Sangam Medisales

Sangam Medisales Health is wealth

14/07/2025

साउन २ गते शुक्रबार वरिष्ठ नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ डा. विवेक शर्मा आउनु हुने भएकोले सम्बन्धित सम्पूर्णले स्वास्थ्य लाभ लिनु होला।संगम मेडीहेल्थ क्लिनिकबसपार्क, गोरखाफोन नं.: 064-421315

10/07/2025

Sangam Medisales

30/05/2025
05/12/2024

सङ्गम मेडी हेल्थ क्लिनिक - नियमित स्वास्थ्य प्याकेज

तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता!

प्याकेजमा उपलब्ध सेवा:
1. परामर्श सेवा:
• विशेषज्ञ डाक्टरसँग व्यक्तिगत परामर्श।
• स्वास्थ्य समस्याको विस्तृत मूल्याङ्कन।
2. जाँचहरू समावेश:
• रक्त परीक्षण (Complete Blood Count, Lipid Profile, आदि)।
• मधुमेह परीक्षण (Blood Sugar)।
• मिर्गौला, कलेजो र थाइराइड परीक्षण।
• ECG, X-ray जस्ता आवश्यक रिपोर्टहरू।
3. स्वास्थ्यसम्बन्धी सल्लाह:
• आहार व्यवस्थापन।
• जीवनशैली परिवर्तनका लागि परामर्श।

विशेषता:
• अनुभवी विशेषज्ञ डाक्टरहरूको टोली।
• सहज र त्वरित सेवा।
• समयमै रोग पहिचान गरी उपचारका लागि तयारी।

प्याकेज किन उपयुक्त?
• स्वास्थ्यलाई दीर्घकालीन रूपमा ध्यान दिन उपयुक्त।
• हरेक उमेर समूहका लागि विशेष डिजाइन गरिएको।
• नियमित जाँचले स्वास्थ्य समस्या समयमै थाहा पाउन सहयोग पुर्याउँछ।

सम्पर्क विवरण:
• स्थान: सङ्गम मेडी हेल्थ क्लिनिक, गोरखा।
• सम्पर्क नम्बर: 064-421315/9856040018/9802501000

नोट:
• अग्रिम बुकिङ अनिवार्य।
• थप जानकारीका लागि सम्पर्क गर्नुहोस्।

संगम मेडीसेल्स बसपार्क, गोरखामा छाला तथा यौन रोग का बरिष्ठ डा.सुमित पौडेल यहि २०८१ कातिक २४ गते गाँठा, मुसा र कोठी फाल्न...
07/11/2024

संगम मेडीसेल्स बसपार्क, गोरखामा छाला तथा यौन रोग का बरिष्ठ डा.सुमित पौडेल यहि २०८१ कातिक २४ गते गाँठा, मुसा र कोठी फाल्ने यन्त्र सहित आउने सम्बन्धि सुचना !!!

09/08/2024

भोलि शनिवार
२६ गते

18/01/2024

पछिल्लो समय नेपालमा मात्र नभएर मुटु रोग विश्वव्यापी समस्याको रुपमा देखा परेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक बर्ष विश्वका दुइ करोड अर्थात ३० प्रतिशत मानिसको मृत्यु मुटु सम्बन्धी रोगबाट हुने गरेको छ ।

हरेक बर्ष लाखौंको संख्यामा ज्यान लिने मुटु सम्बन्धी रोगबाट छुटकारा पाउन खानपानमा ध्यान दिनुका साथै शारिरिक व्याम गरे पुग्छ । तर मानिसले सामान्य हेलचेक्राइका कारण अकालमा मृत्युवरण गरीरहेका छन् ।

पछिल्लो समय मुटुरोग सम्बन्धी समस्या लिएर अस्पताल पुग्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

नेपालमा मात्र नभएर विश्वका हरेक मुलुक मुटुसंग सम्बन्धी समस्याबाट ग्रसित छन् । हाल नेपालमा झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु सम्बन्धी रोग पाइएको छ ।

