13/08/2024
#बिरामी_को_लागी ५ सल्लाह/सुझाव ;
१) चिकित्सक वा स्वास्थकर्मी भन्दा जान्ने नबन्ने ; अहिले धेरै जस्तो बिरामी Google ,Youtube , हेरेर आफ्नै पारा ले स्वास्थकर्मी सग Deal गर्नु खोज्नु हुन्छ त्यो नराम्रो बानी हो , एउटा स्वास्थकर्मी ले चिकित्सा शिक्षा मै बर्सौ अध्यन गरेको हुन्छ र लक्षण तपाईंले सोचेको भन्दा फरक , विभिन्न कारण ले देखाउन सक्छ । आफ्नो उपचार गरिरहेको स्वास्थकर्मी मा बिश्वास गर्ने
तपाईंको जिज्ञासा् राख्न सक्नु हुन्छ तर अनावश्यक छलफल नगर्ने , यी यस्ता व्यबहारले स्वास्थकर्मी बिरामी हेर्न रुचाउदैनन
२) बिरामी ले सम्पुर्ण समस्या भन्न नसक्नु वा समय नपाउनु ; धेरै जसो बिरामी घरमा १० वटा लक्षण हुन्छन् अस्पतालको गेट सम्म पुग्दा ७ वटा र ओपिडि मा भन्दा ३/४ समस्या मात्रै भन्ने गर्दछ्न र ती मध्य केही ले मुख्य नभनी अन्य लक्षण भन्दछ्न ,र खुलेर कुरा गर्न हिचकिचाउने , डर , लाज यी कुराले रोग पहिचान मा निकै चुनौती पैदा गर्छ , धेरै जसो बिरामी भनेको जति जाँच गर्न मान्दैन तेसो गर्नाले पनि रोग पहिचान मा समस्या निम्त्याउछ ।
३) स्वास्थकर्मी सग मिनिमम 10 मिनेट माग्ने र आफ्नो सम्पुर्ण समस्या बिगत र अहिले बारे प्रष्ट खुलाउने जस्तो कुनै रोग वा उपचार भय नभएको ,कुनै औसधि सेवन गरिरहेको वा औसधि बाट हुने एलर्जी , गर्भवती ,महिनावारी यस्तै अन्य , नाअतिने र स्वास्थकर्मी ले भने अनुसारको जाँच गर्ने जस्तो केही रोग रगतको जाँच बाट पत्ता लाग्छ भने केही उल्ट्रासोनोग्राफी ,प्लेन एक्सरे केहि दिशा/पिसाब ,र यी जाँच बारे आफुलाई मनमा लागेको जिज्ञासा् राख्ने ,
४ ) सम्पुर्ण जाँच भैसकेपछी रोग पहिचान र सो को उपचार ; औषधि , खानपान ,जिवनशैली ,बारे स्वास्थकर्मी ले भने अनुसार भनेको दिन जति पुर्ण सेवन गर्ने , धेरै जसो बिरामी औसधि चलायको ३/४ दिन मा समस्या कम हुन साथ् औषधि सेवन गर्न छोडनु हुन्छ तेस्ले गर्दा रोग पुर्ण रुपमा निको हुदैन र बल्झिरहन्छ । फार्मेसी बाट औसधि लिदा सोको सम्पुर्ण जानकारी उपस्थित फार्मासिस्ट बाट लिने जस्तै औषधि सहि वा फरक ,साइड इफेक्ट ,खाने मात्रा )
५ ) औसधि सेवन अबधि पूरा भयपछि बोलाए अनुसार अस्पताल जाने र एकिन गर्ने ।
६ स्वास्थकर्मी ले आफुले हेरिरहेको बिरामी लाई मिनिमम १० मिनेट समय दिने र सम्पुर्ण history लिने सोही अनुसार उपयुक्त सल्लाह प्रदान गर्ने ।