
10/08/2022
३ महिना पहिला हाम्रो टिमले जांघको जोर्नीको भाग टुटेको ( posterior wall with posterior column with anterior column with quadrilateral plate acetabulum fracture with communited fracture of iliac blade ) बिरामीको सफलतापूर्वक सल्यक्रिया( modified Stoppa approach with lateral iliac window+ Kocher Langenbeck approach) गरेको थियो । यो शल्यक्रिया एकदमै जटिल प्रकृतिको मानिन्छ र यसको लागि विशेष खालको औजारहरूका साथसाथै अब्बल टिम पनि जरुरत पर्छ। ठूल्ठूला सुविधासम्पन्न अस्पतालहरुमा तथा मेडिकल कलेजहरुमा मात्र सम्भव हुने यस्तो जटिल प्रकृतिको शल्यक्रिया सुदूरपश्चिममै गर्न पाउँदा हामी एकदमै गौरवान्वित महसुस गर्छौं । ३ महिना पछि जचाउन आउंदा बिरामी बिना सहायता हिड्डुल गर्न सक्ने, पलेटी कसेर बस्न सक्ने र टुक्रुक्क भुइँमा बस्न सक्ने हुनु भएको छ। बिरामीको सन्तुष्टि र खुशी देखेर एकदमै खुशी महसुस भयो। यस्ता जटिलभन्दा जटिल प्रकृतिका शल्यक्रिया पनि गर्दैजाने र सुदूरपश्चिम बासीलाई सुदुरपश्चिममै सेवा दिने अठोटका साथ हाम्रो टिम अगाडि बढेको छ । यो शल्यक्रिया हाडजोर्नी विशेषज्ञद्वय डा. श्रीराम खाती र डा. ओमकार विष्ट तथा एनेस्थेसियोलोजिस्ट डा हेमन्त ओझा र डा सुनिल भट्टको टिमले गरेको हो।