Health Office, Dhading

Health Office, Dhading Public Health Office, Dhading

06/06/2024

Click the link to like and follow our new page

Government organisation

डेंगीको विवरण (२०८१/०१/२७)जिल्लामा आज २ पोजिटिभ केश देखिएको छ ।
09/05/2024

डेंगीको विवरण (२०८१/०१/२७)
जिल्लामा आज २ पोजिटिभ केश देखिएको छ ।

जनस्वास्थ्य कार्यालय धादिङको आयोजना र सहकारी संस्थाहरुको समन्वयमा नसर्ने रोगहरुको परिक्षण तथा सचेतना कार्यक्रम अन्तर्गत ...
04/05/2024

जनस्वास्थ्य कार्यालय धादिङको आयोजना र सहकारी संस्थाहरुको समन्वयमा नसर्ने रोगहरुको परिक्षण तथा सचेतना कार्यक्रम अन्तर्गत धादिङ जिल्लाको ३ स्थान (गल्छी गा.पा -७, निलकण्ठ ना.पा.२ र ३) मा ६४० जनालाई परिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सबैमा जानकारी ।
04/05/2024

सबैमा जानकारी ।

मिति २०८१/०१/१८  देखि २०८१/०१/२२ गते सम्म स्थानीय तहमा कार्यरत पारामेडिक्सहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि (Module 2b) त...
04/05/2024

मिति २०८१/०१/१८ देखि २०८१/०१/२२ गते सम्म स्थानीय तहमा कार्यरत पारामेडिक्सहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि (Module 2b) तालिम सम्पन्न भएको छ।प्रमुख अतिथिको रुपमा प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा.नरेन्द्र कुमार झा ज्यु ,विशेष अतिथिको रुपमा प्रदेश स्वास्थ्य निर्देशनालय बाट नसर्ने रोग तथा मानसिक स्वास्थ्यको फोकल पर्सन सुशील आचार्य ज्यु, अथितिको रुपमा विश्व स्वास्थ्य सङ्गठनबाट डा.अनुप बिक्रम बि.सी ज्यु र निलकण्ठ ना.पा का स्वास्थ्य शाखा प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद रिजाल ज्यु आदिको उपस्थिति रहेको थियो।कार्यक्रममा २१ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो। प्रशिक्षकको रुपमा विश्व स्वास्थ्य सङ्गठनबाट मानसिक रोग विशेषज्ञ डा.संदेश राज उपाध्याय,धादिङ अस्पतालका मानसिक रोग विशेषज्ञ डा.सफलता देवी कोजु र खरानिटार अस्पतालका मे.अ. डा. एरिका कार्कीको उपस्थिति रहेको थियो। सबै प्रशिक्षक ज्यु हरुलाई यो ५ दिने कार्यक्रममा सहजीकरण गरिदिनु भएकोमा धन्यवाद ज्ञापन गर्दछौ।साथै ५ दिने कार्यक्रम सफल पार्न सहयोग गरिदिनु हुने सम्पुर्णमा जनस्वास्थ्य कार्यालयको तर्फबाट धन्यवाद ज्ञापन गर्दछौ।

मिति २०८१/०१/१०  गतेका दिन बेनिघाट रोराङ गाउँपालिका अन्तर्गत स्यादुल स्वास्थ्य ईकाइमा प्रजनन रुणना शिविर र मिति २०८१/०१/...
30/04/2024

मिति २०८१/०१/१० गतेका दिन बेनिघाट रोराङ गाउँपालिका अन्तर्गत स्यादुल स्वास्थ्य ईकाइमा प्रजनन रुणना शिविर र मिति २०८१/०१/१७ गतेका दिन निलकण्ठ नगरपालिका अन्तर्गत ज्यामरुङ स्वास्थ्य चौकी मा सप्पन्न भएको छ ।एक दिने शिविरमा स्यादुल स्वास्थ्य सेवा ईकाइ मा ९० जना र ज्यामरुङ स्वास्थ्य चौकी मा १३३ जना सेवाग्राहीहरुलाई प्रजनन स्वास्थ्य अन्तर्गत विभिन्न सेवाहरु (अब्ष्टेटिक फिस्टुला,यौन रोग परिक्षण ,पाठेघरको मुखको क्यान्सर को स्क्रिनिङ,आङखस्ने समस्या र स्तन क्यान्सरको स्क्रिनिङ लगाएत अन्य सेवाहरु) प्रधान गरिएको थियो।कार्यक्रम सफल पार्न महत्वपुर्ण भूमिका निर्वाह गर्नुहुने जनस्वास्थ्य कार्यालय धादिङको टिम, धादिङ अस्पतालको टिम, गाउँ/नगर पालिका स्वास्थ्य शाखा सरहर र स्वास्थ्य संस्था को सम्पूर्ण टिम, साथै महिला स्वयं सेविका र सेवा लिन आउनुहुने सेवाग्राही सबैजनालाई जनस्वास्थ्य कार्यालय धादिङको तर्फबाट धन्यबाद ज्ञापन गर्दछौ ।

