12/12/2025
मलाइ मन परेको हरफहरु (छुदेन काविमो को उरमाल उपन्यास बाट):
"मनमा कोलाहल मच्चिरहेथ्यो। एउटै प्रश्नले घरी-घरी जुहारी खेलिरहेथ्यो- अब यो साल होइन, अर्को साल माध्यमिक लेख्नेछु। लडेर पनि फेरि म ऊठ्नेछु। स्कुल जानेछु। तिम्ले भने जस्तै फेरि पढ्न थाल्नेछु। साँच्चै भनेकी हुँ, आमा।
जुन दिन फेरि सब ठीक ठाक हुनेछ। यो उरमाल म घुर्यान मै लगेर फ्याँकिदिनेछु। त्यसपछि फेरि स्कुल जानेछु।
कलम काटियो भन्दैमा चियाको बोटले फेरि मौलाउन छाड्छ र? कमानेको सपना त्यस्तै हो, आमा। र तिम्री छोरीको हिम्मत पनि त्यस्तै हो।
म फेरि एकदिन चियाकै मुना भएर पलाउनेछु।"