
23/04/2025
यस तिलोत्तमा अस्पतालका सम्माननीय वरिष्ठ बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलज्यूका पिता श्रीको दुःखद निधन भएको छ।उहाँको निधनले पोखरेल परिवारमा मात्र होइन, हाम्रो सम्पूर्ण अस्पताल परिवारमा पनि एक अपूरणीय क्षति भएको अनुभूति गरेका छौं। जीवनका हरेक पाटोमा मार्गदर्शन दिने यस्ता आदरणीय पिताको अभाव सधैं खट्किरहनेछ।
यस दुःखद घडीमा हामी डा. पोखरेलज्यू र उहाँको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। परमेश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् र परिवारजनलाई यो अपार पीडा सहन सक्ने शक्ति प्रदान गरून्।
तिलोत्तमा अस्पताल परिवार
ओम् शान्तिः शान्तिः शान्तिः।