Buddha International Hospital

Buddha International Hospital Buddha International Hospital is founded in 2074 B.S , providing excellent healthcare services. Located in the heart of Ghorahi, Sadak Bhibhag Road.

पेटभित्र अत्यधिक रक्तश्राव भई गम्भीर अवस्थामा ल्याइएकी एक महिलामा अण्डबाहिनी नलीमा गर्भ रहन गई नली फुटेको (Ruptured Tuba...
22/05/2026

पेटभित्र अत्यधिक रक्तश्राव भई गम्भीर अवस्थामा ल्याइएकी एक महिलामा अण्डबाहिनी नलीमा गर्भ रहन गई नली फुटेको (Ruptured Tubal Ectopic Pregnancy) पुष्टि भएपछि बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. बिमला तिवारी सहितको टोलीले अत्याधुनिक दूरबिन बिधि(Laparoscopic salpingectomy) प्रयोग गरी सफल शल्यक्रिया सम्पन्न गरेको छ।
यस्ता जटिल तथा आकस्मिक स्त्रीरोग सम्बन्धी शल्यक्रिया सेवा दुरबिन तथा हार्मोनिक प्रबिधिबाट बुद्ध इन्टरनेशनल हस्पिटल मा नियमित रुपमा विशेषज्ञ टोलीमार्फत प्रदान हुँदै आएको जानकारी गराउन पाउँदा हामीलाई गर्वको महसुस हुन्छ।

यस बुद्ध ईन्टरनेशनल हस्पिटल दाङ द्वारा संचालितNepal Sanjivani Institute of Health Science घोराही दाङमा शैक्षिक सत्र २०८३...
19/05/2026

यस बुद्ध ईन्टरनेशनल हस्पिटल दाङ द्वारा संचालित
Nepal Sanjivani Institute of Health Science घोराही दाङमा शैक्षिक सत्र २०८३ का लागि Health Assistant तथा Lab Technician कार्यक्रममा भर्ना खुल्ला गरिएको जानकारी गराउन पाउँदा हामीलाई खुशी लागेको छ।
गुणस्तरीय स्वास्थ्य शिक्षा, अनुभवी प्रशिक्षक, आधुनिक प्रयोगशाला तथा व्यवहारिक सिकाइ मार्फत स्वास्थ्य क्षेत्रमा सफल करियर बनाउन इच्छुक विद्यार्थीहरूलाई समयमै सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौं।
⛑️ स्थान: घोराही, दाङ
📞 सम्पर्क: ०८२–५६३४८१ / ९८५७८३४११२
“सीपयुक्त शिक्षा, सुरक्षित भविष्य।"

यस बुद्ध इन्टरनेसनल हस्पिटलमा अत्याधुनिक PCCL (दुर्बिन विधि) द्वारा पिसाब थैलीको पत्थरीको जटिल भन्दा जटिल शल्यक्रिया भइर...
16/05/2026

यस बुद्ध इन्टरनेसनल हस्पिटलमा अत्याधुनिक PCCL (दुर्बिन विधि) द्वारा पिसाब थैलीको पत्थरीको जटिल भन्दा जटिल शल्यक्रिया भइरहेको छ।
वरिष्ठ सर्जन डा. रमेश बस्नेत ज्यूको नेतृत्वमा अनुभवी विशेषज्ञ चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीहरूको टोलीद्वारा सुरक्षित, प्रभावकारी तथा गुणस्तरीय अपरेसन सेवा प्रदान भइरहेको छ।
दुर्बिन विधिबाट गरिने यस शल्यक्रियामा बिरामीलाई कम पीडा हुने, न्यून रक्तस्राव हुने तथा शीघ्र स्वास्थ्य लाभ प्राप्त हुने गर्दछ।
आधुनिक प्रविधिसहित उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता निरन्तर जारी रहनेछ।
धन्यवाद।
बुद्ध इन्टरनेसनल हस्पिटल प्रा. लि.
घोराही, दाङ।

