05/10/2023
यहि मिति २०८०-०६-२० गते शनिबारको दिन, (फोकल्याण्ड) कुम्याल चौक, धरान–१७ मा सोलमेड हेल्थ सोलुसन प्रा. लि. को आयोजना, लायन क्लब र लियो क्लब अफ धरान तथा धरान उ.मा.पा वडा न.१७ कार्यालय को सहकार्यमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको हुदा, सम्पुर्ण धरानवासी महानुभावहरु यस स्वास्थ्य शिविरमा सहाभागी भई मौकाको फाईदा उठाउन हुन आग्रह गर्दछौ ।
नि:शुलक सेवाहरु :
१. अनुभवी डाक्टरहरुद्वारा सामान्य स्वास्थ्य तथा उच्च रक्तचाप, सुगर आदीको चेक जाँच एवम् परामर्श ।
२. मुटु, फोक्सो, छाती तथा नशा रोग विशेषज्ञ वरिष्ठ डा. बिजय कुमार शाहद्वारा स्वस्थ्य जाँच तथा परामर्श ।
३. पोषण बिशेषज्ञ द्वारा दैनिक खान-पान र पौषटिक आहार बारे परामर्श ।
४. निशुल्क औषधिहरु वितरण । (शर्तहरु लागु हुनेछन् )।
५. आँखा तथा कानको रुटिन चेक जाँच …।
साथै अन्य थुप्रै सेवाहरु उपलब्ध हुनेछन् । थप जानकारीका लागि सम्पर्क: ९८१५३९६४७४