Dr Amrit Jaishi Oral and Dental Surgeon

Dr Amrit Jaishi Oral and Dental Surgeon Dr Amrit Jaishi is Oral and Dental Surgeon currently working at Dhangadi.

12/09/2024

एकछिन गम्भीर भएर सोच्नुस् है त !
हामीले एसईईमा सबैभन्दा उच्च अङ्क ल्याउने विद्यार्थी छानेर साइन्स पढाउँछौँ । अनेक परीक्षा र छनोटका चरण पार गर्दै देशकै सबैभन्दा तीक्ष्ण र अब्बल विद्यार्थी छानेर एमबीबीएस अर्थात् डाक्टर पढाउँछौँ । अपवादबाहेक त्यो शैक्षिक वर्षका सबैभन्दा मेधावी विद्यार्थीहरूले मात्रै डाक्टरको पढाइ गर्छन् ! पैसा हुँदैमा छनोट पार नगरी तपाईं डाक्टर बन्न सक्नुहुन्न । उत्कृष्टहरू छानिएपछि अरू विषयको पालो आउँछ । झन्डै पाँच वर्षपछि त्यसरी छनिएकाहरू डाक्टर बन्छन् । ती डाक्टरमध्ये पनि तीन-चार वर्षको अभ्यास र थप अध्ययनपछि केही झन् बढ़ी अब्बल भएर निस्किन्छन् ।

हो, त्यही लामो पढाइ, लगानी, धैर्य र अनुभवपछि जुन सबैभन्दा उत्कृष्ट डाक्टर हुन्छन्, तिनलाई युरोप र अमेरिकाले एक सुका लगानी नगरी टपक्क टिपेर लैजान्छन् ! सम्झिनुस् त, एउटा डाक्टर बनाउन कति धेरै लगानी हुन्छ । झन्डै पच्चीस वर्ष लाग्छ राज्यलाई । एउटा बच्चालाई पोलियोविरुद्ध खोप दिनेदेखि नि:शुल्क प्राथमिक र माध्यमिक शिक्षा दिँदासम्म, उत्कृष्ट विद्यार्थी छानेर एमबीबीएस पढाउँदासम्म, मेडिकल शिक्षाका लागि पूर्वाधार र जनशक्ति निर्माण गर्दासम्म परिवार, राज्य या समाजले कति धेरै लगानी गरेको हुन्छ, कति लामो प्रतीक्षा र धैर्य गरेको हुन्छ । तर जब त्यसमा फल लाग्ने बेला हुन्छ, जब त्यसमा रस पस्ने बेला हुन्छ, त्यो फल र रस अर्कैले लैजान्छ ।

अझ दुर्भाग्य त ती आफैमा उत्कृष्टहरू मध्ये पनि छानी छानी जो सर्वोत्कृष्ट छ, जो अंग्रेजीमा संवाद गर्न सक्छ, जसको आइक्यू अरूभन्दा उच्च छ र जससँग अनुभव र भिजन छ, उसलाई टिपेर लैजान्छन् ।
त्यो पनि एक वर्ष पनि नकुरी, एक सुका लगानी नगरी, कुनै पूर्वाधार र तालिममा खर्च नगरी र गएको भोलिपल्ट सेवा सुरु गर्ने गरी लैजान्छन् । त्यसमाथि हाम्रो गरीब अर्थतन्त्रबाट उल्टो आठ दश लाख रुपियाँ समेत तिनको इकोनोमीमा थपेर हामी देशको सर्वोत्कृष्ट नागरिक निर्यात गर्न विवश छौं । जो सबैभन्दा 'ब्रिलियन्ट' छ त्यो सबैभन्दा छिटो बाहिरिने अवस्था छ ।

नेपालीमा, अर्थशास्त्रमा या भाषाविज्ञानजस्ता विषयमा गोल्डमेडल पाएकोमा कसैलाई बधाई दिनुभएको छ भने पाँच वर्षपछि त्यो व्यक्ति त्यहीँ भेटिएला तर आज प्लस टू, साइन्स, मेडिकल शिक्षा, इन्जीनियरिंग या कृषिमा कसैलाई उत्कृष्ट भएकोमा बधाई दिनुभएको छ भने अबको पाँच वर्षपछि त्यो यहीँ भेटिने सम्भावना कम हुन्छ ।

अब अर्को पाटो हेर्नुस् । हामीसँग जनसङ्ख्याको अनुपातमा डाक्टर र नर्स एकदम कम छन् । यो तथ्य हामी र राज्य दुबैलाई थाहा छ !
हाम्रो औसत आयु कम हुनुमा, बालमृत्युदर डरलाग्दो हुनुमा, सुत्केरीले अकालमा ज्यान गुमाउनुमा, सामान्य इन्फेक्शनले पनि ज्यान जानुमा डाक्टरको अभाव मुख्य कारण हो । आफ्नै नागरिकलाई अकालबाट बचाउन हामीलाई डाक्टरको ठूलो खाँचो छ । यसका लागि सोझो गर्न सकिने भनेको डाक्टरको उत्पादन नै हो ।

हामीले त्यो त गरेकै छौं । सबैभन्दा उत्कृष्ट विद्यार्थी छानेर पढाउने काम पनि गरेकै छौं । प्रत्यक्ष जनस्वास्थ्यसँग गाँसिएको विषय भएकाले सबैलाई खुला गर्ने भन्ने विषय पनि यो होइन । हाम्रो एमबीबीएस सीट सङ्ख्या देशको जनसङ्ख्याको अनुपातमा कम पनि छैन । भारतभन्दा हामी अगाडि नै छौं । छात्रवृत्तिमा समेत देशविदेश पढ्न पठाएकै छौं ।

देश बन्न एक घर एक नेता मात्रै भएर त पुग्दैन । लाखौं डाक्टर, इन्जिनियर, नर्स, वैज्ञानिक, शिक्षक र अर्थशास्त्रीजस्ता दक्ष जनशक्ति चाहिन्छ । विकसित भइसकेका देशलाई त चाहिन्छ र लैजान्छन् भने हामीलाई त तिनलाई भन्दा बढ़ी चाहिन्छ । तर हामी हरेक क्षेत्रमा सबैभन्दा दक्ष जनशक्ति बीस-तीस लाख उल्टो उसैलाई बुझाएर विदेश सप्लाई गर्न बाध्य छौं । यो तेस्रो मुलुक भनिने हरेक देशको साझा पीड़ा हो ।
हामी गरिब छौं, तर लगानी गर्न बाध्य छौं, पढाउन र प्रोडक्ट तैयार गर्न बाध्य छौं । जो धनी छ, ऊ कुनै लगानी नगरी उल्टो लाखौंको दाइजो समेत लिएर शिक्षक या डाक्टर पाउँछ, त्यो पनि सबैभन्दा उत्कृष्ट डाक्टर !

पैसाकै लागि यी दक्ष जनशक्ति बाहिरिन्छन् भन्ने पनि होइन । एउटा नाम चलेको डाक्टरले नेपालमैं पनि राम्रो कमाइ गर्न सक्छ । तर पैसा पनि एउटा फयाक्टर त पक्कै हो । आज मध्यम स्तरको जनशक्ति अमेरिका गए पनि त्यहाँ त्यो खारिएर साउदी या दुबइ पुगेको छ । त्यहाँ पनि समस्या छ । यो भयावह 'ब्रेन-ड्रेन'बारे संसदमा छलफल गर्ने पनि खासै देखिन्नन् । त्यहाँ पुगेकाहरू छानिएर बचेका मात्रै भएकाले यस्तो भएको पनि नहोला । हाम्रो राष्ट्रिय नीति पनि यस्तो विदेशिएको जनशक्तिलाई आकर्षित गर्ने खाले छैन । अन्य देशले रेड कार्पेट बिछ्याएर लैजाने जनशक्तिलाई हामीले नागरिकता, भिसा, प्रोफेशनल लाइसेन्स जस्ता क्षेत्रमा अनेक झन्झट दिन्छौं । भारतीय नागरिकले पाँच हजार हवाई भाड़ा तिर्छ, त्यो नेपालीसँग १५ हजार लिइन्छ ।

सर्टिफिकेट नै रोक्ने, एअरपोर्ट नै बन्द गर्ने, बाहिर जान्न भनेर ल्याप्चे लगाउने जस्ता हलुका र हाम्रा अन्तर्राष्ट्रिय सन्धि र सम्झौताप्रतिकूलका आइडिया त हामी जोसँग पनि छ तर यसको ठोस समाधानमा नेपालजस्तो देशले के गर्न सक्ला ? देशको अर्थतन्त्र एक रातमैं दोब्बर-तेब्बर पार्ने र विदेशतिर जत्तिकै तलब बढाउने भन्ने पनि सम्भव हुँदैन ।

नेतालाई, पार्टीलाई र राजनीतिलाई गाली गर्न त सजिलै पनि छ । तपाईं प्रधानमन्त्री या स्वास्थ्यमन्त्री भएको भए के गर्नुहुन्थ्यो होला ?

आज म जुन स्थानमा छु यो स्थान सम्मको सत्मार्ग देखाउनु हुने र सदा सदा प्रेरणा दिराख्नु हुने सम्पूर्ण गुरुहरुलाई गुरु पूर्ण...
21/07/2024

आज म जुन स्थानमा छु यो स्थान सम्मको सत्मार्ग देखाउनु हुने र सदा सदा प्रेरणा दिराख्नु हुने सम्पूर्ण गुरुहरुलाई गुरु पूर्णिमाको उपलक्ष्यमा नमन तथा शुभकामना।
गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वरः
गुरु साक्षात परब्रह्म तस्मै श्री गुरुवे नमः

दाँत तथा मुख स्वस्थ राख्ने टिप्सहरुदिनमा दुई पटक दुई मिनेटसम्म खानापछि ब्रस गर्ने । ब्रस गर्दा फ्लोन्डेट टुथपेस्ट र नरम ...
19/06/2024

दाँत तथा मुख स्वस्थ राख्ने टिप्सहरु

दिनमा दुई पटक दुई मिनेटसम्म खानापछि ब्रस गर्ने ।

ब्रस गर्दा फ्लोन्डेट टुथपेस्ट र नरम ब्रसको प्रयोग गर्ने ।

दाँतको हरेक भाग र जिब्रो पनि सफा गर्ने ।

दाँत ब्रस गरिसकेपछि दाँतको बीचको भागमा राम्ररी फल्स गर्ने ।

यसो गर्दा दाँतमा फसेको खानेकुरा निस्किन्छ र किरा लाग्दैन् ।

खाना खाइसकेपछि मज्जाले मुख कुल्ला गर्ने ।

मुख/दाँतमा कुनै समस्या आएमा आफू खुसी औषधि प्रयोग नगर्ने ।

डाक्टरसँग चेकअप गराएर उचित परामर्श लिने र औषधी प्रयोग गर्ने ।

समस्या नभएपनि वर्षको २ पटक डाक्टरसँग मुखको चेकअप गराउने ।

05/06/2024
Dhangadhi Sanjeevani Hospitalको संयोजनमा धनगढी उपमहानगरपालिका ७ देवरिया स्थित साइपाल शिक्षा सदनमा आयोजित बृहत निशुल्क स्...
28/05/2024

Dhangadhi Sanjeevani Hospitalको संयोजनमा धनगढी उपमहानगरपालिका ७ देवरिया स्थित साइपाल शिक्षा सदनमा आयोजित बृहत निशुल्क स्वास्थ्य शिविरमा आउनु भएका विद्यार्थी, अभिभावक एवम शिक्षक शिक्षिकाको दाँत, मुख गिजा सम्बन्धि चेकजाँच परामर्श एवम औषधि वितरण कार्य गर्दै ।

26/05/2024
विश्व स्वास्थ्य दिवसको सम्पुर्णमा शुभकामना आज विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा रक्तदान गर्ने अवसर प्रदान गर्ने Dhangadh...
07/04/2024

विश्व स्वास्थ्य दिवसको सम्पुर्णमा शुभकामना
आज विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा रक्तदान गर्ने अवसर प्रदान गर्ने Dhangadhi Sanjeevani Hospital र सहकार्य गरेर सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हार्दिक आभार ।

03/04/2024

हाम्रा सेवाहरु:
✅ दाँत तथा मुख समबन्धी सम्पुर्ण समस्याको चेकजाँच
✅ दुखिरहेको दाँत नदुखाइ निकाल्ने
✅ मेसिन द्वारा दाँत सफा गर्ने
✅ बुद्धिबाङ्गारा निकल्ल्ने
✅ दाँतमा सिमेन्ट भर्ने
✅ नमिलेको दाँत मिलाउने
✅ बुढा बुवा आमाको पुरै नयाँ सेट बनाइ लगाइदिने
✅ Metal Ceramic एवम Zirconia को खोल हालिने
✅ मुखमा भएका घाउ खटिराको उपचार गर्ने
✅ बालबालिकाको दुखेको वा दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने

परामर्शको लागि:
📞 091-590328 986-0644282
📨 dhangadhisanjeevani@gmail.com
📌 Hasanpur 5, Dhangadhi, Kailali Rasta Bank Chowk

राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनज्यू द्वारा लेखित आफ्नो जीवन कथा "महावीर पुन सम्झना,सपना र अविरल यात्रा" को हस्ता...
10/02/2024

राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनज्यू द्वारा लेखित आफ्नो जीवन कथा "महावीर पुन सम्झना,सपना र अविरल यात्रा" को हस्ताक्षर सहितको पुस्तक बीरगंज कृषि औजार कारखाना संचालनका निमित्त सहयोगार्थ किनी सामाजिक कार्यमा सहभागी भइयो ।

07/02/2024

हाम्रो सेवा हरू :-
➡️ दात तथा मुख सम्बन्धी जाँच गने
➡️ दाँत को जरै देखी उपचार गने
➡️ दाँतमा खोल राख्ने
➡️ दाँत भर्ने
➡️ दाँत को एक्स - रे
➡️ मेशिनबाट दाँत सफा गर्ने
➡️ कुत्रीम दाँत राख्ने
➡️ दाँतको सौन्दर्य उपचार
➡️ नमिलेको दात मिलाउने
➡️ फिक्स दात राख्ने
➡️ दाँत र मुख सम्बन्धी स्वास्थ्य शिक्षा

सम्पर्क
091-590328
986-0644282

Address

Dhangadhi
10900

Telephone

+9779860644282

Website

http://www.jaishiamrit.com.np/

Alerts

Be the first to know and let us send you an email when Dr Amrit Jaishi Oral and Dental Surgeon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Amrit Jaishi Oral and Dental Surgeon:

Share