13/04/2024
भर्ना खुलेको सूचना !
नयाँ वर्ष वि. सं. २०८१ सालको पावन अवसरमा सम्पुर्णमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतीको हार्दिक मङ्गलमय शुभकामना साथै समुदायद्वारा संचालित यस नलाङ मोडेल एकेडेमी, सिद्धलेक २ ज्यामिरस्वाँरा, धादिङमा शैक्षिक सत्र २०८१ को लागि मिति २०८१ बैशाख २ गते देखी बाल कक्षा देखी कक्षा ९ सम्म भर्ना खुलेको कुरा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुमा यो सूचना प्रकाशित गरिन्छ ।
एकेडेमीका विषेशताहरुः
• दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराईने ।
• अंग्रेजी माध्यामवाट वालमैत्री वातावरणमा पढाई हुने ।
• न्युनतम शुल्कमा शैक्षिक क्रियाकलापहरु संचालन गराईने ।
• जेहेन्दार, दलित, पिछडिएका एवं विपन्न समुदायका वालवालिकाहरुलाई छात्रवृत्तिको व्यवस्था भएको साथै छात्राहरुलाई विषेश सुविधा भएको ।
• वालकक्षा देखि कक्षा ३ सम्म मन्टेस्वरी र गेन्कि विधिवाट कक्षा संचालन हुदै आईरहेको साथै अमेरिकाको शैक्षिक संस्था आई कल (Ical AI) वाट निरन्तर शिक्षण शिकाई प्रक्रिया संचालन हुने ।
• युरोपियन प्रशिक्षकहरुद्वारा एकेडेमीमा तालिम, प्रशिक्षण र विद्यालय अनुगमन भईरहेको साथै वेलायतको प्रख्यात विद्यालयहरु न्यू कलेज स्कूल अक्सफोर्ड, र हेइलशम कम्युनिटि स्कूलवाट शैक्षिक कार्यक्रमहरु आदान प्रदान हुने ।
• नियमित रूपमा बिद्यार्थीहरुको आँखा जाँच एबम सम्पूर्ण स्वस्थ्य परिक्षण हुदै गरेको ।
• कक्षा २ देखी नै कम्प्यूटर र ल्यापटप सम्बन्धी कक्षा संचालन भएको र अतिरिक्त कक्षाहरु संचालन हुने ।
• श्रव्यदृश्य सामाग्री ( प्रोजेक्टर, क्यान, लुमा माध्यामवाट) कक्षा संचालन हुने ।
• खेलकुद सम्बन्धी पर्याप्त व्यवस्था भएको र आफ्नै मातहतमा हुने गरी फुटवल, भलिवल, लगायतका खेलकुदलाई चाहिने पुर्वाधारको तयार हुदै गरेको।
• कक्षा ६ देखी कक्षा ९ सम्म कृषि उत्पादन सम्बन्धी अतिरिक्त क्रियाकलाप संचालन हुने ।
• स्कूलको मातहतमा रहेको कृषियोग्य जमिनमा कृषि सम्बन्धी अतिरिक्त कक्षा संचालन हुने।
• शैक्षिक भ्रमण सम्बन्धि उचित व्यवस्था भएको ।
• आवश्यकता आधारमा विद्यार्थीहरुलाई न्युनतम शुल्कमा होस्टेलको व्यवस्था भएको र विषयगत सुधार गर्नुपर्ने विद्यार्थीहरुलाई अतिरिक्त कक्षा संचालन गरिने ।
• अतिरिक्त क्रियाकलाप अन्तरगत आधारभूत ड्राईभिङ कक्षा संचालन र प्रयोगात्मक तालिमको लागि खेलमैदानमा नै व्यवस्थापन गरिने ।
कक्षा सञ्चालनः २०८१ बैशाख ६ गतेबाट ।
नाेटः विद्यार्थी भर्ना गर्न आउँदा अनिवार्य रुपमा विद्यार्थीको जन्मदर्ता लिइ आउनुहुन विनम्र अनुरोध छ ।
प्रिन्सिपल
नलाङ मोडेल एकेडेमी
सम्पर्क नं:
९८६१३७७६२२, ९८२३४५२५१५, ९८४३०५०१४४, ९८४६०४१७१८