Nepal Pharmaceutical Association - NPA Sudurpashchim province

Nepal Pharmaceutical Association - NPA Sudurpashchim province NPA सबै भन्दा पुरानो सम्पुर्ण फर्मासिस्ट र सहायक फर्मासिस्ट को साझा छाता सङगठन हो । जुन बि.स. २०२८ साल मा स्थापना भएको थियो ।

26/09/2025

जानकारी सम्बन्धमा ..

25/09/2025
25/09/2025
25/09/2025

नेपालगन्ज बि पि चोक मा फार्मेशि डे को अवसर मा दिप प्रज्वलन कार्यक्रम ।।

World Pharmacist Day sep 25 celebration Seti Province Hospital Dhangadhi  लक्ष्मि चौधरि  फार्मेशि इन्चार्ज
25/09/2025

World Pharmacist Day sep 25 celebration Seti Province Hospital Dhangadhi

लक्ष्मि चौधरि
फार्मेशि इन्चार्ज

यस वर्षको नारा “Think Health, Think Pharmacist”अर्थात् “स्वास्थ्य सोचौँ, फार्मासिस्ट सम्झौँ” लाई आत्मसात गर्दै स्वास्थ्य...
25/09/2025

यस वर्षको नारा “Think Health, Think Pharmacist”अर्थात् “स्वास्थ्य सोचौँ, फार्मासिस्ट सम्झौँ” लाई आत्मसात गर्दै स्वास्थ्य सेवा प्रणालीलाई अझ सुदृढ, सुरक्षित र प्रभावकारी बनाउन फार्मासिस्टहरूको योगदान अपरिहार्य छ।

यस अवसरमा, सम्पूर्ण फार्मासिस्ट साथीहरूलाई व्यावसायिक इमानदारी, नैतिक मूल्य र निरन्तर सीप विकाससहित अझ सक्रिय, जिम्मेवार र प्रतिबद्ध रहन प्रेरित गर्दछु। तपाईंहरूको ज्ञान र सीपले बिरामी मात्र होइन, सम्पूर्ण समाजलाई निरोगी जीवन र उज्ज्वल भविष्यतर्फ अघि बढाउने विश्वास व्यक्त गर्दछु।

निरन्तर स्वास्थ्य सेवा र मानवीय समर्पणको यो यात्रामा सबै फार्मासिस्टहरूलाई शुभकामना —

“स्वस्थ समाज, समृद्ध राष्ट्र—फार्मासिस्टको हातमा।”

#तस्बिर :- #औषधि_ब्यबस्था_बिभाग_नेपालगन्ज_शाखा

बिश्व फार्मासिस्ट डे २०२५ को अवसरमा शुभकामना सन्देश !!! विश्व फार्मासिस्ट दिवस २०२५ को पावन अवसरमा सम्पूर्ण फार्मासिस्ट ...
25/09/2025

बिश्व फार्मासिस्ट डे २०२५ को अवसरमा शुभकामना सन्देश !!!

विश्व फार्मासिस्ट दिवस २०२५ को पावन अवसरमा सम्पूर्ण फार्मासिस्ट दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

यस वर्षको नारा “Think Health, Think Pharmacist”अर्थात् “स्वास्थ्य सोचौँ, फार्मासिस्ट सम्झौँ” लाई आत्मसात गर्दै स्वास्थ्य सेवा प्रणालीलाई अझ सुदृढ, सुरक्षित र प्रभावकारी बनाउन फार्मासिस्टहरूको योगदान अपरिहार्य छ।

फार्मासिस्टहरू केवल औषधि वितरण गर्ने मात्र नभई सही औषधिको छनोट, सुरक्षित प्रयोग, बिरामीलाई औषधि सम्बन्धी परामर्श दिने, औषधिको गुणस्तर सुनिश्चित गर्ने र जनस्वास्थ्यको प्रत्येक तहमा सहयोग गर्ने अभिन्न स्वास्थ्य व्यवसायी हुन्। रोगको उपचारमा मात्र नभई रोग निवारण, जीवनशैली सुधार र औषधि सम्बन्धी सचेतनामा समेत फार्मासिस्ट अग्रणी भूमिका खेलिरहेका छन्।

ग्रामीण भेगदेखि शहरी केन्द्रसम्म, स्वास्थ्य पूर्वाधार बलियो बनाउन, औषधि पहुँचलाई समान बनाइदिन, र बिरामीमैत्री सेवा प्रवाह गर्न फार्मासिस्ट निरन्तर खटिएका छन्। अनुसन्धान, औषधि उद्योग, नियमन, शिक्षण र स्वास्थ्य नीति निर्माणमा समेत फार्मासिस्टहरूको योगदानले मुलुकलाई आत्मनिर्भरता र प्रगतितर्फ अघि बढाइरहेको छ।

