बाल मस्तिष्क

  • Home
  • बाल मस्तिष्क

बाल मस्तिष्क Children's rights are a subset of human rights with particular attention to the rights of special protection and care afforded to minors.

11/11/2025

रमाइलो बाल साहित्य

बालपत्रिका ‘मुना’को नयाँ स्तम्भ ‘बालकसँग स्रष्टा संवाद’का लागि यस पटक हामीले वि सं. २०१२ मा खाँदबारी, सङ्खुवासभामा जन्मनुभएकी साहित्यकार, नेपाल प्रज्ञा–प्रतिष्ठानको पूर्वप्राज्ञ परिषद् सदस्य तथा मनोहरा माध्यमिक विद्यालय काठमाडौंकी पूर्वप्रधानाध्यापक नर्मदेश्वरी सत्यालसँग एसओएस हर्मनमाइनर विद्यालय पनौतीमा कक्षा ९ मा पढ्ने छात्र सृजन भट्टराईले गर्नुभएको संवादलाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ साहित्यकार नर्मदेश्वरी सत्याल र बालक सृजन भट्टराईको संवाद :

तपाईंको विचारमा बालसाहित्य कस्तो हुनुपर्छ ?

बालसाहित्यको लेखक बालक मात्र नभएर अरू व्यक्तिसमेत हुन सक्ने भए पनि यो मुख्यतः बालबालिकाका लागि नै लेखिने हो । त्यसैले यसका पाठक अथवा बालबालिकाको उमेरगत अवस्था सुहाउँदो, मनोरञ्जन दिने खालको, रुचिकर साथै उद्देश्यमूलक हुनुपर्छ ।

तपाईंलाई बालसाहित्य लेख्न केले प्रेरणा दियो ?

म पनि भाषा साहित्यकै विद्यार्थी हुँ । सिङ्गो साहित्यको भण्डारभित्र बालसाहित्य पनि अटाउने नै भयो । यसैले धेरथोर बालसाहित्यका रचना पढ्नेतिर मेरो पनि ध्यान जानु स्वाभाविक भयो । यसो भए पनि बालसाहित्य लेख्ने नै कुरामा भने म निकै पछि मात्र अगाडि सरेँ अथवा यस कर्ममा म निकै पछि मात्र प्रेरित बनेँ । खास गरी म आमा अनि शिक्षक भएपछि नै मैले बालबालिकाको रुचि, तिनका लागि बालसाहित्यले प्रभाव, अझ बालसाहित्यको मर्मबारे अलि गहिरो गरी बुझेँ । यसरी हेर्दा मलाई बालसाहित्य लेख्न प्रेरणा दिने कारक तìव भनेका मेरो घर र विद्यालयका बालबालिका नै हुन् ।

बालबालिकाले कस्ता पुस्तक पढ्नुपर्छ ?

बालबालिकाले आपूmलाई आवश्यक साहित्यबारेमा सबै सूचना र जानकारी नपाउन पनि सक्छन् त्यसैले उनीहरूले कस्ता पुस्तक पढ्छन्भन्दा पनि उनीहरूलाई कस्ता पुस्तक पढ्न दिनुपर्छ भन्ने कुरा प्रमुख हुन्छ । सामान्यतया उनीहरूले आफ्नो क्षमतासँग सम्बन्धित भएका, जीवन सार्थक बनाउन प्रेरणा दिने खालका, मनोरञ्जनात्मक र व्यावहारिक पुस्तकहरू पढ्नुपर्छ र अग्रजले पनि त्यस्तै पुस्तक पढ्ने वातावरण दिनुपर्छ ।

पढाइका हिसाबले नयाँ र पुरानो पुस्ताका बीचमा के अन्तर पाउनुहुन्छ ?

