Rapti Lifecare Hospital Pvt Ltd

Rapti Lifecare Hospital  Pvt Ltd Toll Free Number-18105000175
Rapti Life Care Hospital is dedicated to providing high-quality, accessible, and affordable healthcare.

With expert medical professionals and advanced facilities, we ensure patients receive top-notch treatment at your own home

हान्टा भाइरस सम्बन्धी सही जानकारी सबैसम्म पुर्‍याऔं डर होइन, सचेतना फैलाऔं र सुरक्षित रहौं।राप्ती लाइफ केयर हस्पिटल प्रा...
20/05/2026

हान्टा भाइरस सम्बन्धी सही जानकारी सबैसम्म पुर्‍याऔं
डर होइन, सचेतना फैलाऔं र सुरक्षित रहौं।
राप्ती लाइफ केयर हस्पिटल प्रा.लि
तुलसीपुर–७ मोतिपुर दाङ

Meet our expert Radiologist, Dr. Jigmi GurungProviding accurate diagnosis with advanced imaging and compassionate care.Y...
18/05/2026

Meet our expert Radiologist, Dr. Jigmi Gurung
Providing accurate diagnosis with advanced imaging and compassionate care.
Your health is in safe hands with expert radiology services dedicated to quality, precision, and patient care.

Available at Rapti Life Care Hospital
For appointment and consultation, please contact the hospital administration.
Hotline number : 18105000175 ( call Garda paisa nalagne)

राप्ती लाइफ केयर हस्पिटल प्रा.लि.मा कार्यरत सिता मल्ललाई जन्मदिनको हार्दिक शुभकामना।राप्ती लाइफ केयर हस्पिटल परिवारतुलसी...
17/05/2026

राप्ती लाइफ केयर हस्पिटल प्रा.लि.मा कार्यरत सिता मल्ललाई जन्मदिनको हार्दिक शुभकामना।

राप्ती लाइफ केयर हस्पिटल परिवार
तुलसीपुर–७, मोतिपुर, दाङ ।

16/05/2026

राप्ती लाइफ केयर अस्पतालद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

राप्ती लाइफ केयर अस्पतालद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग तुलसीपुरस्थित राप्ती लाइफ केयर अस्पतालले आफ्नो...
15/05/2026

राप्ती लाइफ केयर अस्पतालद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

तुलसीपुरस्थित राप्ती लाइफ केयर अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न, असहाय तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्ने अभियानलाई तीव्रता दिएको छ ।

अस्पतालले शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको मावि भित्री सक्रामका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेको हो ।

आर्थिक अवस्था कमजोर भएकै कारण धेरै बालबालिकाहरू आधारभूत शिक्षाबाट वञ्चित हुनुपर्ने वा बिचमै पढाइ छाड्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न अस्पतालले यो अभियान थालेको हो ।

अस्पतालका अध्यक्ष हरिप्रसाद रिजालका अनुसार शुक्रबार विद्यालयका ३५ जना विपन्न तथा जेहेन्दार बालबालिकाहरूलाई कापी, कलम, झोला लगायतका आवश्यक शैक्षिक सामग्रीहरू वितरण गरिएको छ ।

अध्यक्ष रिजालले बालबालिकाको पठनपाठनमा सहजता ल्याउन र उनीहरूलाई शिक्षातर्फ प्रेरित गर्न अस्पताल सधैँ प्रतिबद्ध रहने विश्वास दिलाउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवित्रा घर्ती बुढामगरको अध्यक्षता तथा राप्ती लाइफ केयर अस्पतालका अध्यक्ष हरिप्रसाद रिजालको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष प्रेमनाथ योगीको विशिष्ठ आतिथ्यतामा सहयोग हस्तान्तरण कार्यक्रम भएको हो ।

त्यस अवसरमा बोल्दै वडा अध्यक्ष योगीले अस्पतालको यस कार्यको प्रशंसा गर्नुभयो । उहाँले यस्ता सहयोगले आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई शिक्षामा निरन्तरता दिन ठुलो मद्दत पुग्ने बताउँदै अस्पतालको सामाजिक सेवा भावको सम्मान गर्नुभयो ।

कार्यक्रममा वडा सदस्य राम बहादुर पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य बिनिता खड्का लगायतको सहभागीता रहेको थियो । विद्यालयका प्रधानाध्यापक राघेस हरिजनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक रोशन श्रेष्ठले गर्नुभएको हो ।

स्वास्थ्य सेवा प्रवाहसँगै सामाजिक कार्यमा समेत सक्रिय राप्ती लाइफ केयर अस्पतालले आगामी दिनमा पनि लक्षित वर्गसम्म पुग्ने गरी यस्ता कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य राखेको छ ।

15/05/2026

Admission open in PCL Nursing in Rapti life care nursing and HA college Dang .

