lavakushashram PLHA Samuha

lavakushashram PLHA Samuha सशक्तिकरण, स्वास्थ्य, र सहकार्यका लागि एकीकृत प्रयास – लवकुश आश्रम PLHA परिवार

🙏❤️ लवकुशआश्रम इलाम परिवारको तर्फबाट आजको दिन विशेष रह्यो। लामो समयसम्म हाम्रो साथ र सहयोग गर्दै आउनु भएकी प्रिय दिदी दु...
01/09/2025

🙏❤️ लवकुशआश्रम इलाम परिवारको तर्फबाट आजको दिन विशेष रह्यो। लामो समयसम्म हाम्रो साथ र सहयोग गर्दै आउनु भएकी प्रिय दिदी दुर्गा विश्वकर्मालाई आत्मीय विदाई गर्दै उहाँको आगामी जीवन यात्रामा धेरै धेरै सफलता र सुख–समृद्धिको शुभकामना 💐🌸।
त्यसैगरी हाम्रो परिवारमा नयाँ सदस्यका रूपमा आउनु भएका राजेन्द्र बस्नेत ज्यूलाई हार्दिक स्वागत 🌺😊। हामी सबै मिलेर अझै राम्रो वातावरणमा अगाडि बढ्ने विश्वास लिएका छौं।
विदाईको भावुकता र स्वागतको खुसी एकैसाथ बाँड्दै आजको दिनलाई हामीले सम्झन लायक बनायौं ❤️🙏।
#परिवारिकसम्बन्ध #विदाई_र_स्वागत 💖🌸

18/07/2025

बालबालिकाको उज्ज्वल भविष्यका लागि इलाम नगरपालिकाको ऐतिहासिक सहयोग

लवकुश आश्रम, इलाममा आवद्ध एचआईभी सङ्क्रमित तथा प्रभावित अवस्थामा रहेका ३५ जना बालबालिकाहरूको शिक्षामा पहुँच सुनिश्चित गर्न इलाम नगरपालिकाले विगत ३ वर्षदेखि हरेक वर्ष छात्रवृत्तिको रुपमा प्रति व्यक्ति रु. ४०,००० प्रदान गर्दै आइरहेकोमा, यस आर्थिक वर्षदेखि यो रकम वृद्धि गरि प्रति व्यक्ति रु. ५०,००० पुर्‍याइएको छ।

उक्त वृद्धि गरिएको छात्रवृत्ति रकम यसै आषाढ महिनाभित्रै सम्बन्धित बालबालिकाहरूको व्यक्तिगत बैंक खातामा सफलतापूर्वक जम्मा गरिएको छ।

यो सहयोग केवल आर्थिक सहायता मात्र नभई, समाजका संवेदनशील तथा पछाडि पारिएका वर्गका बालबालिकाहरूको आत्मबल वृद्धि, समान अवसर प्राप्ति तथा शिक्षामा समावेशीकरणतर्फको एक सकारात्मक कदम हो।

लवकुश आश्रम परिवार नगरपालिकाद्वारा प्रकट गरिएको यस समावेशी सोच, मानवता तथा उत्तरदायित्वपूर्ण कदमप्रति हार्दिक आभार र सम्मान प्रकट गर्दछ।

धन्यवाद इलाम नगरपालिका — बालबालिकाहरूको भविष्य सुनिश्चित गर्ने यात्रामा तपाईं हाम्रो प्रेरणा हुनुहुन्छ। 🙏








रंजु पैाडेल शर्मा
Sujan Thapa
Durga Dulal Dulal
Kusum Khatiwada

Address

Ilam
57300

Website

Alerts

Be the first to know and let us send you an email when lavakushashram PLHA Samuha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share