नयाँ र पुरानो पुस्ता भनेर धेरै मान्छेले उमेरजन्य कुरा अघि सार्ने गर्छन् । मेरा विचारमा उमेर मात्र नभएर सोचाइको कुरा पनि आउँछ । उमेरले बूढा मानिसमा नवीन सोच अनि उमेरले नवीन मानिसमा पुरातन सोच पनि हुनसक्छ । त्यसैले परिवर्तित समयसँगै यथोचित ध्यान पु¥याउन नसक्ने र सक्नेबीच आकाश पातालको फरक रहन्छ । प्रायजसो पुराना पुस्तामा बढी आध्यात्मिक र भाग्यवादी सोच रहन्छ भने नयाँ पुस्तामा बढी वैज्ञानिक र कर्मवादी सोच रहन्छ । कर्मवादी सोच नै जीवनको सार हो भन्ने ठान्छु म ।

कसरी बालकविता लेख्न थाल्नुभयो ?

मैले आफैँ बालकविता लेख्नुभन्दा अगाडि धेरै रचनाकारका धेरै बालकविता पढेँ । यसबाट मलाई बालकविताले लेखकमा र पाठकमा बालकविताले दिने ऊर्जा र आनन्द विशेष लाग्यो । यसका साथै बालकविताको कलात्मक प्रस्तुति, लय, वाचन, भाव, प्रभाव आदिमा पनि म आकर्षित भएँ । यसैले म बालकविता लेख्न थालेँ ।

तपाईंलाई मनपर्ने बालसाहित्यका कुनै पाँच पुस्तकको नाम भनिदिनु न ?

यो निकै जटिल प्रश्न हो । हो, यस विधा वा क्षेत्रमा बजारमा आएकामध्ये निकै पुस्तकहरूका रचना माझिन अनि रचनाकार अभैm परिपक्व हुन बाकी नै देखिन्छ पनि तर यसो भन्दैमा पाँचवटा मात्र पुस्तक राम्रा छन् भन्ने त होइन ! मलाई धेरैजसो मनोरञ्जनसँगै व्यावहारिक सोच भएका बालसाहित्यिक विषय सङ्कलित बालपुस्तक मन पर्छन् । त्यस्ता पुस्तकहरूमध्ये अहिले म यी पाँचवटा सम्झन्छु :–

खै गुजी –बुँद राना

जुनकिरी –बाजुराम पौडेल

शैक्षिक नाटक –श्यामदास वैष्णव

हजुरबाको थाल –शारदारमण नेपाल मेरो गाउँ –देबु लुइँटेलयीबाहेक अरू पुस्तक र तिनका लेखकमा पनि स्तरीयता छ तर यहाँ पाँच पुस्तकको सीमामा अटाउँदा उहाँहरू छुट्नुभएको छ ।

नयाँ पुस्तालाई के सल्लाह दिन चाहनुहुन्छ ?

नयाँ पुस्तालाई म सबैभन्दा पहिले अनुशासित र नैतिकवान् बन्न सल्लाह दिन्छु । यसो भएमा पढाइ, व्यवहार र अरू धेरैतिरका कुरा राम्रो लयमा आइहाल्छन् । नयाँ पुस्ताबाटै समाजको विकास गर्न, संस्कृतिको विकास गर्न, पठन संस्कृतिको विकास गरेर नयाँ–नयाँ ज्ञान आर्जन गर्न सकिन्छ र व्यावहारिक हुन पुगिन्छ । यसर्थ बाल्यावस्थादेखि नै पढ्ने वातावरण सिर्जनाका लागि नयाँ पुस्ता जागरुक हुनुपर्छ भन्ने सल्लाह दिन चाहन्छु ।

11/11/2025

UNICEF is deeply alarmed by reports of violence against children during today’s protests across Nepal. The use of force against children is unacceptable and must stop immediately.

Under the UN Convention on the Rights of the Child, to which Nepal is a State Party, children have the right to freedom of association and to freedom of peaceful assembly.

UNICEF stands with the children of Nepal and urges all actors to prioritize their safety, dignity and rights.

Address

Pucharvazar

45100

Telephone

+9779843651371

Website

Alerts

Be the first to know and let us send you an email when बाल मस्तिष्क posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to बाल मस्तिष्क:

  • Want your practice to be the top-listed Clinic?

Share