04/01/2026
बंगलाचूली गाउँपालिकाको समन्वय र सहयोगमा हाम्रो अस्पतालद्वारा बंगलाचूली–७, छापडाँडा स्थित जनकल्याण प्राथमिक विद्यालयमा सञ्चालन गरिएको बिशेषज्ञ स्वास्थ्य शिविर हिजो पौष १९ गते सफलतापूर्वक सम्पन्न भएको छ।
यस अभियानलाई सम्भव बनाउने बंगलाचूली गाउँपालिका, वडा कार्यालय, स्वास्थ्यकर्मीहरूको समर्पित टोली, NMSRA,
स्वयंसेवकहरू, विद्यालय परिवार तथा सेवा लिनु हुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी, दाजुभाईहरूप्रति हृदयदेखि नै धन्यवाद र सम्मान व्यक्त गर्दछौँ।
समुदाय स्वस्थ भए मात्र देश बलियो हुन्छ —
त्यही विश्वासका साथ हाम्रो सेवा यात्रा निरन्तर रहनेछ।