14/05/2026

📢 महत्वपूर्ण जानकारी 📢
आदरणीय सेवाग्राही महानुभावहरूमा हार्दिक जानकारी गराइन्छ कि हाम्रो अस्पतालका सम्पूर्ण स्वास्थ्य सेवाहरू विगतदेखि नै हरेक सार्वजनिक बिदाका दिनमा समेत नियमित रूपमा सुचारु रहँदै आएका छन्।
स्वास्थ्य समस्या कुनै समय र अवसर पर्खेर नआउने भएकाले यहाँहरूको सहज उपचार तथा सेवाका लागि हाम्रो अस्पताल सदैव तत्पर रहेको छ।
आवश्यक परे जुनसुकै समयमा पनि निर्धक्क भई अस्पतालमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।
🙏 तपाईंहरूको विश्वास र साथप्रति हार्दिक आभार।
🏥 तपाईंहरूको स्वास्थ्य, हाम्रो पहिलो प्राथमिकता।

💐अन्तर्राष्ट्रिय नर्सिङ दिवस २०२६ को हार्दिक शुभकामना💐 मानव सेवाको पवित्र अभियानमा दिनरात समर्पित सम्पूर्ण नर्सिङकर्मीहर...
12/05/2026

💐अन्तर्राष्ट्रिय नर्सिङ दिवस २०२६ को हार्दिक शुभकामना💐
मानव सेवाको पवित्र अभियानमा दिनरात समर्पित सम्पूर्ण नर्सिङकर्मीहरू प्रति हाम्रो उच्च सम्मान, कृतज्ञता तथा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
बिरामीको उपचार, हेरचाह, आत्मबल र आशाको आधार बनेर स्वास्थ्य सेवामा अतुलनीय योगदान पुर्‍याइरहनु भएका नर्सहरू वास्तवमै स्वास्थ्य क्षेत्रका मेरुदण्ड हुनुहुन्छ।
यस विशेष अवसरमा सम्पूर्ण नर्सिङकर्मीहरूको समर्पण, धैर्यता, करुणा र सेवाभावको सम्मान गर्दै उहाँहरूको सुख, स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यको कामना गर्दछौं।

हार्दिक समवेदना 💐२०८३ बैशाख १७ गते बिहिबारका दिन रोल्पाको जलजलामा बैशाख पूर्णिमाको अवसरमा लागेको मेलामा सहभागी हुन जाँदै...
01/05/2026

हार्दिक समवेदना 💐
२०८३ बैशाख १७ गते बिहिबारका दिन रोल्पाको जलजलामा बैशाख पूर्णिमाको अवसरमा लागेको मेलामा सहभागी हुन जाँदै गर्दा लु १ ज ४१६७ नम्बरको बलेरो जीप दुर्घटनामा परी ज्यान गुमाउनु हुने सम्पूर्ण दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।
यस दुःखद दुर्घटनामा परी असामयिक निधन हुनुभएका हाम्रो अस्पतालका पूर्व कर्मचारी लोजिना घर्ति (एलिसा) प्रति विशेष रूपमा गहिरो दुःख व्यक्त गर्दछौं। उहाँको निधनले हाम्रो अस्पताल परिवार मर्माहत भएकोछ। उहाँको सरल स्वभाव, कर्तव्यनिष्ठा र सेवाप्रति समर्पण सधैं हाम्रो स्मृतिमा रहनेछ।
यस दुःखद घडीमा शोकाकुल परिवारजन तथा आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै सम्पूर्ण दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दछौं।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक सम्मान र शुभकामना व्य...
01/05/2026

