
02/10/2018
गुल्मिको मदाने गाउपालिकामा First Aid तालिम भब्यरुपले सम्पन्न ।
हिजो गुल्मी जिल्ला को अति दुर्गम ठाउ सदरमुकाम देखि ३६ किलोमिटर पश्चिम् को मदाने गाउँपालिका पुर्कोट दह -६ को श्री पृथ्वी मा.बि को सभाहल मा Discovery Royal Sport LLC (डिस्कोभरी रोयल स्पोर्ट्स एल.एल.सि) को आयोजना मा र गुल्मी सेबा समाज यु.ए.इ को सहकार्यमा साथै गुल्मि सेवा समाज युएईका सचिवालय सक्रिय सदस्य किशोर के सि ज्युको सम्योजनमा १६ वटा संघ सस्था आबद्ध,विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधी,इलाका प्रहरी कार्यलय र अन्य ४६ वटा निजि र सरकारी गरि प्रा बि,नि मा बि,माबि,उच्च मा.बि र क्याम्पसका प्रमुख देखि लिएर,शिक्षक,बिद्यार्थी सहित गुल्मि जिल्ला मै परिचित अत्यन्तै होनाहार समाजसेबी बयोबृद(८७) वार्षिय -चक्र बहादुर कुवर,पाल्पाली सेबा समाज यु ए इ का अध्यक्ष -बेद प्रसाद अर्याल को उपस्तिथि सहित,प्रशिक्षक ज्युहरु ओम उप्रेती सहित को टोलि,कान्तिपुरका सम्बाददाता -माधब अर्याल अनि सम्पुर्ण गाउले दाजुभाइ तथा दिदिबहिनि को उपस्तिथिमा करिब (१५०) जनाको बाक्लो उपस्थिति बिच निसुल्क प्राथमिक स्वास्थ उपचार तालिम सौहार्द रुममा समापन भएको छ || यो महान कार्यमा सक्रिय भुमिका निभाउनुहुने सम्पुर्णलाई हृदय देखि आभार ब्यक्त गर्दछौ धन्यवाद ।।
गुल्मि सेवा समाज युएई परिवार