17/06/2021
नमस्ते , प्यारा दाजुभाइ ,दिदिबहिनि,तथा बुबाआमा ।जीवनमा कहिलै नाम नसुनेको कोरोना भाइरसले हाम्रो जिन्दगी तहसनहस पारेको कुरा सर्बबितितै छ। नजिकको आफन्त बाट टाढिनु परेकोले मन दुखित पनि छ ।एउटा परिवार को आफन्त मात्र गुमायेनौ देश तथा बिदेशका चम्किला ताराहरु पनि गुमायौं। इलाम त्यसबाट अछुतो हुन सकेन । पिडित परिवार लाइ इश्वोर ले धर्यधारण गर्ने शक्ति प्रदान गरुन र सम्पुर्ण मृतकहरुको आत्मा को चिर शान्ति को कामना गर्दछु । जस्ले येस बिपतमा सहयोग गरी रहनु भएको छ उहाहरु साचिकै महान हुनुहुन्छ । यसरी नै सबै एकजुट भएर गर्ने हो भने स्वर्गको टुक्रा भन्द कम हुन्न हाम्रो गाउ, हाम्रो ठाँउ । दिन रात ,भोक तिर्खा ,निन्द्रा को पर्वहा नगरी अहोरत्रा खटिने स्वस्थाकर्मी , सुरक्ष्याकर्मि तथा एम्बुलेन्स चालकहरु लाइ सलाम भन्न चाहन्छु तपाइहरु साचिकै हिरो हरुको पनि हिरो हुनुहुन्छ ।
कोरोनाको case मा हेर्दा यो स्वश्प्रस्वश को समस्या भन्दा पनि सम्पुर्ण Organ, System मा नै असर गरेको देखियो । कोरोना लाइ जिती सकेपछी पनि Cerebral Stroke(पछ्यघात्), Myocardial Infarction (हृदयघात्) जस्ता जटिल समस्या देखिन थालेको छ जहा उपचार मा केही ढिलो हुन साथ मृतु अथबा अपांगता (paralysis) हुने निस्चित छ । तसर्थ हाम्रो पायक स्थानमा सेवा तथा सुबिधा नहुनुको विकल्प छैन ।
उपचार गरौ घरखेत सबै जाने उपचार नगरु ज्यान जाने बाध्यता हामिले टुलुटुलु हेरिरहनु परेको छ । जिवनभर दु:ख गरेर आर्जेको कमाइ एक पटक उपचारमै सकिनुले हाम्रो समाज लाइ झन्झन गरिबी तिर धकेल्दै छ । अत: सस्तोमा गुर्णस्तरिय सेवा पाउनु को बिकल्प रहेन । त्यो साकर पार्ने भनेको सरकारी स्तरको मेडिकल कलेजनै हो । यसमा हामी जती ढिलो गर्छौ हाम्रा सन्तानको स्वास्थ तेतिनै असुरक्षित हुन्छ र तेस्को दोष हामी आफैले लिनु पर्ने हुन्छ ।
इलामेलीहरुको लागी मात्र नभएर ताप्लेजुङ्,पाँचथर , तेर्हथुमको पुर्बी भागका बिरामीहरुले प्रतक्ष्य फाइदा पाउनेछन । ब्यस्त समय र महँगो स्वस्था सेवा तराईमा आएर लिनु भन्दा आफ्नो चिसो हावापानीमा सुलव तथा गुर्णस्तरिअ सेवा लिन पाउनुको मज्जा नै अर्कै हुन्छ । पहाड आफैमा पुर्ण छ । पुर्बी पहाडी वास्तबमा सुन हो जहाका सृजनशील जनताले सुगन्ध थप्ने छन । हाम्रा आशा लाग्दा जनप्रतिनिधिहरु यसबारे चिन्तित छन वा छैन थाह छैन तर राम्रै गर्दै हुनुहुन्छ भन्ने आशा छ ।जनप्रतिनिधिहरु लाइ मेरो बिनम्र अनुरोध छ तपाई ले यस कार्य लाई पहिलो प्राथमिकता मा राखेर अघि बड्नुहोस जनताले तपाईको साथ कहिले छोड्ने छैनन ।
