नलाङ मोडेल एकेडेमी NMA

नलाङ मोडेल एकेडेमी NMA For Promoting rural education through Nalang Model Academy.

Congratulations 👏👏 to all the students for your hard work and dedication. Wishing you a delightful and bright future.SEE...
12/05/2026

Congratulations 👏👏 to all the students for your hard work and dedication. Wishing you a delightful and bright future.
SEE Result 2082.
Nalang Model Academy.

सम्पूर्ण विद्याार्थी तथा अभिभावक ज्यूहरु,सिद्धलेक गाउँपालिका द्वारा मिति २०८२ चैत्र ८ गते देखी १६ गते सम्म सञ्चालन भएको ...
03/04/2026

सम्पूर्ण विद्याार्थी तथा अभिभावक ज्यूहरु,
सिद्धलेक गाउँपालिका द्वारा मिति २०८२ चैत्र ८ गते देखी १६ गते सम्म सञ्चालन भएको आधारभूत तह कक्षा ८ को नतिजा प्रकाशन भएको जानकारी गराउँदछौ । परीक्षामा उत्तीर्ण सम्पूर्णमा हार्दिक बधाई !!

“Happy Birthday!  Doriana🎉 May this new year of your life bring you good health, endless happiness, and great success. S...
12/03/2026

“Happy Birthday! Doriana🎉
May this new year of your life bring you good health, endless happiness, and great success. Stay blessed, stay healthy, and keep shining.”
Your cooperation has made a significant contribution to the economic, education, social, cultural and tourism promotion and development of this region and has contributed to the empowerment of women. Heartiest greetings on this auspicious occasion birthday!!!

सुचना !!!विषयः मिनि म्याराथुन दौड प्रतियोगिता सम्बन्धमा ।“धार्मिक एवं ऐतिहासिक स्थलहरुको संरक्षण र पर्यटन प्रवर्धनमा युव...
11/02/2026

सुचना !!!
विषयः मिनि म्याराथुन दौड प्रतियोगिता सम्बन्धमा ।
“धार्मिक एवं ऐतिहासिक स्थलहरुको संरक्षण र पर्यटन प्रवर्धनमा युवाहरु” भन्ने मुल मन्त्रका साथ यस चक्रदेवी सामुदायिक समाज, नेपालको आयोजना तथा द यिअर्ली ट्रष्ट, नलाङ मोडेल एकेडेमी, नेपाल एडुमेडिक ट्राभल एण्ड ट्रेकिङ कम्पनीको संयोजनमा शिवरात्री पर्व २०८२ को पावन अवसरमा वि. सं. २०६५ साल देखी वार्षिक रुपमा संचालन हुँदै आएको मिनि म्याराथुन दौड प्रतियोगिता कार्यक्रम संचालन तपशिल बमोजिम आयोजना गरिने हुँदा यस कार्यक्रममा सहभागिताको लागि सम्पुर्णमा यो सुचनाका साथ अनुरोध छ ।
तपशिलः
मितिः २०८२ फाल्गुण ३ गते आईतवार
स्थानः नलाङ ठाँटी भञ्ज्याङ सिद्धलेक २
दौडने दुरीः नलाङ ठाँटी भञ्ज्याङ देखी सिद्धबाबा मन्दिर सिद्धलेक सम्म ।
समयः बिहान ठिक ७ः३० बजे ।
सहभागिता समुहः ४
पुरुष १५ वर्ष भन्दा माथी
महिला १५ वर्ष भन्दा माथी
छात्र १५ वर्ष भन्दा मुनि
छात्रा १५ वर्ष भन्दा मुनि
पुरस्कारहरुः
प्रथम, द्वितीय, तृतिय र सान्त्वोनाः नगद, प्रमाण पत्र, मेडल ।
नोटः सहभागिहरुलाई जर्सि वितरण तथा मन्दिर प्राङगढमा नास्ताको व्यवस्था गरिनेछ ।
सम्पर्कः नलाङ मोडेल एकेडेमी
९८४३०५०१४४, ९८४६०४१७१८, ९८६१३७७६२२

यस विद्यालयको वार्षिक कार्यतालिका अनुरूप एक दिने ऐतिहासिक गोरखा दरबार, गोरखा दरबार सङ्ग्रहालय अवलोकन भ्रमण तथा बनभोज कार...
26/12/2025

यस विद्यालयको वार्षिक कार्यतालिका अनुरूप एक दिने ऐतिहासिक गोरखा दरबार, गोरखा दरबार सङ्ग्रहालय अवलोकन भ्रमण तथा बनभोज कार्यक्रम २०८२ पौष ११ ।

