Dadeldhura Hospital - डडेल्धुरा अस्पताल

  • Home
  • Nepal
  • Dadeldhura
  • Dadeldhura Hospital - डडेल्धुरा अस्पताल

Dadeldhura Hospital - डडेल्धुरा अस्पताल Dadeldhura Hospital's Official page, is Build/Operated By Hospital Administration.

अस्पतालकाे समग्र विकास तथा गुणस्तरीय सेवा प्रवाहका लागि जिल्ला स्थित सराेकारवालाहरू संगकाे विचार बिमर्श कार्यक्रम सम्पन्...
21/01/2026

अस्पतालकाे समग्र विकास तथा गुणस्तरीय सेवा प्रवाहका लागि जिल्ला स्थित सराेकारवालाहरू संगकाे विचार बिमर्श कार्यक्रम सम्पन्न ।
यहाँहरूकाे गरिमामय उपस्थिति, साथ, सहयाेग र प्राप्त सुझावकाे लागि हार्दिक आभार प्रकट गर्दछौं ।

सूचना !
13/01/2026

सूचना !

तपाईंको आगामी जीवन सुखमय र उज्ज्वल रहाेस्, एक असल चिकित्सकको रूपमा डा.मंजु यादव, हामी तपाईंलाई सम्झिनेछाैं र फेरि भेट्ने...
12/01/2026

तपाईंको आगामी जीवन सुखमय र उज्ज्वल रहाेस्, एक असल चिकित्सकको रूपमा डा.मंजु यादव, हामी तपाईंलाई सम्झिनेछाैं र फेरि भेट्नेछाैं । तपाई जहाँ रहनुहुनेछ बिरामीको सेवा र समिप्यताकाे अपार माया रहिरहनेछ ।

10/01/2026

डडेल्धुरा जिल्ला बाहिर जाँदा बिरामीलाई लाखौं खर्चपर्ने जटिल शल्यक्रियाहरु सर्वसुलभ र गुणस्तरीय रूपमा प्रवाह ‍भईरहेछ ।
#हाडजोर्नी सम्बन्धित केही जटिल सफल शल्यक्रियाहरू:
१. अमरगढी नगरपालिका ७, वर्ष ६५/पुरूष बिरामी को Hemi Replacement Arthroplasty (HRA) तिघ्रा फेर्ने शल्यक्रिया सफलता पूर्वक सम्पन्न भएको छ।
२. अमरगढी नगरपालिका १०, बर्ष ७०/पुरूष बिरामीको Knee Joint Fracture Case को Tibial Lateral Locking Plating & Better T Plating.
३. सिभनाथ ३ बैतडीका ६५/Female: Tibia Plateau With Fibula Fracture जटिल खाले घुँडा भाँच्चिएको Case को Tibial Lateral Locking Plating With Better T Locking Plating शल्यक्रिया ।
४. लेकम ६, दार्चुला निवासी २७/Female को MiPPO Plating शल्यक्रिया ।

साथै, पुस महिनामा मात्रै हालसम्म जटिल प्रकृतिका थप 40 Cases सम्पन्न भएका छन् । (कतिपय शल्यक्रियाहरू सुदूरपश्चिममा पहिलाे पटक भएका हुन्)

जनसरोकारका लागि सूचित ।।।
09/01/2026

जनसरोकारका लागि सूचित ।।।

विज्ञप्ति ।
08/01/2026

विज्ञप्ति ।

सबैमा जानकारीकाे लागि ।
08/01/2026

सबैमा जानकारीकाे लागि ।

मितिः २०८२/०९/२३ गते । प्रेस विज्ञप्ती ।।।आज मिति २०८२।०९।२३ गते बुधवार दिउसो १:३५ बजेको समयमा डडेल्धुरा अस्पताल विकास स...
07/01/2026