सरकारी तथ्याङक अनुसार नेपालका ३० प्रतिशत वयस्क उच्च रक्तचापको सिकार भएका छन् ।

ति मध्ये २० प्रतिशत कोलेस्टेरोलकाट ग्रसित छन् भने १० प्रतिशत मधुमेह बाट ।

विश्व मुटु महासंघका अनुसार हरेक बर्ष दुई करोड मानिसको मृत्यु मुटुको रोगबाट हुने गरेको छ ।

यी मध्ये ८० प्रतिशतभन्दा बढी मानिस विकासोन्मुख र अविकसित राष्ट्रका छन् । विगतको तुलनामा पछिल्लो समय मुटु रोगले विकराल रुप लिँदै गएको छ ।

१९ औं शताब्दीमा संक्रामक रोग र कुपोषणका कारण ज्यान गुमाउने गरेका थिए । २० औं शताब्दीको सुरूवात सम्म पनि मुटु रोगबाट ज्यान गुमाउनेको संख्या १० प्रतिशत भन्दा कम रहेको थियो ।

त्यस्तै,२१ औं शताब्दीमा आइपुग्दा सम्म विकसित राष्ट्रहरूका करिब ५० प्रतिशत र विकासोन्मुख राष्ट्रका २५ प्रतिशत मानिसले मुटुरोगबाट ज्यान गुमाउने गरेका छन् ।

आधुनिक जीवनशैली, अस्वस्थकर खानपान र अल्छिपनाका कारण मुटु रोगको जोखिम बढिरहेको मुटु रोग विशेषज्ञको भनाइ छ ।

जाँडरक्सी, सुर्ती चुरो चिल्लो, पिरो बोसो रहित खानेकुरा कम गर्नूका साथै दैनिक शारीरिक व्यायाम गर्नले मुटु रोगबाट छुटकारा पाउन सकिने छ ।

साथै चिकित्सकले मुटु सम्बन्धी समस्या भएनभएको एकिन गर्नका लागि हरेक मानिसले प्रत्यक बर्ष बर्षमा एक पटक मुटुको जाँच अनिर्वाय गराउन समेत सुझाएका छन् ।

विश्वव्यापी रुपमा बढ्दौ गएको मुटु रोगलाई मध्येनजर गर्दौ विश्वस्वास्थ्य संगठनले सावधानि अपनाउन अपिल गरेको छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा मुटुरोगबाट विश्वभर जयान गुमाउनेको संख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने अनुमान गरेको छ ।

साथै सन् २०३० सम्ममा नेपाल लगायत विकासोन्मुख राष्ट्रहरूमा हृदयघातका कारण ज्यान गुमाउनेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने प्रक्षपण गरेको छ ।

Life is short. Smile while you still have teeth.😁
01/01/2024

Life is short. Smile while you still have teeth.😁

Happiest birthday dear Respected brother
29/12/2023

Happiest birthday dear Respected brother

चिन्ता, तनाव यि दुबैले मानिसलाई सताउन थालेपछि मानिस बिना कारण रोगी बन्न पुग्दछ । नेपालीमा उखान पनि छ, चिन्ताले चितामा पु...
22/12/2023

चिन्ता, तनाव यि दुबैले मानिसलाई सताउन थालेपछि मानिस बिना कारण रोगी बन्न पुग्दछ । नेपालीमा उखान पनि छ, चिन्ताले चितामा पुर्याउँछ । त्यसैले आफैमा रोग नभए पनि चिन्ताले धेरैं शारीरिक तथा मानसिक रोगलाई जन्माउँछ । चिन्ता वा तनावले निम्त्याउने समस्याहरु निम्न छन्ः

१. मधुमेह, उच्च रक्तचाप
यदि चिन्ता र तनाव कम भएन वा समयमै उपचार भएन भने डिप्रेसनका साथै अन्य कडा खालका मानसिक रोग हुनसक्छ । चिन्ता र तनाव लिने व्यक्तिमा क्यान्सर, फोक्सोसम्बन्धी रोग, लिभर सिरोसिस, उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्ने जोखिम बढी हुन्छ ।

