको अनुसन्धान नतिजा!
एक नयाँ अनुसन्धान अनुसार, ४० वर्षपछि मानिसको मस्तिष्कको उमेर बढ्ने र संज्ञानात्मक क्षमता घट्ने दर उसले कति शारीरिक रुपमा सक्रिय छ भन्ने कुरासँग नजिकबाट सम्बन्धित हुन्छ।

🏃‍♂️ महत्त्वपूर्ण तथ्य:
• नियमित व्यायाम गर्ने मानिसको मस्तिष्कको उमेर ढिलो बढ्दछ।
• सप्ताहमा १५० मिनेट मध्यम स्तरको शारीरिक क्रियाकलाप (जस्तै छिटो हिँड्ने, साइकल चलाउने) क्यान्सर, मुटुरोग र डिमेन्सिया जस्ता रोगबाट जोगिन उपयोगी हुन्छ।
• नेपालको सन्दर्भमा, शहरी जीवनशैलीमा बढी समय कुर्सीमा बिताउने प्रवृत्ति बढ्दो छ, जुन दीर्घकालीन रूपमा मस्तिष्कको लागि हानिकारक हुनसक्छ।

🧑‍⚕️ चिकित्सक सल्लाह:
४० वर्ष नपुग्दै व्यायाम गर्ने बानी बसाल्ने, खानपान सन्तुलित राख्ने, र निद्रा पर्याप्त पुर्याउने बानीले तपाईंको मस्तिष्कलाई दीर्घकालीन रूपमा स्वस्थ राख्न सहयोग गर्छ।

👉 तपाईंसँग अनुभव छ? व्यायामले तपाईंको मानसिक स्वास्थ्यमा के असर पार्‍यो? कमेन्टमा लेख्नुहोस्!



https://www.nia.nih.gov/news/lifelong-exercise-promotes-brain-health-older-adults

🩺 नेपालमा मुटु रोग बढ्दै! तपाईं कति सचेत हुनुहुन्छ?हालैको एक रिपोर्ट अनुसार, नेपालमा ४० वर्षमाथिका ३ मध्ये १ जनालाई हाई ...
20/05/2025

🩺 नेपालमा मुटु रोग बढ्दै! तपाईं कति सचेत हुनुहुन्छ?

हालैको एक रिपोर्ट अनुसार, नेपालमा ४० वर्षमाथिका ३ मध्ये १ जनालाई हाई ब्लड प्रेशर छ — र धेरैलाई थाहा पनि छैन। 😟

🔴 उच्च रक्तचाप (BP) मुटुघात र स्ट्रोकको मुख्य कारण हो।
तर चिन्ताजनक कुरा के हो भने — यो रोग शुरुमा लक्षण नदिई बढ्न सक्छ।

तपाईँको BP कहिले जाँच गर्नुभयो अन्तिम पटक?
छाती दुख्ने, सास फेर्न गाह्रो हुने, गाला रातो हुनेजस्ता लक्षणहरूलाई बेवास्ता नगर्नुहोस्।

📅 अर्को हप्ता मे २९ मा विश्व हाइपरटेन्सन दिवस मनाइँदैछ।त्यस दिनको लागि हाम्रो अस्पतालमा निःशुल्क BP चेकअप काउण्टर रहनेछ। सबैको लागि खुल्ला।

स्वस्थ मुटु, दीर्घ जीवन 💓
डा. राजन भण्डारी

Internal Medicine Specialist – Chaurah hospital

Address

Butwal

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when डा. राजन भण्डारी MD, Internal Medicine ,Physician posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category