२०८२ मंसिर २६ देखी २९ गते सम्म श्री महाकाली माध्यमिक विद्यालयमा सिद्धलेक–७ पिपलटार धादिङमा सञ्चालित पालिका स्तरीय चौथो र...
18/12/2025

२०८२ मंसिर २६ देखी २९ गते सम्म श्री महाकाली माध्यमिक विद्यालयमा सिद्धलेक–७ पिपलटार धादिङमा सञ्चालित पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ ।

‘‘ हिन्दुहरुको महान पर्व विजया दशमी २०८२ को उपलक्ष्यमा सम्पूर्ण अभिभावक ज्यू, शिक्षक, विद्यार्थीहरु साथै देश विदेशमा छरि...
29/09/2025

‘‘ हिन्दुहरुको महान पर्व विजया दशमी २०८२ को उपलक्ष्यमा सम्पूर्ण अभिभावक ज्यू, शिक्षक, विद्यार्थीहरु साथै देश विदेशमा छरिएर रहनु भएका आफन्त, शुभचिन्तक तथा समस्त नेपालीजनहरुमा सु स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं ।’’

- नलाङ मोडेल एकेडेमी परिवार

यस समुदायद्वारा सञ्चालित नलाङ मोडेल एकेडेमी विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत आधारभुत तह स्तरीय बक्तृत्वकला प्रतिय...
17/08/2025

यस समुदायद्वारा सञ्चालित नलाङ मोडेल एकेडेमी विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत आधारभुत तह स्तरीय बक्तृत्वकला प्रतियोगिता साथै प्रथम त्रैमासिक शिक्षण सिकाई मुल्याङ्कनको नतिजा प्रकाशन सम्पन्न ।

माध्यमिक शिक्षा परीक्षा (एस. ई. ई.) २०८१ मा सहभागी हुने सम्पुर्ण विद्यार्थीहरुलाई शैक्षिक सफलताको हार्दिक शुभकामना व्यक्...
20/03/2025

माध्यमिक शिक्षा परीक्षा (एस. ई. ई.) २०८१ मा सहभागी हुने सम्पुर्ण विद्यार्थीहरुलाई शैक्षिक सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
विद्यालय परिवार
नलाङ मोडेल एकेडेमी

मितिः २०८१ फाल्गुण १४ गते बुधवार“धार्मिक एवं ऐतिहासिक स्थलहरुको संरक्षण र पर्यटन प्रवर्धनमा युवाहरु” भन्ने मुल मन्त्रका ...
26/02/2025

मितिः २०८१ फाल्गुण १४ गते बुधवार
“धार्मिक एवं ऐतिहासिक स्थलहरुको संरक्षण र पर्यटन प्रवर्धनमा युवाहरु” भन्ने मुल मन्त्रका साथ यस चक्रदेवी सामुदायिक समाज, नेपालको आयोजना तथा नलाङ मोडेल एकेडेमी, द यिअर्ली ट्रष्ट, चेहरा बहुउद्देश्यीय सहकारी संस्था एवं नेपाल एडुमेडिकको संयोजनमा शिवरात्री पर्व २०८१ को पावन अवसरमा वार्षिक रुपमा संचालन हुँदै आएको मिनि म्याराथुन दौड कार्यक्रम सम्पन्न भएको छ ।
श्री इश्वर रेग्मीको संयोजकत्वमा सिद्धलेक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्री राम प्रसाद शर्माको प्रमुख आतित्यथा, सिद्धलेक गाउँपालिका वडा नं २ का वडा अध्यक्ष श्री शम्भु गुरुङ एवं सिद्धलेक गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष श्री देव बहादुर पुलामीको बिशिष्ट अतिथि तथा राजनैतिक दलका प्रमुख एवं पार्टी प्रतिनिधिहरुको आतित्यथामा सम्पन्न मिनि म्याराथुन प्रतियोगितामा खुल्ला पुरुष तथा महिला र १५ वर्ष भन्दा मुनी छात्र र छात्रा गरी ४ बिधामा जम्मा १५६ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिद्वारा शिवरात्री पर्वको विशेषता तथा शुभकामना व्यक्त गर्दै राष्ट्रको विकासको लागी युवा शक्तिमा शिक्षा, स्वास्थ्य तथा खेलकुदमा अनुशासनको औचित्यलाई दर्शाउनु भएको थियो । कार्यक्रममा सम्पुर्ण सहभागीहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुले जर्सी वितरण गरी कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।
उक्त प्रतिस्पर्धामा उत्कृष्ट स्थान हाँसिल गर्नुहुने सहभागीहरुको विवरण यस प्रकार रहेको छ ।
पुरुष खुल्ला प्रतिस्पर्धामा
प्रथमः श्रीलाल तामाङ (खनियाबास २ धादिङ)
द्वितीयः इमानुयल तामाङ (नीलकण्ठ ८ धादिङ)
तृतीयः विपिन सुवेदी (सिद्धलेक २ धादिङ)
सान्त्वनाः इश्वर भट्ट ( सिद्धलेक १ धादिङ)

