बुढिगंगा गाउँपालिका-७ मोरङ स्वास्थ्य चौकी डंग्राहा

  • Home
  • Nepal
  • Haraincha
  • बुढिगंगा गाउँपालिका-७ मोरङ स्वास्थ्य चौकी डंग्राहा

बुढिगंगा गाउँपालिका-७ मोरङ  स्वास्थ्य चौकी डंग्राहा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बुढिगंगा गाउँपालिका-७ मोरङ स्वास्थ्य चौकी डंग्राहा, Medical and health, Dangraha, Haraincha.

गर्भवती आमाहरुलाई झुल र फिल्टर वितरण🙏🙏
17/05/2025

गर्भवती आमाहरुलाई झुल र फिल्टर वितरण🙏🙏

✅ बहु सुक्ष्म पोषकतत्व (बाल भिटा) सम्बन्धी जानकारी 👇✍️🟢 बाल भिटा भनेको के हो ? 🔸 बाल भिटा १५ प्रकारका भिटामिन र आइरन लगा...
08/04/2025

✅ बहु सुक्ष्म पोषकतत्व (बाल भिटा) सम्बन्धी जानकारी 👇✍️

🟢 बाल भिटा भनेको के हो ?
🔸 बाल भिटा १५ प्रकारका भिटामिन र आइरन लगायतका खनिज तत्वहरूको मिश्रण हो ।
🔸 यो सानो पुरियमा पाइन्छ बाल भिटा खानामा मिसाएर खुवाइन्छ ।

🟢 बाल भिटा कसलाई खुवाउने?
🔸 बाल भिटा ६ महिना पुरा भएदेखि २ वर्ष मुनिका बालबालिका हरुलाई खुवाइन्छ।
🔸 ६ महिना देखि २ वर्ष सम्म ३ चरणमा खुवाउने

🟢 बाल भिटा कहाँ पाईन्छ ⬇️
🔸 बाल भिटा कार्यक्रम लागु भएका जिल्ला हरुको सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा निःशुल्क रूपमा पाइन्छ ।
🔸 महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हरु मार्फत पनि बाल भिटा निःशुल्क रूपमा प्राप्त गर्न सकिन्छ

🟢 बाल भिटा खुवाउने प्रोटोकल ⤵️
🔸 बच्चा ६ महिना पुरा भएपछि

↪️ पहिलो चरण (६-११ महिना) ⤵️
✅ दिनको १ पुरिएका दरले दुई महिनासम्म खुवाउने
❌ त्यसपछि ४ महिना नखुवाउने

↪️ दोस्रो चरण (१२-१७ महिना) ⤵️
✅ दिनको १ पुरिएका दरले दुई महिनासम्म खुवाउने
❌ त्यसपछि ४ महिना नखुवाउने

↪️ तेस्रो चरण ( १८-२३ महिना)⤵️
✅ दिनको १ पुरिएका दरले दुई महिनासम्म खुवाउने
❌ त्यसपछि ४ महिना नखुवाउने

➡️ यो प्रोटोकल अनुसार एउटा बालबालिका ले ६ महिना देखि २३ महिना सम्म जम्मा १८० वटा स्याचेट/पुरिया बाल भिटा खानुपर्दछ

🟢 बाल भिटा खुवाउँदा के फाईदा हुन्छ ?
🔸 बालबालिकालाई आवश्यक पर्ने १५ विभिन्न भिटामिन र आइरन लगायतका खनिज तत्वहरू उपलब्ध हुन्छ जसले गर्दा बालबालिकाको सही रूपमा शारीरिक वृद्धि, मानसिक र सामाजिक विकास हुन्छ ।
🔸 बाल भिटा मिसाएको खाना खुवाउने गरेमा बालबालिकाको खाने रुचि बढ्छ ।
🔸 बाल भिटाले बालबालिकालाई चनाखो र दरिलो बनाउँछ
🔸 बाल भिटाले बालबालिकालाई रगतको कमी तथा अन्य सुक्ष्म पोषक तत्वहरूको कमी हुनबाट जोगाउछ।
🔸 बाल भिटा खुवाएको बालबालिकालाई नखुवाएको बालबालिकाको तुलनामा कम रोग लाग्छ ।

