San Raj Health Care Pvt. Ltd. सन राज हेल्थ केयर

  • Home
  • Nepal
  • Dhading
  • San Raj Health Care Pvt. Ltd. सन राज हेल्थ केयर

San Raj Health Care Pvt. Ltd. सन राज हेल्थ केयर हाम्रो नारा गुणस्तरीय स्वस्थ्य सेवा सुलभ मुल्य

हाम्रो आन्दोलन आज पनि जारी छ। आज २ घण्टा को लागि ११ बजे देखि १ बजे सम्म थोक, आयात र खुद्रा औषधी पसल बन्द गर्ने कार्यक्रम...
01/12/2025

हाम्रो आन्दोलन आज पनि जारी छ। आज २ घण्टा को लागि ११ बजे देखि १ बजे सम्म थोक, आयात र खुद्रा औषधी पसल बन्द गर्ने कार्यक्रम अन्तग्रत हाम्रो सन राज फार्मेसी र सङै रहेको आचार्य भेटनरि समेत बन्द गरियो,
Ncda Kathmandu Ncda Central Ncda Dhading

भोलीको आफ्नो हक र अधिकार सुनिश्चित गर्न, गैह्र संवैधानिक र अव्यवहारिक बनाईएको कानूनको विरुद्धमा एक जुट हौँ।व्यवसायिक हित...
26/11/2025

भोलीको आफ्नो हक र अधिकार सुनिश्चित गर्न, गैह्र संवैधानिक र अव्यवहारिक बनाईएको कानूनको विरुद्धमा एक जुट हौँ।
व्यवसायिक हित र व्यवसायको सुरक्षा हाम्रो पहिलो कर्तव्य हो।
Ncda Central Ncda Kathmandu को आन्दोलन को एक्यबद्धता जनाउदै आफ्नो फार्मेसीमा ब्यानर टासियो,

नेपाली हरुको महान चाड बडादशैंको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइ हरुलाई हा...
30/09/2025

नेपाली हरुको महान चाड बडादशैंको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइ हरुलाई हार्दिक शुभकामना छ जय होस् नवदुर्गा भवानीले रक्षा गरुन 🙏
- सन राज हेल्थ केयर प्रा. लि
-सन राज फार्मेसी
- भगवान शरण मेडि कर्न्सन्

14/09/2024

*बरिस्ठ डाक्टरहरु सन राज हेल्थ केयर मा मात्र
*बरिस्ठ युरोलोजिस्ट तथा किड्नी ट्रन्सप्लान्ट सर्जन प्रो. डा. राकेश बर्मा)
*बरिस्ठ बाल रोग एंव छाला तथा यौन रोग बिसेसज्ञ डा. फारुक ए. मिकरानि,
*बरिस्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डा.संजिब चन्द्र गौतम) ,
*बरिस्ठ बाथ रोग विशेषज्ञ डा. नरेन्द्र प्रसाद मैनाली),
*बरिस्ठ
* बरिस्ठ कलेजो तथा पेट रोग विशेषज्ञ तथा कलेजो ट्रन्सप्लान्ट सर्जन डा. ललित कुमार दास)
*बरिस्ठ मुटु रोग विशेषज्ञ प्रा. डा हरिहर खनाल
*बरिस्ठ रेडियोलोजिस्ट डा. दिनेश के. सि ादिङ

17/05/2024

उच्च रक्तचाप हुँदा औषधि नखाए के हुन्छ ?
डा. कमल शर्मा लम्साल
वरिष्ठ मुटुरोग विशेषज्ञ

उच्च रक्तचाप हुँदा औषधि नखाए के हुन्छ ?

उच्च रक्तचापको समस्या आउनासाथ दुई कुरा मनमा आउँछन् । एउटा दीर्घरोगको सिकार र आजीवन औषिध खानुपर्ने रोग ।

धेरैजसोले त औषधि खान झन्झट मानेर खाँदै छाड्दै पनि गरेका हुन्छन् भने केहीले आजीवन औषधि सेवनको डरले औषधि नै नखाने गरेकोसम्म पनि देखिन्छ । जसले झनै जोखिम निम्त्याउँछ ।

उच्च रक्तचाप भएपछि औषधि आजीवन खानैपर्छ ?