२. कमजोर यौन जीवन
तनाव र चिन्ताले यौन उत्तेजना जगाउने रसायनलाई निस्तेज पारिदिन्छ । जसले व्यक्तिमा यौनप्रति इच्छा कम हुँदै जान्छ । चिन्ता लिने व्यक्तिको शरीरमा सेक्स हर्मोन टेस्टोस्टेरोनको मात्रा कम हुदैँ जान्छ ।

३. कपाल झर्न थाल्छ
अहिले उमेरले ३० नकट्दै अधिकाशं युवामा कपाल झर्ने समस्या रहने गरेको छ । जसको प्रमुख कारक हो, चिन्ता । चिन्ता लिदाँ शरीरमा कोर्टिसोल नामक हर्मोन उत्सर्जन हुन्छ, जसले कपालका जरालाई कमजोर गरिदिन्छ र कपाल झर्न थाल्दछ ।

४. दाँत बिग्रने
अनावश्यक रुपमा धेरै चिन्ता लिने वा तनावमा बस्नेहरुमा दाँत खिइने, गिजामा समस्या हुने लगायतका दाँत सम्बन्धी समस्या हुने गर्दछ ।

५. मुटु कमजोर हुन्छ
चिन्ता लिने व्यक्तिको मुटुको मांसपेशी कमजोर हुदैँ जान्छ । अर्थात स्टेस हर्मोनले मुटुको धड्कन बढाउनुका साथै नसा संकुचित पारेर रक्तसञ्चारमा बाधा उत्पन्न गराउँछ । तसर्थ यस्ता व्यक्तिलाई हृदयाघात हुने जोखिम अन्य व्यक्तिलाई भन्दा बढी हुन्छ ।

६. मोटो बनाउँछ
चिन्ता लिने व्यक्तिहरु शरिरलाई चाहिनेभन्दा बढि खाना खाने गर्दछन् । उनिहरु जति खाए पनि अघाउँदैनन् । जसले गर्दा शरीर मोटो र अस्वभाविक बन्न पुग्दछ ।

७. उमेर अगावै बूढो
सधैँ चिन्तामा रहने व्यक्तिको शरीरमा नयाँ कोषको विकास ढिलो हुन पुग्दछ । जसले व्यक्ति चाँडै बूढो देखिन्छ । छालामा चाउरी पर्ने, मांसपेशी कमजोर हुने, आँखा कमजोर हुने जस्ता बुढ्यौलीका संकेत चिन्ता लिने व्यक्तिमा अरु भन्दा चाँडै देखा पर्दछ ।

८. रोगप्रतिरोधी क्षमतामा कमी
चिन्ता लिने व्यक्तिको शरीरमा रोगप्रतिरोधी क्षमता कम हुन्छ । यस्ता व्यक्तिमा रुघाखोकी, ज्वरोजस्ता रोग बारम्बार लागि रहन्छ ।

९. मष्तिकमा असर
चिन्ता लिने व्यक्तिहरुमा दिमागमा पनि हानी पुग्दछ । चिन्ताले मष्तिकमा रहने हिप्पोक्यामस भन्ने भाग ‘ड्यामेज’ गरिदिन्छ । परिणामतः व्यक्तिको स्मरणशक्ति घट्दछ ।

१०. शरीरमा विकार बढ्दछ
चिन्ता लिँदा शरिरमा बोसो र चिनीयुक्त खानाप्रति आशक्ति बढ्न जान्छ । जसले शरीरमा विकार निरन्तर सञ्चय हुन पुग्दछ । र शरीरमा रोगहरु थपिदै जान्छ ।

Address

Gorkha
34000

Alerts

Be the first to know and let us send you an email when Sangam Medisales posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sangam Medisales:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category