🟢 बाल भिटा कसरी खुवाउने ?
🔸 सानो चिन्ह भएको ठाउँबाट काट्ने
🔸 पुरै प्याकेट खन्याउने
🔸 राम्रो संग खानामा मिसाउने
🔸 बाल भिटा बालबालिकाले खाने चार समूहका खानेकुरा मिसाएर बनाएको बाक्लो जाउलो, राम्ररी मिचेर खाना, लिटो जस्ता साविक रूपमा खाने नरम खानामा मिसाएर खुवाउनु पर्छ ।
🔸 एक दिनमा एउटा बच्चालाई एक पुरिया मात्र बाल भिटा खुवाउनु पर्छ ।

🟢 बाल भिटा खुवाउँदा ध्यान दिनुपर्ने कुरा
🔸 बालबालिकालाई ६ महिना पुरा भएदेखि २

Budhiganga Gaupalika - बुढीगंगा गाउँपालिकाले स्वास्थ्य आमा समुहले मासिक स्वास्थ्य सम्बन्धी छलफल गर्न स्वास्थ्य आमा समुहक...
30/01/2025

Budhiganga Gaupalika - बुढीगंगा गाउँपालिकाले स्वास्थ्य आमा समुहले मासिक स्वास्थ्य सम्बन्धी छलफल गर्न स्वास्थ्य आमा समुहका पदाधिकारीहरुलाई पाेशाक दिएपछि बुढिगंगा गाउँपालिका-७ कमलपुरका आमासमुह पदाधिकारीहरुले दिइएको पोसाक लगाएर मासिक बैठक पछि लिइएको तस्बिर 2081/10/17 गते स्वास्थ्य चौकी डंग्राहा मोरङ Highlight ⊕

30/01/2025

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप अभियान २०८१
यही माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई एच.पि.भी. खोप दिईँदैछ ।
पाठेघरको मुखको क्यान्सर भई उपचार पश्चात स्वस्थ जीवन बाँचिरहेका ‘क्यान्सर विजेताहरू’को अनुभव सुनौं ।
थप जानकारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निःशुल्क हेल्पलाइन 'हेल्लो स्वास्थ्य' को सम्पर्क नम्बर १११५ वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।

29/01/2025

नुन र मुटु रोगको सम्बन्ध
नुन हाम्रो भान्छाको एक अपरिहार्य वस्तु हो । हामीले बिहानको नास्तादेखि खाना, दिउँसोको खाजा र साँझको खानामा नुनको प्रयोग गरेकै हुन्छौँ । अझ भनौँ नुन हाम्रो जिब्रोको स्वाद हो, जसको अभावमा हामीले खाने भोजन स्वादिष्ट हुँदैन । नुनको अभावमा शरीरमा आलस्यता आउने मात्र होइन, स्वास्थ्यमा अनेक समस्या हुने गर्दछ ।

नुन हाम्रो संस्कृतिसँग पनि जोडिएको छ । जुठो बार्दा नुन नखाने, कतिपय पूजाआजामा अनिवार्य प्रयोग गरिन्छ । यसरी हाम्रो शरीरका लागि अपरिहार्य नुन किन फेरि हानिकारक छ त भन्ने प्रश्न पनि उठ्ने गर्दछ ।

ठिक्क हुँदा ठीक, बेसी हुँदा हानिकारक हुने भएकाले नुनको प्रयोगमा ध्यान दिनुपर्छ । दैनिक कति नुन हाम्रो शरीरका लागि आवश्यक हो त भन्ने कुरा व्यक्तिको जीवनशैली, ठाउँ र स्वास्थ्य अवस्थाले पनि केही फरक पार्न सक्छ । सामान्यतः दैनिक दुईदेखि तीन ग्रामसम्म नुन (सोडियम) सेवन गर्नु उपयुक्त हुन्छ । बढीमा पाँच ग्राममा सीमित रहनेगरी खान सकिने भन्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पनि भनेको छ ।