महिला खुल्ला प्रतिस्पर्धामा
प्रथमः पुजा बराम ( नलाङ मोडेल एकेडेमी )
द्वितीयः अनिशा बराम ( सिद्धलेक २ धादिङ)
तृतीयः एन्जुला थापा (नलाङ मोडेल एकेडेमी)
सान्त्वनाः बिनु सिलवाल (सिद्धलेक २ धादिङ)

छात्र १५ वर्ष भन्दा मुनिको प्रतिस्पर्धामा
प्रथमः मनराज बराम ( सिद्धलेक २ धादिङ)
द्वितीयः विजय बयलकोटी (ज्वालामुखी ४ धादिङ)
तृतीयः अन्दाज परियार ( सिद्धलेक ३ धादिङ)
सान्त्वनाः उज्वल बराम ( सिद्धलेक २ धादिङ)

छात्रा १५ वर्ष भन्दा मुनिको प्रतिस्पर्धामा
प्रथमः बिन्दा बि. क. ( सिद्धलेक ३ धादिङ)
द्वितीयः एलिना दुवाडी (ज्वालामुखी ४ धादिङ)
तृतीयः रमिला बराम (नलाङ मोडेल एकेडेमी)
सान्त्वनाः आशिमा बि. क. (सिद्धलेक ३ धादिङ)

यस कार्यक्रम सञ्चालन तथा सम्पन्न गर्न प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णलाई हार्दिक आभार व्यक्त गर्दै उक्त कार्यक्रममा भएको व्यवस्थापकीय कमि कमजोरी प्रति आयोजक क्षमाप्रार्थी छौ । व्यवस्थापन सम्बन्धित थप सुधारात्मक कार्यहरु गर्ने प्रतिवद्धता व्यक्त गर्दै सम्पुर्ण खेलाडी प्रतिस्पर्धीहरुलाई हार्दिक बधाई एवं धन्यवाद दिन चाहन्छौं ।

सुचना !   सुचना !!    सुचना !!!विषयः मिनि म्याराथुन दौड प्रतियोगिता सम्बन्धमा ।“धार्मिक एवं ऐतिहासिक स्थलहरुको संरक्षण र...
21/02/2025

सुचना ! सुचना !! सुचना !!!
विषयः मिनि म्याराथुन दौड प्रतियोगिता सम्बन्धमा ।
“धार्मिक एवं ऐतिहासिक स्थलहरुको संरक्षण र पर्यटन प्रवर्धनमा युवाहरु” भन्ने मुल मन्त्रका साथ यस चक्रदेवी सामुदायिक समाज, नेपालको आयोजना तथा द यिअर्ली ट्रष्ट, नलाङ मोडेल एकेडेमी, नेपाल एडुमेडिक ट्राभल एण्ड ट्रेकिङ कम्पनीको संयोजनमा शिवरात्री पर्व २०८१ को पावन अवसरमा वार्षिक रुपमा संचालन हुँदै आएको मिनि म्याराथुन दौड कार्यक्रम संचालन तपशिल बमोजिम आयोजना गरिने हुँदा यस कार्यक्रममा सहभागिताको लागि यो सुचनाका साथ अनुरोध छ ।
तपशिलः
मितिः २०८१ फाल्गुण १४ गते बुधवार
स्थानः नलाङ ठाँटी भञ्ज्याङ सिद्धलेक २
दौडने दुरीः नलाङ ठाँटी भञ्ज्याङ देखी सिद्धबाबा मन्दिर सिद्धलेक सम्म ।
समयः बिहान ठिक ८ः०० बजे ।
सहभागिता समुहः ४
पुरुष १५ वर्ष भन्दा माथी
महिला १५ वर्ष भन्दा माथी
पुरुष १५ वर्ष भन्दा मुनि
महिला १५ वर्ष भन्दा मुनि
पुरस्कारहरुः
प्रथम, द्वितीय, तृतिय र सान्त्वोनाः नगद, प्रमाण पत्र, मेडल ।
नोटः सहभागिहरुलाई जर्सि वितरण तथा मन्दिर प्राङगढमा नास्ताको व्यवस्था गरिनेछ ।
सम्पर्कः नलाङ मोडेल एकेडेमी
९८४३०५०१४४, ९८४६०४१७१८, ९८६१३७७६२२

Address

Nalang
Dhading
44600

Telephone

+9779841761737

Website

Alerts

Be the first to know and let us send you an email when नलाङ मोडेल एकेडेमी NMA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to नलाङ मोडेल एकेडेमी NMA:

Share