मितिः २०८२/०९/२३ गते ।

प्रेस विज्ञप्ती ।।।
आज मिति २०८२।०९।२३ गते बुधवार दिउसो १:३५ बजेको समयमा डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करूणाकर ओझालाई उहाँको कार्यकक्षमा ने.क.पा. बहुमतको नाममा केही अराजक ब्यक्तिहरूद्वारा गरिएको दुर्व्यवहार प्रति यस अस्पताल खेद प्रकट तथा घोर भर्त्सना व्यक्त गर्दछ ।
यस क्षेत्रको समग्र स्वास्थ्य प्रणाली र अस्पतालबाट प्रवाह हुने सेवा सुविधामा अहोरात्र दिनरात नभनी अग्रपङक्तिमा खटेर बिरामी सेवाग्राही नागरिकहरूको सहज र प्रभावकारी उपचार पद्दती ब्यवस्थापनमा सर सल्लाह र सामुदायिक अपनत्व लिने वातावरण सिर्जना गर्न क्रियाशिल रहनुभएका विकास समिति अध्यक्ष माथि यस संवेदनशिल संस्थाभित्र प्रवेश गरि प्रमाणविहिन र तथ्यहिन आरोपहरु लगाउदै अस्पताल जस्तो गरिमामय पवित्र स्थलमा गरिएको व्यवहारले लज्जित तुल्याएको छ ।
यस्ता घटनाले अस्पतालको सेवा प्रवाह तथा अस्पतालमा कार्यरत सवै तहका कर्मचारीहरू र पदाधिकारीहरूको मनोवलमा गिराउने र अस्पतालको सेवा प्रवाहमा थप असर हुने सिवाय अरू केहि उपलब्धि हासिल हुने छैन्, यस्तो बिषम घडीमा उच्च नैतिक मूल्य र मान्यता कायम गर्दै अस्पताल परिवारको पक्षमा उभिन सम्पूर्ण सरोकारवालाहरूलाई आह्वान गर्दछौं ।
उक्त घटनाको दोषीमाथी यथासिघ्र छानविन गरि कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकायमा जोडदार माग गर्दछौं, साथै भबिष्यमा यस्ता अराजक गतिविधीहरूको पुनरावृत्ति हुन नदिन सम्पूर्ण तहको सरकार, स्थानिय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज लगायत सम्बन्धित सबैमा डडेल्धुरा अस्पताल हार्दिक अपील गर्दछ ।
यस अवस्थामा, दोषीलाई तत्काल कानुनी दायरामा नल्याएसम्म यस घटनाले कमजोर बनाएको कर्मचारीको मनोबललाई मध्यनजर गरि भोली मिति २०८२।०९।२४ गते देखी अस्पतालबाट प्रदान गरिने आकश्मिक सेवा बाहेक अन्य सेवा पूर्ण रूपमा बन्द हुने बेहोरा जानकारी सहित यो प्रेस बिज्ञप्ती जारी गरिन्छ ।
यसले सेवाग्राहीमा पर्न जाने असुविधा प्रति अस्पताल बिकास समिति क्षमाप्रार्थी छ।
-डडेल्धुरा अस्पताल विकास समिति

बालराेग बिशेषज्ञ डा. सुवास पन्थीलाई हार्दिक स्वागत छ 🙏बालबालिकाकाे उपचारमा रहने सेवाभाव संगै यहाँको बसाइ सुखद रहाेस् 💐💐
02/01/2026

बालराेग बिशेषज्ञ डा. सुवास पन्थीलाई हार्दिक स्वागत छ 🙏
बालबालिकाकाे उपचारमा रहने सेवाभाव संगै यहाँको बसाइ सुखद रहाेस् 💐💐

प्रेस विज्ञप्ती
21/12/2025

प्रेस विज्ञप्ती

अस्पतालको आयोजनामा अस्पतालमा सेवारत सम्पूर्ण कर्मचारीहरूमा सेवाकाे शक्ति र जीवनमा सकारात्मक भाव विकासकाे लागि मानवसेवा आ...
19/12/2025

अस्पतालको आयोजनामा अस्पतालमा सेवारत सम्पूर्ण कर्मचारीहरूमा सेवाकाे शक्ति र जीवनमा सकारात्मक भाव विकासकाे लागि मानवसेवा आश्रमका संस्थापक अध्यक्ष/ सामाजिक अभियानकर्ता/ प्रेरक वक्ता श्री रामजी अधिकारी ज्यूबाट महत्त्वपूर्ण कक्षा सञ्चालन । ❤️🙏

28/11/2025

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा संचालन गरिएको छ । यस अघि एकै सिफ्टमा ओपीडी सेवा संचालन हु.....

Address

Amargadhi Municipality 5, Tuphandanda
Dadeldhura

Alerts

Be the first to know and let us send you an email when Dadeldhura Hospital - डडेल्धुरा अस्पताल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dadeldhura Hospital - डडेल्धुरा अस्पताल:

Share