15/05/2026

समाचारका लागि रेडियो हाम्रो पहुँचलाई धन्यवाद

15/05/2026

अस्पतालले विद्यार्थी र अभिभावकहरूलाई एकै ठाउँमा राखेर झोला, कपी, पेन्सिलका साथै स्वास्थ्य सचेतनाका लागि ब्रस र मन्जन समेत उपलब्ध गराएको छ ।

सृजनसिल आविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण : अस्पताल र विद्यालयबीच स्वास्थ्य सेवामा छुटको सम्झौतादाङको तुलसीपुर उ...
14/05/2026

सृजनसिल आविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण : अस्पताल र विद्यालयबीच स्वास्थ्य सेवामा छुटको सम्झौता

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ छोटेस्थित श्री सृजनसिल आधारभुत विद्यालयमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । राप्ती लाईफ केयर हस्पिटल प्रालिको सहयोगमा विद्यालयमा अध्ययनरत ३८ जना गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीहरूलाई सामग्री प्रदान गरिएको हो ।

अस्पतालले विद्यार्थी र अभिभावकहरूलाई एकै ठाउँमा राखेर झोला, कापी, पेन्सिलका साथै स्वास्थ्य सचेतनाका लागि ब्रस र मन्जन समेत उपलब्ध गराएको छ । शैक्षिक सामग्रि पाएपछि विद्यार्थीहरुले खुशी व्यक्त गरेका छन् ।

कार्यक्रमकै अवसरमा राप्ती लाईफ केयर हस्पिटल तुलसीपुर र विद्यालयबीच एक महत्वपूर्ण सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीले अस्पतालमा उपचार गराउँदा ओपिडि सेवा र इर्मेजेन्सी सेवा निःशुल्क पाउनेछन् भने अन्य स्वास्थ्य सेवाहरूमा विद्यार्थी,कार्यरत शिक्षक र अभिभावकहरूले १० देखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्ने घोषणा गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं राप्ती लाईफ केयर हस्पिटलका अध्यक्ष हरि प्रसाद रिजालले विद्यार्थीहरू देशका भविष्य भएको बताउनुभयो । विद्यार्थी भनेको काँचो माटो भएको बताउँदै उहाँले बालबालिकालाई जस्तो बनायो उस्तै बन्ने बताउनुभयो ।
उहाँले अस्पतालको तर्फबाट प्रदान गरिएको सामग्रीलाई मायाको चिनो स्वरूप स्वीकार गर्न आग्रह गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व वहन गरिरहने प्रतिबद्धता जनाउनुभयो ।

विद्यालयका प्रधानाध्यापक सन्तोष परियारले उपमहानगरपालिकाभित्रै रहेर पनि भौगोलिक र आर्थिक रूपमा दुर्गम महसुस भइरहेको अवस्थामा अस्पतालले गरेको यो सहयोग कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

एउटा कलम वा कपीको अभावमा कुनै विद्यार्थीको भविष्य नरोकियोस् भन्ने हेतुले गरिएको यो पुण्य कर्मका लागि अस्पताल परिवारलाई उहाँले धन्यावाद ज्ञापन गर्नुभयो ।

अभियभावक रुपकली डि.सी आले, गीता खड्का र यम प्रकाश पुन मगर लगायतले शैक्षिक सामग्री र स्वास्थ्य सेवामा भएको छुटको सम्झौताले आफूहरूलाई ठूलो राहत मिलेको बताउनुभयो ।

प्रधानाध्यापक सन्तोष परियारको अध्यक्षता तथा राप्ती लाईफ केयर हस्पिटलका अध्यक्ष हरि प्रसाद रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सहायक प्रधानाध्यापक प्रेम नेपालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक दिलीप डाँगीले गर्नुभएको छ ।

Address

Motipur, Tulsipur
Dang District
44600

Alerts

Be the first to know and let us send you an email when Rapti Lifecare Hospital Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Rapti Lifecare Hospital Pvt Ltd:

Share