मुटुसँगको सम्बन्ध

नेपालमा नुन सेवन र मुटु रोगको सम्बन्ध गम्भीर चिन्ताको विषय बनेको छ । आयोडिनयुक्त नुनले थाइराइड जस्ता रोग नियन्त्रण गर्न सहयोग पु¥याए पनि यसको अत्यधिक सेवनले मुटु रोगलाई निम्त्याउन सक्छ । यहाँका मानिसको जीवनशैली, खानपान र स्वास्थ्य शिक्षाको अभावका कारण नुनको अत्यधिक सेवन र यसको कारणले हुने मुटु रोगका समस्या बढ्दो क्रममा छन् ।

हाम्रो स्वास्थ्यका लागि दुईदेखि तीन ग्राम उपयुक्त हुन्छ तर अधिकांश नेपालीले दैनिक पाँच ग्रामभन्दा धेरै नुन सेवन गर्ने गर्छन् । विशेषगरी अचार, तिख्खर खानेकुरा, तथा प्रशोधित खानेकुराहरू जस्तै, लेज, कुरकुरे, चाउचाउ आदिमा उच्च मात्रामा नुन हुन्छ । ग्रामीण क्षेत्रमा प्राकृतिक खानाको प्रयोग भए पनि, सहरी क्षेत्रमा प्रशोधित खाना र फास्ट फुडको लोकप्रियताले नुन सेवनको दर उच्च देखिएको छ ।

नुन र मुटुरोग बीचको सम्बन्ध धेरै अध्ययनहरूद्वारा पुष्टि भएको छ । नुनमा सोडियमको मात्रा धेरै हुन्छ । अत्यधिक सोडियमले शरीरमा पानी थुप्रिने (पानी धारण गर्ने) समस्या उत्पन्न गराउँछ, जसले गर्दा रक्तचाप बढ्छ । रक्तचापले मुटु र रक्तनलीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्छ ।

उच्च रक्तचाप (हाइपरटेन्सन) मुटु रोगको प्रमुख जोखिम कारक हो । नेपालमा हृदय रोग मृत्युको प्रमुख कारणमध्ये एक हो । उच्च रक्तचाप र यसका कारण मुटु रोग हुने समस्या नेपालमा तीव्र रूपमा बढ्दै छ । डब्लुएचओका अनुसार, नेपालमा लगभग ३० प्रतिशत वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छ ।

लामो समयसम्म उच्च रक्तचाप रहिरहेमा मुटुको मांसपेशीमा अनावश्यक दबाब पर्छ । यसले मुटुको असमान्य कार्यक्षमता, हृदयाघात र स्ट्रोकजस्ता समस्या निम्त्याउन सक्छ । नुनको अत्यधिक सेवनले धमनीहरूलाई सख्त (अथेरोस्क्लेरोसिस) बनाउँछ । यो प्रक्रियाले रक्तप्रवाहलाई अवरुद्ध गर्नसक्छ, जसले मुटुमा अक्सिजनको अभाव गराउँछ ।

धेरै नुन सेवन गर्ने व्यक्तिहरूमा पानी र सोडियमको सन्तुलन बिग्रन सक्छ । यसले मुटुको काम गर्न कठिन बनाउँछ, जसले मुटुको विफलताको सम्भावना बढाउँछ । नेपालमा स्वास्थ्य मन्त्रालयः उच्च रक्तचाप र मुटु रोग नियन्त्रणका लागि केही कार्यक्रम र जनचेतनामूलक गतिविधि गर्दै आएको छ । नुनको उपभोग कम गर्ने रणनीति बनाउन डब्लुएचओले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ ।