मिति २०८१/०१/१६ गते जनस्वास्थ्य कार्यालय, धादिङको आयोजनामा जिल्ला प्रशासन कार्यालय धादिङको सभा हलमा जनस्वास्थ्य कार्यालय...
28/04/2024

मिति २०८१/०१/१६ गते जनस्वास्थ्य कार्यालय, धादिङको आयोजनामा जिल्ला प्रशासन कार्यालय धादिङको सभा हलमा जनस्वास्थ्य कार्यालय धादिङका कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत विभु कुमार झा ज्यूको अध्यक्षतामा वैदेशिक रोजगारमा जाने नागरिकहरुका लागि स्वास्थ्य सम्बन्धि १ दिने सचेतना कार्यक्रम(दोस्रो ब्याच) समपन्न भएको छ । प्रशिक्षकका रुपमा धादिङ अस्पतालका विशेषज्ञ डाक्टर दिनेश रेग्मी र सामी संस्थाको कार्यक्रम संयोजक दिनेश दुवाडीको उपस्थिति रहेको थियो । कार्यक्रममा ६० जना सहभागी रहेको थियो र कार्यक्रम सहजताको साथ संचालन गर्न सहयोग गर्नु हुने जिल्ला प्रशासन कार्यालय धादिङ, प्रशिक्षक ज्यूहरु र सम्पूर्ण सहभागीहरुलाई जनस्वास्थ्य कार्यालय, धादिङको तर्फबाट धन्यबाद ज्ञापन गर्दछौ ।

विद्यालय नर्स पदको लिखित परिक्षाको मिति र संचालन सम्बन्धि सूचना ।
28/04/2024

विद्यालय नर्स पदको लिखित परिक्षाको मिति र संचालन सम्बन्धि सूचना ।

२०८१/०१/१५ गते धादिङ जिल्लाको दोस्रो पुर्ण खोप गाउँपालिका घोषणा तथा दिगोपना सुनिश्चितता प्रमाणिकरण भएकोमा बेनिघाट रोराङ ...
28/04/2024

२०८१/०१/१५ गते धादिङ जिल्लाको दोस्रो पुर्ण खोप गाउँपालिका घोषणा तथा दिगोपना सुनिश्चितता प्रमाणिकरण भएकोमा बेनिघाट रोराङ गाउँपालिकालाई बधाई छ!
यो उपलब्धि पाउन गा. पा. को नेतृत्व गरिरहनु भएका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक), उपाध्यक्ष टाप बहादुर श्रेष्ठ लगाएत सम्पुर्ण जनप्रतिनिध, प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरे, स्वास्थ्य शाखा प्रमुख ब्रजेश तामाङ लगायत सम्पुर्ण राष्ट्रसेवक कर्मचारि, महिला स्वयं सेविका, पोषण स्वयं सेवक र गा. पा. का बुद्धिजिवि नागरिकको सामूहिक प्रतिबद्धता प्रति जनस्वास्थ्य कार्यालय धादिङ र जिल्ला खोप समन्वय समिति हार्दिक आभार व्यक्त गर्दछ ।
आगामि दिनमा पनि पुर्णखोपको अवस्था कायम रहोस शुभकामना 🙏

२०८१/०१/१४ गते धादिङ जिल्लाको पहिलो पुर्ण खोप गाउँपालिका घोषणा तथा दिगोपना सुनिश्चिता प्रमाणिकरण भएकोमा ज्वालामुखि गाउँप...
26/04/2024

२०८१/०१/१४ गते धादिङ जिल्लाको पहिलो पुर्ण खोप गाउँपालिका घोषणा तथा दिगोपना सुनिश्चिता प्रमाणिकरण भएकोमा ज्वालामुखि गाउँपालिकालाई बधाई छ!
यो उपलब्धि पाउन गा. पा. को नेतृत्व गरिरहनु भएका अध्यक्ष यमनाथ दनै लगाएत सम्पुर्ण जनप्रतिनिध, प्रमुख प्रशासकिय अधिकृत सुमन पंडित, स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठ लगायत सम्पुर्ण राष्ट्रसेवक कर्मचारि, महिला स्वयं सेविका र गा. पा. का बुद्धिजिवि नागरिकको सामूहिक प्रतिबद्धता प्रति जनस्वास्थ्य कार्यालय धादिङ र जिल्ला खोप समन्वय समिति हार्दिक आभार व्यक्त गर्दछ ।
आगामि दिनमा पनि पुर्णखोपको अवस्था कायम रहोस शुभकामना 🙏

धादिङ,१४ बैशाख ज्वालामुखी गाउँपालिकालाई आज पुर्ण खोप पालिका घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमकोबिच पालिका.....

Address

Neelkantha-3, Dhading Bensi
Dhading
0977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 09:00 - 17:00

Telephone

+97710520126

Website

Alerts

Be the first to know and let us send you an email when Health Office, Dhading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Health Office, Dhading:

Share