उच्च रक्तचापको औषधि बाँचुञ्जेलको लागि भन्दा पनि बच्नलाई खाने हो भनेर बुझ्नुपर्छ । रक्तचाप अनियन्त्रित हुँदा शरीरका विभिन्न अंगलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर गर्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्तिको रक्तचाप सन्तुलन गर्न र अन्य अंग जोगाउन औषधि आवश्यक छ । किनभने अन्य रोग जस्तै ज्वरो, टाइफाइड हुँदा औषधि खाएर निको भएजस्तो उच्च रक्तचापको औषधिले निर्मूल बनाउँदैन । त्यसैले चिकित्सकको निगरानी र सल्लाहमा यसको औषधि सेवन गरिरहनुपर्छ ।

कतिपय अवस्थामा औषधि केही समयपछि रोक्न पनि सकिन्छ । जस्तै, थाइराइराइड बढेर प्रेसर बढेको अवस्थामा यसको उपचार सफल भएमा प्रेसरको औषधि आवश्यक नपर्न सक्छ । मिर्गौलामा रगत प्रवाह गर्ने नली साँघुरियो भने रक्तचाप बढ्न सक्छ । र, त्यो नली खुलाइयो भने प्रेसरको औषधि आवश्यक नपर्न सक्छ ।

त्यस्तै केही प्रतिशत मात्र मोटोपन छ । त्यसको कारण रक्तचाप छ भने मोटोपन कम गर्दै लैजाँदा प्रेसर पनि कम हुँदै जान्छ । त्यस्तै कोलेस्टेरोलको मात्रा बढी, मुटुरोग र रक्तचाप पनि उच्च छ भने त्यस्ता रोगलाई कम गर्दा रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ । तर चटक्कै छोड्न भने मिल्दैन ।

जीवनशैली परिवर्तनले औषधि घटाउन सकिन्छ

रक्तचापको समस्या नियन्त्रण गर्न मेडिकल र नन-मेडिकल दुवैको भूमिका हुन्छ । त्यसैले जीवनशैली परिवर्तनले औषधि घट्न सक्छ ।

सामान्यतया रक्तचाप भएकामध्ये ९० प्रतिशतले नियमित औषधि खानुपर्ने हुन सक्छ । यद्यपि आफ्नो खानपान स्वस्थकर र सक्रिय जीवनशैली बनाउन सकेमा रक्तचापको मात्रा सन्तुलन गराउन सकिन्छ । अर्थात्, उच्च रक्तचापलाई कम गर्न मधुमेह, कोलेस्टेरोल, तौल नियन्त्रण गर्ने, व्यायाम, खानपानले १० प्रतिशतसम्म उच्च रक्तचापको मात्रा घट्न सक्ने हुँदा औषधिको मात्रा कम गर्न सकिन्छ ।

कसैमा यी सबै गर्दा पनि रक्तचाप घटेको छैन भने औषधिलाई निरन्तरता दिनुपर्छ ।

औषधि सधैं एकैनासको नहुन सक्छ

उच्च रक्तचापको औषधि खाइरहेका व्यक्तिलाई सधैं एकै प्रकारको औषधि खाइरहनुपर्छ भन्ने पनि लाग्न सक्छ । औषधि दैनिक खानुपर्ने भए पनि यसको मात्रा फरक–फरक हुन सक्छ । अस्पतालमा फलोअपका लागि बोलाउँदा प्रेसर घटबढको अवस्था मूल्यांकन गरेर औषधि घटाउने वा छाड्ने सुझाव दिइन्छ ।

प्रेसर घट्दै गयो नर्मलभन्दा तल झर्दै गयो भने बल्ल औषधि घटाउँदै गएर छाड्ने हो । तर नियन्त्रण हुँदैमा औषधि छाड्न भने मिल्दैन ।

औषधि नखाँदा के हुन्छ ?

औषधि नखाँदा शरीरको मुख्य-मुख्य भागमा असर गर्छ । रक्तचाप अनियन्त्रित भएसँगै मुटुको चाल गडबड गर्ने, मुटुको पम्प गर्ने क्षमता घटाउने, मुटु सुन्निने, मांसपेशी कमजोर हुने, भल्बलाई क्षति गर्ने, जुनसुकै समयमा हृदयघात हुन सक्छ । त्यति मात्र होइन, मस्तिष्कघात हुन सक्ने, आँखाको दृष्टि घुम्न सक्ने पनि हुन सक्छ । धेरैमा उच्च रक्तचापकै कारण मुटुमा समस्या देखिएर हृदयघात हुनु वा ब्रेनह्याम्रेज, मुटुको चाल अनियमित हुने, हुनुलाई बोलीचालीको भाषामा प्रेसरले हानेको पनि भनिन्छ । प्रेसरले गर्दा ब्रेन ह्यामरेज भएमा मस्तिष्कको एक भागले काम नगर्दा त्यसले निर्देशन दिने भाग चल्दैन । जसले गर्दा प्यारालाइसिस हुन सक्छ ।

औषधिको साइड–इफेक्टको भय

विश्वभर नै मुटु फेल हुनु मानिसको मृत्युको प्रमुख कारक मानिन्छ । मुटु बिग्रिनुमा उच्च रक्तचाप बढी जिम्मेवार हुन्छ । जसकारण उच्च रक्तचाप रोग र औषधिमा वृहत लगानी, वृहत अध्ययन र क्लिनिकल परीक्षणपछि विश्व मान्यता प्राप्त भएर आएका हुन्छन् । जुन धेरैमा प्रयोग भइसकेको र भइरहेको पनि छ । त्यसैले उच्च रक्तचाप नियन्त्रणको औषधि सुरक्षित हुन्छ ।

यसको साइड-इफेक्ट सामान्य हुन सक्ला । तर साइड-इफेक्टकै डरले औषधि नखाँदा हुने मुटु, मस्तिष्क, आँखालाई पुग्न सक्ने क्षति जोखिमपूर्ण हुन्छ ।

यसको औषधिले मिर्गौला बिग्रियो भन्ने कुराको भ्रम पनि व्याप्त छ । लगातार औषधि खाएर भन्दा ठीक भएको जस्तो अनुभव हुँदा छोड्ने र उच्च भएको जस्तो लाग्दा मनपरी खाने बानीले औषधिकै सन्तुलन नमिलेर अन्य अंगमा असर गरेको हुन सक्छ ।

औषधि बीचमा छोड्दा के हुन्छ ?

औषधि नखानु भन्दा बीचमा छोड्नु खतरनाक मानिन्छ । औषधि दिंदा रक्तचापको मात्रा जाँच, पारिवारिक इतिहास, अन्य रोगको अवस्था सबैलाई मध्यनजर गरेर सोहीअनुसार औषधि र मात्रा निर्धारण गरिएको हुन्छ । यस्तोमा आफैंले औषधि बीचैमा छाड्ने र परीक्षण पनि नगराउँदा मुटुलाई प्रत्यक्ष असर गर्छ । यसले मस्तिष्कको रक्तनली ड्यामेज गरी ब्रेन ह्याम्रेज हुन सक्छ । मुटु र नसाहरुमा प्रभाव पार्न सक्छ । त्यसैले जथाभावी बीचैमा औषधि छोडनु हुँदैन ।

(मुटुरोग विशेषज्ञ डा. लम्साल ओम अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

14/02/2024

श्रीपन्चमी ( बसन्त पन्चमी) अथार्त सरस्वती पूजाको दिन आज । विद्या, ज्ञान र कलाकी देवी सरस्वती माताप्रति सम्मान छ । सबैमा ज्ञान र विवेक प्रदान होस, सरस्वती माताले कल्याण गरून्🙏🙏✍️