अन्य देशमा नुनको प्रयोग

सामान्यतः अधिकांश देशहरूमा औसत नुन सेवन डब्लुएचओको सिफारिस (पाँच ग्राम प्रतिदिन) भन्दा धेरै उच्च छ । विकसित देशहरूले यसबारे धेरै सुधार गरेका छन्, तर विकासशील देशहरूमा अझै जनचेतना र नीतिगत हस्तक्षेप आवश्यक छ । ती देशहरूमा नुनको प्रयोग जनसङ्ख्या, संस्कृति, खानपान र जीवनशैलीका आधारमा फरक छ । विकसित देशहरूमा नुन सेवनमा कमी ल्याउने प्रयास भइरहेको छभने धेरै विकासशील देशहरूमा अझै अत्यधिक नुन सेवन चुनौतीपूर्ण रहेको छ ।

विश्वका विकसित देशहरूमा नुनको प्रयोग कम गर्न राज्यस्तरबाटै पहलहरु भएको पाइन्छ । अमेरिकी सरकारले नुनको प्रयोग कम गर्न जनचेतना अभियान र खाद्य उद्योगमा नयाँ मापदण्ड लागू गरिरहेको छ । ल्याटिन अमेरिका मुलुकहरु ब्र्राजिल, मेक्सिको, अर्जेन्टिनाजस्ता देशहरूमा औसत नुन सेवन उच्च (८–११ ग्राम प्रतिदिन) छ ।

बेलायत, फिनल्यान्ड, डेनमार्कलगायत युरोपेली देशहरूमा नुन सेवन कम गर्न ठूला अभियान सञ्चालन गरिएको छ । बेलायतमा नुन सेवन कम गर्न पब्लिक हेल्थ इङ्ल्यान्डले फुड म्यान्युफ्याक्चरर्सलाई प्रशोधित खानामा नुन घटाउन निर्देशन दिएको छ । फिनल्यान्डः फिनल्यान्डले १९७० को दशकदेखि ‘लो–सोडियम खाना’ को प्रवद्र्धन गरेर नुन सेवनलाई ३० प्रतिशतले कम गरेको छ । सरकारले जनचेतना र ‘लो–सोडियम सोया सस’ को प्रवद्र्धन गरेर सुधार गर्ने प्रयास गरेको छ ।

छिमेकी मुलुक चीनमा औसत नुन सेवन १०–१२ ग्राम प्रतिदिन रहेकाले त्यसलाई घटाउन सरकारले जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । भारतीयहरूको औसत दैनिक नुन सेवन ८–१० ग्राम गरिरहेका छन् । सरकारको ध्यान आयोडिनयुक्त नुन प्रवद्र्धनमा केन्द्रित रहेकाले, नुन कम गर्ने पहल भएको देखिँदैन । स्वास्थ्य शिक्षाको कमीले गर्दा अधिकांश अफ्रिकी देशहरूमा नुन सेवनको स्तर उच्च छ । भूटान, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्काका ग्रामीण र सहरी क्षेत्रमा नुनको अत्यधिक प्रयोग देखिन्छ ।

कसरी स्वस्थ्य हुने त ?

नुन र मुटु रोगबीचको सम्बन्धबारे जनचेतना अभिवृद्धि गर्नु आवश्यक छ । प्रशोधित खाना, जस्तैः चिप्स, तयारी खाना (जङ्क फुड), डिब्बामा बन्द गरिएका खाना आदिमा सोडियम धेरै हुनेहुँदा यस्ता खानेकुराहरुबाट टाढै बस्नु उपयुक्त हुन्छ । नियमित व्यायाम, सन्तुलित आहार र तनाव व्यवस्थापनले मुटु रोगको जोखिम कम गर्न मद्दत गर्छ । यदि तपाईंमा मुटु रोग वा उच्च रक्तचापको इतिहास छभने चिकित्सकसँग परामर्श गरेर नुन सेवनको उचित सीमा निर्धारण गर्नु अत्यन्त महत्वपूर्ण छ ।