शिक्षित हुदैमा बिबेक आउने रहेनछ , हामीले पनि बिगतमा केही कमी कमजोरी गरेको छौ त्यो हामिले स्विकार्नु पर्छ । गल्ती स्विकार गर्नुनै महानता हो । डा, गोविन्द के सी को १५औ आमरण अनसनको सरकारसंग भएको सहमती को 2 number बुदा मा इलाम वा पाँचथरमा सरकारी मेडिकल खोल्ने एक वर्ष भित्र सम्भाव्य अध्ययन र पहल गर्ने थियो आज ३ वर्ष बितिसक्यो ।हामी मध्यॆ कति जनाले जिल्ला समन्बय समिती संग तेस्को कार्यन्वयनको लागी कुरा उठाएउ ? को,कुन राजनीतिक दलका कार्यकर्ताले आफ्नो नेतासंगअनुरोध गरेऊ ? यैतिहासिक भुमीमा सुरु गरेको सत्यको अभियानमा एउटा झुटो र छल कपटले भरिएको पात्र खडा हुदा समेत हामि टुलुटुलु हेरी रहेउ । सव्यता र सत्य को बिगुल फुक्ने इलामेली त्यहा पनि चुकेकै हो ।
यो भन्दैमा बिगतको दिन लाइ फर्केर निराश हुनु भनेको भोलिको चम्किलो दिनलाई धमिलो बनाउनु मात्र हो । मान्छेले पढेर भन्दा परेर धेरै सिक्छ भने जस्तै अब हामिले पनि धेरै सिकेउ, आफ्नै आंखा अगाढी आफ्नो प्रिय मान्छे गुमाउदाको श्रण साचिकै पिढा हुदो रहेछ । अब उठ्ने दिन अएको छ , अब को दिन हरु बास्तबमै कठिन हुने निस्चित छ, हाम्रा बुबा-आमाले यस ठाउमा जती सेवा सुबिधा पाउनु भयो त्यो हाम्रो सन्तानको लागी साचिकै अपुर्ण हुन्छ ।यस परिस्थिती लाई नियन्त्रण र पुर्णता दिलाउन ठुलो योजना र मेहनत पनि पर्दैन , तपाई एक्लैले सम्भब पनि हुन्न तर सुरुवात तपाई बाट नै हुन्छ । यस अभियान लाई सफल पार्न एउटा कुरा मात्र चाहिन्छ र त्यो हो एकता, एउटै आवाज्, ,common goal, common motive .तसर्थ तपाई तलका मध्हे जुनमा तपाई लाइ पायक पर्छ त्यो गर्न सक्नुहुन्छ ।
१, तपाई जिल्ला सम्न्ब्य समितिको नजिक हुनुहुन्छ,तपाईको कुनै नातेदार हुनुहुन्छ वा तपाई स्वम्: हुनुहुन्छ नेपाल सरकार ले डा । गोविन्द के सि संग गरेको सम्झौता को कार्यन्बयन को पहल थाल्नुहोस ।
२, तपाई राजनितिक कार्यकर्ता हुनुहुन्छ भने तपाई को उत्प्रेरक नेता लाइ बारम्बर सम्झाउनुस्,झझल्काउनुस ।
३ आम सर्बसधारण नागरिकले अब आउने चुनाबमा तपाईको मागको सुनिस्चिता भएर मात्र मत दिने कुरा अवगत गराउनु होस ।
४, सुचना र सन्चार को माध्यम बाट जनतलाई जानकारी तथा समाचार सम्प्रेशण गर्ने पत्रकार ,youtuber हरुले यस अभियानलाइ तपाई को कलम र camera को सहाराले बुलन्ध गरिदुनुहोस ।
५, लेखक्,कवि तथा अन्य कलाकारहरुले एस्को महत्वलाइ समेटी तपाई को सुन्दर सृजनमा स्वास भरिदिनुहोस ।
६, सम्पुर्ण सामाजिक सन्जाल प्रयोगकर्ताले (facebook, Twitter,tiktok) यस पेज लाइ साझा चौतारी को रूपमा बिकास गरी स्वस्थ्य सम्बन्धी सुचना, जानकारि, अवसर तथा सहयोग को कुरा आदान्-प्र्दान गर्नुहोस ।
यो सबै कुरा गर्न आफुलाई पायक पर्ने ठाउ ,समय र आफ्नो अनुकुलता म भर पर्छ तेसैले तपाईले आफ्नो ब्यापार्, ब्यावशाय duty नै छोडेर लाग्नु पर्दैन । यदी तपाई माथिको कुरमा सहमत हुनुहुन्छ भने तपाई हाम्रो भलो चिताउनेहरु लाई सेयर र like गर्दै जानुस ताकी तपाई र म जस्तै एउटै उदेश्य भएकाहरुको ठुलो समुदाय निर्माण हुनेछ । अत: तपाई को एक सेयर ले गहिरो निन्द्रामा भएका निती निर्माताहरुको आँखा खोल्दिनेछ ।