Pharmacy Association of Dhading

  • Home
  • Pharmacy Association of Dhading

Pharmacy Association of Dhading Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pharmacy Association of Dhading, Medical and health, Dhading, .

Shout out to my newest followers! Excited to have you onboard!Bhakta KC, Amit Yadav
26/10/2024

Shout out to my newest followers! Excited to have you onboard!

Bhakta KC, Amit Yadav

21/09/2024

fever(डेंगु ज्वरो ):-आजकल को जल्दो बल्दो स्वास्थ समस्या =सबैजना सतर्क रहनुहोला अहिलेको मौषममा यो ज्वरो धेरैनै बढने छ।

Q .डेंगु fever भन्नाले के बुझिन्छ ?
उत्तर - यो एक किसिमको viral रोग हो जुन लामखुटेको टोकाई बाट सर्ने गर्छ।

Q. यो कुन प्रजातिको लामखुट्टेको टोकाई बाट सर्ने गर्छ?
उत्तर - Female Aedes Aegypti नामक प्रजाति बाट।

Q . कुन समयमा यसको प्रकोप फैलिने गर्दछ?
उत्तर - यो विशेष गरेर वर्षयममा बढि सक्रिय हुने गर्दछ. किन भने पानी पर्दा विभिन्न किसिमले जमिनमा पानी जम्ने गर्दछ जुन लामखुट्टेको निम्ति अनुकुल हुने गर्छ।

Q . यसका लक्षणहरु के के हुन्?
उत्तर - 1. ज्वरो आउने
2.टाउको दुख्ने
3. वान्ता हुने
4. आँखाको गेडी दुख्ने
5. पेट दुख्ने एवम् पखला चल्ने
6. छालामा रातो बिमरा आउने
7. मंस्पेसी र जोर्नी दुख्ने
.p

के तपाईलाई थाहा छ डायलाइसिस गर्दा रातो नली मार्फत रगत निकालिन्छ, त्यसपछि डायलाइसिस मेसिन मार्फत जान्छ र नीलो ट्यूब (नलि)...
09/09/2024

के तपाईलाई थाहा छ डायलाइसिस गर्दा रातो नली मार्फत रगत निकालिन्छ, त्यसपछि डायलाइसिस मेसिन मार्फत जान्छ र नीलो ट्यूब (नलि)मार्फत शरीरमा फिर्ता...

यो प्रक्रिया पूरा हुन चार घण्टा लाग्छ र बिरामी ओछ्यानमा स्थिर रहन्छ।

यो प्रक्रिया हप्तामा तीन पटक हुन्छ, जसको मतलब एक महिनामा १२ पटक हुन्छ, र प्रत्येक पटक चार घण्टा लाग्छ, जसको अर्थ ४८ घण्टा…

मृगौलाको कुनै रोगबाट पीडित नभएका र स्वस्थ व्यक्तिको लागि उनीहरूको मिर्गौलाले दिनमा छत्तीस पटक कुनै समस्या बिना यो काम गर्छ।

यदि तपाइँ यो पढ्दै हुनुहुन्छ भने, रक्सी पिउन बन्द गर्नुहोस्, प्रशोधित खाना खान बन्द गर्नुहोस्, जङ्क फुडहरू खान बन्द गर्नुहोस्, अनावश्यक मिठाईहरू खान बन्द गर्नुहोस् र सबैभन्दा महत्त्वपूर्ण कुरा शारीरिक मिहिनेत र व्यायाम गर्नुहोस्…!

मलाई लाग्छ कि यी सबै विकल्पहरू तपाईंको लागि धेरै सस्तो र सजिलो हुनेछ।!

यहाँहरू सबैको दिन शुभ रहोस्…!