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक सम्मान र शुभकामना व्यक्त गर्दछौं।
स्वास्थ्य सेवा क्षेत्रमा अहोरात्र खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी तथा सेवा प्रवाहमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा योगदान दिनुहुने सबै श्रमिकहरूको समर्पण, परिश्रम र जिम्मेवारीप्रति हामी कृतज्ञ छौं।
श्रमको सम्मान, सेवाको समर्पण र मानवताको संरक्षण— यी मूल्यहरूलाई आत्मसात गर्दै हाम्रो अस्पताल सधैं गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहनेछ।
“श्रमको सम्मान गरौं, स्वास्थ्य सेवामा समर्पण बढाऔं।”

नेपालका प्रख्यात बरिष्ठ शल्य चिकित्सक डा. दिनेश गंगोल को ९२ बर्षको उमेरमा भएको दुःखद निधनप्रति बुद्ध ईन्टरनेशनल हस्पिटल ...
21/04/2026

नेपालका प्रख्यात बरिष्ठ शल्य चिकित्सक डा. दिनेश गंगोल को ९२ बर्षको उमेरमा भएको दुःखद निधनप्रति बुद्ध ईन्टरनेशनल हस्पिटल परिवार गहिरो दुःख व्यक्त गर्दछ।
उहाँले नेपालमा आधुनिक उपकरण र प्रविधि सीमित रहेको समयमा समेत जटिल प्रकृतिका शल्यक्रियाहरू सफलतापूर्वक सम्पन्न गरी चिकित्सा क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउनुभएको थियो।
उहाँको दीर्घ अनुभव, मार्गदर्शन र सहकार्यले धेरै चिकित्सकहरूलाई प्रेरणा दिएको छ र नेपालको शल्य चिकित्सा क्षेत्रमा उहाँको योगदान सधैं अमूल्य रहनेछ।
यस दुःखद घडीमा शोकसन्तप्त परिवारजन तथा सम्पूर्ण स्वास्थ्यकर्मी समुदायप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं।
ओम् शान्ति।

Vacancy Announcement: Nurse In Ward / Operation Room .Buddha International Hospital is seeking a qualified candidate for...
21/04/2026

Vacancy Announcement: Nurse In Ward / Operation Room .
Buddha International Hospital is seeking a qualified candidate for the post of Nurse in Operation Room And Ward.
> Qualifications:
*PCL Nursing
*HA/CMA (Female)
*ANM
Freshers are encouraged to apply.
(Candidates with any of the above qualifications are eligible to apply.)
Application Deadline: 2083/01/15
How to Apply:
Email your application to:
People@buddhahospital.com.np
OR
Whatsapp: 9801353111
OR
Visit our reception at Buddha International Hospital
Join us and be a part of a growing healthcare institution committed to excellence!
Buddha International Hospital
📍Ghorahi-15,Dang
☎082-563218
🌐buddhahospital.com.np

🎉 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🎉नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण सेवाग्राही, शुभेच्छुक, चिकित्सक, नर्स तथा क...
13/04/2026

🎉 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🎉
नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण सेवाग्राही, शुभेच्छुक, चिकित्सक, नर्स तथा कर्मचारीहरूका साथै औषधि उत्पादक कम्पनी, वितरक, MR तथा सम्पूर्ण व्यावसायिक साझेदारहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यो नयाँ वर्षले यहाँहरूको जीवनमा सुस्वास्थ्य, खुशी, समृद्धि र निरन्तर सफलता ल्याओस् भन्ने हाम्रो कामना छ।
हामी सधैंझैं तपाईंहरूको स्वास्थ्य सेवामा समर्पित रहँदै, अझ गुणस्तरीय, भरपर्दो तथा प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं। साथै, हाम्रा सम्पूर्ण साझेदारहरूसँगको सहकार्य अझ मजबुत र फलदायी बनाउँदै अगाडि बढ्ने विश्वास लिएका छौं।
🙏 स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्।
👉 तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता।
– बुद्ध ईन्टरनेशनल हस्पिटल परिवार

Address

Ghorahi/15, Sadak Bivag Oralo
Ghorahi
0977

Alerts

Be the first to know and let us send you an email when Buddha International Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Buddha International Hospital:

Share

Category