🩺अत्याधुनिक 3D/4D अल्ट्रसाउण्ड मेशिन तथा बरिष्ट विशेषज्ञ Doctor द्वारा शरीरमा भएका पत्थरी, अल्सर तथा (गर्भवस्थामा रहेको ...
17/01/2024

🩺अत्याधुनिक 3D/4D अल्ट्रसाउण्ड मेशिन तथा बरिष्ट विशेषज्ञ Doctor द्वारा शरीरमा भएका पत्थरी, अल्सर तथा (गर्भवस्थामा रहेको शिशुको स्वास्थ्य गतिविधि ) तथा अन्य सम्पूर्ण चेकजाच, wholebody प्याकेजमा विशेष छुट ,

थाक्रे गाउँ पालिका भित्रका मनोरोगी हरुलाई गाउँ पालिका को तर्फबाट राहत, सम्पर्क गरि लाभ उठाउ
11/12/2023

थाक्रे गाउँ पालिका भित्रका मनोरोगी हरुलाई गाउँ पालिका को तर्फबाट राहत, सम्पर्क गरि लाभ उठाउ

19/11/2023

राती फेरी एकजनाको निधन ? किन यस्तो हुन्छ ?
"हिजो सांझमात्र उसंग कुरा गरेको, राती अचानक निधन भएछ ।
किन त्यस्तो भयो होला ?” हजुरलाई थाहा नहुन सक्छ
यस विषयमा चिकित्सकको भनाई-
जो व्यक्ति राती घरको निरिक्षण वा पिशाव गर्न जुरुक्क उठेर हिड्छ, त्यस्तो व्यक्तिलाई हार्टफेल हुन सक्छ । कारण यो हो कि जब राती तपाई शौचालय जानु हुन्छ तपाईलाई हतार
भएको हुन्छ । जुरुक्क उठेर हत्तपत्त शौचालय तिर दौडिदा, सुत्दाखेरी तपाईको शरीरभर फिंजिएको रगत जुरुक्क उठेर उभिंदा, छातिभन्दा तलतिर एकैचोटी झर्छ अर्थात ई.सि. जी. को पैटर्न बदलिन्छ । त्यसो हुंदा ब्रेन एनिमिया अर्थात मस्तिकमा एकदम रगतको कमी हुनजान्छ । यही रगतको कमीले हर्टफेल अर्थात मुटुको धड्कन बन्द हुनजान्छ र मानिसको निधन समेत हुनसक्छ । त्यसैले यसको रोकथामको लागि-
१. जस्तोसुकै आतुर परेपनि १.५ मिनेट जति बिउंझेर बिछौनामा नै पल्टिरहने ।
२. त्यसपछि अर्को १ मिनेट उठेर बिछौनामा नै बस्ने ।
३. अनि अर्को ३० सेकेण्ड बिछौनाबाट खुट्टा झारेर बिछौनाको छेउमा बस्ने ।
त्यसपछि मस्तिष्कमा राम्ररी रगत सञ्चालन हुनगई मुटुको कमजोरी हट्दछ र अचानक मृत्युको खतराबाट बच्न सकिन्छ ।
यो कुरा आफ्नो परिवार, साथिभाई तथा प्रीयजनहरुलाई पनि सेर गर्नु होला ।Kalyan

11/11/2023
हिजो रातीको विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरु प्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकाकुल परिवारमा हार्दि...
04/11/2023

हिजो रातीको विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरु प्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

हिन्दु नेपालिहरुको महान चाड बडादशैंको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा दशैंको उत्साह, उमङ्ग र...
22/10/2023

हिन्दु नेपालिहरुको महान चाड बडादशैंको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा दशैंको उत्साह, उमङ्ग र खुसिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
ाज_हेल्थ_केयर
ाज_फार्मेसी
#भगवान_शरण_मेडि_कन्सर्न

Address

Dhading
45110

Telephone

+97710414089

Website

Alerts

Be the first to know and let us send you an email when San Raj Health Care Pvt. Ltd. सन राज हेल्थ केयर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to San Raj Health Care Pvt. Ltd. सन राज हेल्थ केयर:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category