26/08/2024

हैजा तथा झाडापखाला लगायत पानीजन्य रोगहरूबाट बच्न स्वस्थ व्यवहार अपनाऔं!
🔵उमालेर वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिऔं ।
🔵खानेपानीलाई सधैं सफा भाँडामा ढाकेर राखौं । सफा भाँडाले मात्र खानेपानी निकालौं ।
🔵 खानेकुरालाई राम्ररी पकाएर मात्र खाऔं । सडेगलेको, बासी र झिङ्गा भन्केका खानेकुरा नखाने । खानेकुरा सफा भाँडाले ढाकेर राखौं ।
🔵खाना बनाउनु अघि, खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यलय छिर्नु अघि, बाहिरी सामान छोएपछि साबुन पानीले कम्तिमा २० सेकेण्डसम्म मिचिमिचि हात धोऔं ।
🔵साबुन पानी उपलब्ध नभएमा स्यानिटाइजर प्रयोग गरौं ।
🔵दिसा पिसाब चर्पीमा मात्र गरौं र बालबालिकाको दिसापिसाबलाई पनि चर्पीमा नै फ्याकौं ।
🔵झाडापखाला भै हालेमा तुरुन्त पुर्नजलीय झोलसँगै प्रशस्त मात्रामा पोषिलो झोलिलो खानेकुरा खाऔं ।

हैजा तथा झाडापखालाका लक्षणहरु देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं ।

जनहितमा जारी 🙏🏻
23/08/2024

जनहितमा जारी 🙏🏻

15/08/2024

Realistic 🙏🏻

जानकारीका लागि 🙏🏻
12/08/2024

जानकारीका लागि 🙏🏻

Hypertension : "A SILENT KILLER" | World Hypertension Day
19/05/2024

Hypertension : "A SILENT KILLER" | World Hypertension Day

जनहितमा जारी
18/05/2024

जनहितमा जारी

11/05/2024

We have to promote these things 🙏🏻

25/04/2024

"पाठेघरको मुखको क्यान्सर, कसरी, किन र कसलाई हुन्छ"

पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर)बारे नेपालमा धेरै महिलालाई थाहा नहुन सक्छ । त्यसैले, रोग लागेको तेश्रो वा चौथो स्टेजमा मात्र महिलाहरु पाठेघरको मुखको क्यान्सर सम्बन्धि समस्या लिएर चिकित्सकका पुग्ने गर्छन् । जसका कारण उक्त रोगको उपचार गर्न चिकित्सकलाई निकै कठिन हुने गर्छ ।

जबकी समयमै जानकारी भएको अवस्थामा पाठेघरको मुखको क्यान्सर निको हुन्छ । त्यसका लागि निम्न कुराहरुमा ध्यान दिन आवश्यक छ ।

१. २१ देखि ६५ वर्ष उमेर समूहका महिलाका लागि यो जाँच अनिवार्य छ । धेरै जसो महिलालाई ५० को दशकमा क्यान्सरबारे थाहा हुने गर्छ । त्यो भन्दैमा ६५ वर्ष भन्दा माथिका महिलालाई क्यान्सरको जोखिम कम हुन्छ भन्ने हैन । ६५ वर्ष माथिका महिलालाई पनि यसको खतरा बढी हुने गर्छ ।

२. यसको जाँच २१ वर्षदेखि सुरु गर्नुपर्छ र प्रारम्भिक चरणमै सर्भाइकल क्यान्सर पत्ता लगाउनको लागि हरेक तीन वर्षमा यसको जाँच जरुरी छ ।
३. यो जाँच २१ वर्ष भन्दा कम उमेरका मानिसमा त्यति लागु हुदैन । तर यदी तपाई २१ वर्ष भन्दा कम उमेरको हुनुहुन्छ र सेक्सुअल्ली एक्टिभ हुनुहुन्छ भने चाहि यो जाँच तपाइको लागि पनि अनिवार्य ।