घरमा खाना पकाउँदा नुनको मात्रा नियन्त्रण गर्नु र बाहिरका प्रशोधित खानेकुरा कम गर्नुपर्छ । यसका लागि धेरै किसिमका तरकारीको सट्टा एक वा दुई किसिमका तरकारी वा दालको प्रयोग गर्ने, सागपातहरुमा नुनको प्रयोग नगर्ने, एउटा तरकारीमा नुन राखेमा अर्कोमा नराख्नेजस्ता तरिका पनि अपनाउन सकिन्छ ।

नियमित रूपमा रक्तचाप जाँच गर्न र मुटु रोगको प्रारम्भिक उपचार सुनिश्चित गर्ने गरिएमा मुटुजन्य स्वास्थ्य समस्या आउन पाउँदैन । स्थानीय, ताजा र सन्तुलित खाना खाने बानी बसाल्नु, व्यायाम गर्नु र धुम्रपान तथा मद्यपान त्याग्नु जरुरी छ ।

निष्कर्ष

नुन र मुटु रोगको समस्या समाधानका लागि व्यक्तिगत, सामाजिक, र सरकारी तहमा सुधारात्मक कदम उठाउन आवश्यक छ । अन्य देशहरुमा जस्तै नेपालमा पनि नुनको मात्रा घटाउन खाद्य उद्योगलाई मापदण्डअनुसार उत्पादन गर्न निर्देशन दिनुपर्ने देखिन्छ । कम नुन खाएर, स्वस्थ जीवनशैली अपनाएर र जनचेतना अभिवृद्धि गरेर यस समस्या नियन्त्रण गर्न सकिन्छ । बालबालिकाहरुलाई घरमा नुनको अधिक सेवनको बेफाइदाबारे जानकारी दिने र विद्यालयमा पनि तयारी खानालाई निषेध गर्ने तथा पाठ्यक्रमहरुमा यसबारेमा वियषयवस्तुहरु समावेश गर्न आवश्यक छ ।

घरमा सुतेको विस्तारा कहिल्यै नमिलाउने छोरि हस्पिटलमा थरिथरिका bed making गर्छे जब ऊ नर्स बन्छेघरमा दाजुभाईले गाली गर्दा ...
28/01/2025

घरमा सुतेको विस्तारा कहिल्यै नमिलाउने छोरि हस्पिटलमा थरिथरिका bed making गर्छे जब ऊ नर्स बन्छे

घरमा दाजुभाईले गाली गर्दा आखाबाट बरबर आसु खसाल्ने बहिनी wardमा अनेक गाली व्ङग्यमा पनि खिस्स हासिदिन्छे जब ऊ नर्स बन्छे

सानो दुखाईमा पनि दुख्यो भन्दै रूने छोरि meftal र flexon खादै अरूको दुख कम गर्नमा जुट्छे जब ऊ नर्स बन्छे

आफ्नो duty timeमा कामले गर्दा खान नभ्याउने छोरि अरूको लागि diet chart बनाइदिदै खान सिकाउछे जब ऊ नर्स बन्छे

आफूलाई सबैभन्दा माया गर्ने मान्छेको मृत्युको केहि समयमा नै आसु लुकाई अरूको जिवन बचाउन dutyमा जान्छे जब ऊ नर्स बन्छे

हो कहिल्यै दुखमा नहुर्केकि छोरि आफ्नो जिन्दगि नै बिर्सेर बिरामिको careमा जुट्छे जब ऊ नर्स बन्छे

Happy National Nurses Day ❤️

27/01/2025
स्वास्थ्य आमा समुहको बैठक सम्पन्न 2081/10/13 शिबटोल बुढिगंगा ७ मोरङ
27/01/2025

स्वास्थ्य आमा समुहको बैठक सम्पन्न 2081/10/13
शिबटोल बुढिगंगा ७ मोरङ

HPV सम्बन्धी जानकारी।
27/01/2025

HPV सम्बन्धी जानकारी।

Address

Dangraha
Haraincha

Website

Alerts

Be the first to know and let us send you an email when बुढिगंगा गाउँपालिका-७ मोरङ स्वास्थ्य चौकी डंग्राहा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram