26/12/2023
नेपाल औषधि व्यवसायी संघ, दाङ जिल्ला शाखाको माघ महिनामा हुन गईरहेको चौथो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउनका लागि पुस महिना को अन्तिम दिन सम्म को अवधिलाई " सदस्यता अद्यावधिक महिना" घोषणा गरी नविकरण तथा नयाँ दर्ताको बृहत थालनी गरिएको छ। र यो महिना भित्र यानी २०८० पुस २९ गतेसम्म गरिने नविकरण र नयाँ दर्ता सदस्यहरू मात्र आगामी हुने अधिवेशनको चुनाव प्रक्रियामा आधिकारिक मतदाता रहने छन्। तत् पश्चात भएका वा गरिएका कुनै पनि नविकरण र नयाँ दर्ता सदस्यहरुको सो अधिवेशनमा हुने निर्वाचनमा मात्र मताधिकार नरहने पनि जानकारी गराउँदछौं।
तसर्थ समयमा नै आफ्नो सदस्यता नविकरण वा नयाँ दर्ता गरी गराई आफ्नो मताधिकार सुनिश्चित गर्न हुन अनुरोध छ।
सचिब