४ हरेक पाँच वर्षमा कम्तीमा एक पटक एपीवी र पीएपी टेष्ट गराउन आवश्यक छ । कुनै पनि लक्षण देखा परेमा यो जाँच प्रत्येक वर्ष गर्न आवश्यक छ ।
५. कुनै महिला जसको गर्भासय निकालिएको छ, जसको सर्भाइकल क्यान्सरसित कुनै लनदेन छैन, वा उसलाई सर्भाइकल क्यान्सरको कुनै खतरा छैन, उनीहरुका लागि भने यो जाँच आवश्यक छैन ।

६. सर्भाकल क्यान्सर सम्बन्धि कुनै पनि जाँचका लागि डाक्टर वा नर्स अनिवार्य छ । उनीहरुले पाठेघरको मुनी रहेको सभिक्सको कोषिकालाई लिएर माइक्रोस्कोपीक टेष्ट गरिन्छ । सामान्यतया, सर्भाइकल क्यान्सरका लागि दुई वटा टेष्ट आवश्यक छ , जसमा प्याप स्मेयर टेष्ट तथा लिक्विड वेस्ड साइटोलोजी सामान्य मानिन्छ ।

७. यदी कुनै महिलाले सर्भाइकल क्यान्सर विरुद्धको खोप लगाएको छ भने पनि चिकित्सकको सुझाव पश्चात्त उनीहरुले पनि यसको जाच गराउन आवश्यक छ ।

८. जो मानिस क्यान्सरको जोखिममा छ वा उसको परिवारमा कसैलाई पाठेघरको मुखको क्यान्सर छ भने उनीहरुले पनि बेला बेलामा यो जाँच गराउन आवश्यक छ ।

कसरी हुन्छ पाठेघरको मुखको क्यान्सर ?

पाठेघरको मुखमा एचपीभी भाइरस प्रवेश गरेको छ भने यौन सम्पर्क शुरु भएपछि यसले असर देखाउन शुरु गर्छ । योनीबाट सेतो पानी बग्ने र चिलाउन थाल्यो भने यसमा शंका गर्नुपर्छ । किनभने सुरुवाती अवस्थामा यस्तै लक्षण देखिन्छ । यो लक्षण देखिनासाथ प्याप स्मेयर परीक्षण गराउनु पर्छ । यो परीक्षणले संक्रमण क्यान्सर हुनु अगाडि कुन अवस्थामा छ भन्ने पत्ता लगाउन सकिन्छ ।

कसरी हुन्छ संक्रमण ?

– धेरै जनासँग असुरक्षित यौन सम्पर्क गरेमा

– सानै उमेरमा बिवाह भएमा वा सानै उमेरदेखि यौनजन्य क्रियामा सहभागी भएमा

– सानै उमेरमा बच्चा जन्माएमा

– धेरै बच्चा जन्माएमा

– पटक पटक गर्भपतन गराएमा

– धुम्रपान गरेमा

– लामो समयसम्म -५बर्ष भन्दा बढी) हार्माेनयुक्त परिवार नियोजनका साधन प्रयोग गरेमा ।

हार्माेनयुक्त परिवार नियोजनका साधन ३,४ बर्षको बीचमा केही समय रोकेर पुन प्रयोग गर्नु राम्रो हुन्छ । हार्माेनले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गर्ने भएकाले बीचबीचमा साधन परिवर्तन गर्नुपर्छ ।

रोग लागेको कसरी थाहा पाउने ?

१. यौन सम्पर्क गर्दा रगत देखिने

२. महिनावारी नभए पनि रगत देखिने

३. सेतो गन्हाउने पानी आउने

४. सानो पेट दुखिरहने

५. ढाड दुख्ने

६. बढी थकाइ लाग्ने

७. लामो समयसम्म खोकी निको नहुने

८. स्वर परिवर्तन हुने

९. दिशा वा पिसाबको तालिका फरक हुने

१०. तौल घट्दै जाने

Address

Dhading

Website

Alerts

Be the first to know and let us send you an email when Pharmacy Association of Dhading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share