यस अवसरमा, सम्पूर्ण फार्मासिस्ट साथीहरूलाई व्यावसायिक इमानदारी, नैतिक मूल्य र निरन्तर सीप विकाससहित अझ सक्रिय, जिम्मेवार र प्रतिबद्ध रहन प्रेरित गर्दछु। तपाईंहरूको ज्ञान र सीपले बिरामी मात्र होइन, सम्पूर्ण समाजलाई निरोगी जीवन र उज्ज्वल भविष्यतर्फ अघि बढाउने विश्वास व्यक्त गर्दछु।

निरन्तर स्वास्थ्य सेवा र मानवीय समर्पणको यो यात्रामा सबै फार्मासिस्टहरूलाई शुभकामना —

“स्वस्थ समाज, समृद्ध राष्ट्र—फार्मासिस्टको हातमा।”

धन्यवाद।

#अध्यक्ष
Bhatt Narayan
Nepal Pharmaceutical Association - NPA Sudurpashchim province

24/09/2025
24/09/2025

भोलि मिति आशोज ९, २०८२ गते नेपाल फर्मास्युटिकल एसोसिएसन गण्डकी परिवारले विश्व फार्मासिस्ट दिवस -सेप्टेम्बर २५ (World Pharmacist Day-September 25) को अवसरमा मानवसेवा आश्रम, हेम्जा, पोखरा शाखामा आश्रित करिब २०० ज्येष्ठ बुवाहरूसँग मनाउन गहिरहेको छ।
यस वर्षको World Pharmacist Day को आधिकारिक नारा: “Think Health, Think Pharmacist”लाई आत्मसात गर्दै, “Together for Humanity: Let’s live and care vulnerable, homeless, disabled, mentally and physically challenged old people”भन्ने मूल सन्देश लिई आधारभूत स्वास्थ्य सेवा तथा औषधि वितरण कार्यक्रम गरिने छ।
यस पुन्य काममा Nepal Pharmaceutical Association, Gandaki परिवारले पोखरा आसपासमा रहनु हुने आफ्ना सम्पूर्ण Pharmacist तथा Pharmacist Assistant साथीहरूलाई यस मानवतामूलक कार्यमा सहभागिता जनाउन हार्दिक निमन्त्रणा गर्दछ।
Date: Thursday, Sep 25, 2025 (Ashwin 9, 2082)
Venue: Manavsewa Ashram, Hemja, Pokhara (मानवसेवा आश्रम, हेम्जा, पोखरा)
Time: 11:00 AM – 3:00 PM

“Think Health, Think Pharmacist” Let’s join hands in humanitarian work.

NPA-Gandaki, President; Prakash Poudel

24/09/2025

देशमा हालसालै भएको Gen-Z को आन्दोलन र सो आन्दोलनमा भएको अकल्पनीय तथा अमानवीय जनधनको क्षति तथा नेपाल रेड्क्रस सोसाइट (रक्त संचार केन्द्र ) मा देखिएको रगतको चरम अभावलाई मध्य नजर गर्दै, देशको यस विषम परिस्थितिमा रगत जस्तो अमुल्य र जीवन रक्षक पदार्थको उपलब्धतामा सहजीकरण गराउनको निमित रक्तदान अहिलेको समयमा झनै अपरिहार्य रहेको हुनाले यहि मिति २०८२/०६/०९ गते (25th September 2025), बिहिबार, विश्व फर्मासिस्ट दिवसको उपलक्ष्यमा, औषधि व्यबस्था विभाग बिरगंज शाखा कार्यालय परिसरमा बिहान ६.०० बजे देखि ९.०० बजे सम्म रक्तदान कार्यक्रम आयोजना हुने भएकोले सो पुण्य कार्यमा उपस्थित भई रक्तदान गरि घाईते बिरामीलाई जीवनदान प्रदान गर्न हुन सम्पूर्ण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौ |

आयोजक समिति

‼️ सुचना  ‼️ सुचना  ‼️ सुचना  ‼️ सुचना  ‼️ बिषय :- “बिश्व फर्मासिस्ट दिवस ” भब्यता का साथ मनाउने बारे ।         #अध्यक्ष...
24/09/2025

‼️ सुचना ‼️ सुचना ‼️ सुचना ‼️ सुचना ‼️

बिषय :- “बिश्व फर्मासिस्ट दिवस ” भब्यता का साथ मनाउने बारे ।

#अध्यक्ष
Bhatt Narayan

Nepal Pharmaceutical Association - NPA Sudurpashchim province

24/09/2025

All are requested to join.

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Nepal Pharmaceutical Association - NPA Sudurpashchim province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Pharmaceutical Association - NPA Sudurpashchim province:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram