11/06/2025
बिगत १ वर्ष देखि यस प्रदेश जनस्वास्थ्य प्रयाेगशालाकाे निर्देशक (कार्यालय प्रमुख)श्री शिवराज सुनार ज्यूलाई उच्च शिक्षा अध्ययनको लागि हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 🎓आजको दिन हामी सबैका लागि गर्व, खुशी र हल्का भावुकता मिसिएको छ। हाम्रो प्रयाेगशालामा फरक समूहबाट कार्यालय प्रमुख भएता पनि प्रयाेगशालाकाे सेवा प्रवाह देखि प्रयाेगशालाकाे सर्वाङगिण बिकासमा टेवा पुर्याउनु भएकाेमा उच्च कदर ब्यक्त गर्दै ,प्रयाेगशालाकाे विकासमा एक काेसे ढुङ्गा साबित भएकाेछ, कुशल नेतृत्वकर्ता र प्रेरणाका स्रोत रहनुभएका आदरणीय शिवराज सुनार सर ज्यू अब उच्च शिक्षा अध्ययनको लागि नयाँ यात्रामा निस्कन लाग्नुभएको छ उहाँकाे उज्जवल भविश्यकाे कामना ब्यक्त गर्दै । उहाँसँग बिताएका क्षणहरू, हाँसो, चुनौती, र सफलता—सबै एक अविस्मरणीय अनुभव बनेका छन्। नेतृत्वमा स्पष्टता, निर्णयमा दृढता र व्यवहारमा सरलता—उहाँको यी गुणहरूले हामी सबैलाई एक टिमको रुपमा अघि बढ्न सिकायो। 🌱काम गर्दा उहाँले देखाउनु भएको अनुशासन, समर्पण, र सकारात्मक दृष्टिकोणले मात्र हैन, सहकर्मीलाई विश्वास गर्ने उहाँको शैलीले हामी सबैलाई अझ नजिक बनायो। उहाँ सँगै काम गर्दा सिक्ने मौका पाउनु हाम्रो सौभाग्य रह्यो,हामीलाई पूर्ण विश्वास छ—उहाँ जहाँ जानुहुन्छ, ज्ञान, आत्मविश्वास र कर्मठताको उज्यालो लिएर अझ उच्च स्थानमा पुग्नुहुनेछ। 📚🚀अझ धेरै सफलता र खुशीका साथ पुनः भेट्ने आशामा—शुभकामना छ, सर! 🙏
"सधैं सम्झना लायक यात्रा बनेको छ । आगामी दिन उज्जवल बनुन् हार्दिक शुभकामना सर ।
धन्यवाद!
Jharendra Singh Pradip Chokhal Shiv Raj Sunar Ram Ojha Hikmat Badal Kb Khagendra Tirtha Ahtrit