Baidik Ayurved

Baidik Ayurved Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Baidik Ayurved, Medical and health, Halgada Chowk, Dharan Road, Ithari.

कुन कुन द्रव्य सेबन बाट कुन कुन अंगमा फाइदा पुग्छ भनेर जनहितमा जारि।वैदिक अायुर्वेद अौषधालयईटहरी, हलगडासम्पर्क नं:984565...
12/02/2019

कुन कुन द्रव्य सेबन बाट कुन कुन अंगमा फाइदा पुग्छ भनेर जनहितमा जारि।
वैदिक अायुर्वेद अौषधालय
ईटहरी, हलगडा
सम्पर्क नं:9845654392 ,025580555

सरस्वती माताको सबैलाई साथ मिलोस्।
10/02/2019

सरस्वती माताको सबैलाई साथ मिलोस्।

वैदिक अायुर्वेदको तर्फबाट सबैलाई माघे संक्रान्तिको शुभकामना ।
15/01/2019

वैदिक अायुर्वेदको तर्फबाट सबैलाई माघे संक्रान्तिको शुभकामना ।

वैदिक अायुर्वेद प्रा.लि. 2075/09/18 गते अाफ्नो नबौ बार्षिक उत्सब तथा पिकनिको अायोजना गरेको थियो ।उक्त अबसरमा यस प्रा.लि....
07/01/2019

वैदिक अायुर्वेद प्रा.लि. 2075/09/18 गते अाफ्नो नबौ बार्षिक उत्सब तथा पिकनिको अायोजना गरेको थियो ।उक्त अबसरमा यस प्रा.लि. द्वारा संचालित रहेका शाखाका संचालक तथा कर्मचारीहरु।

के हो क्षारसूत्र विधि ? ‘क्षारसूत्र’ शब्द ‘क्षार’ र ‘सूत्र’ दुईवटा शब्द मिलेर बनेको छ, जसमा क्षार भनेको अल्काली हो भने स...
07/01/2019

के हो क्षारसूत्र विधि ?
‘क्षारसूत्र’ शब्द ‘क्षार’ र ‘सूत्र’ दुईवटा शब्द मिलेर बनेको छ, जसमा क्षार भनेको अल्काली हो भने सूत्र भनेको धागो हो । अपामार्ग, अर्क आदिलाई जलाएर बनाइएको खरानीलाई पानीमा उमालेर विशेष प्रकारले क्षारको निर्माण गरिन्छ । यही क्षारलाई प्रयोग गरेर सिउँडीको चोप लगाई बनाइएको विशेष प्रकारको धागोलाई क्षारसूत्र भनिन्छ । यसले नरम किसिमको मासुलाई काट्ने गर्दछ । यही धागोको प्रयोगबाट गरिने उपचार विधिलाई नै क्षारसूत्र विधि भनिन्छ । पाइल्स, फिस्टुलाका साथै पुराना घाउहरूमा पनि यसको प्रयोग गरिन्छ ।

पाइल्स :
यो यस्तो रोग हो जसमा दिसा गर्न गाह्रो हुने, दिसा गर्दा रगत आउने, मासुको डल्ला बाहिर निस्कने आदि हुन्छ । विशेषगरी, कार्यव्यस्तताका साथै विभिन्न कारणले दिसा लामो समयसम्म रोक्ने, लामो समयसम्म दिसा बस्ने तथा दिसा कब्जियत हुने कारणले गर्दा नै यो रोग लाग्ने सम्भावना बढी हुन्छ । बुझ्दा सामान्य रूपमा बुझिने पाइल्सका चार चरण हुन्छन्:

पाइल्स भएका बिरामीले दिसा सजिलै खुलाउनेखालका खानेकुरा खाने, दिसा रोकेर नबस्ने, गरम मसला, मरिच र पिरो खानेकुरा नखाने, माछामासु कम खाने, हरियो सागपात, फलफूल दैनिकजसो खाने, दिनमा ३ देखि ५ लिटरसम्म पानी पिउने गर्नु लाभदायक हुन्छ ।

प्रथम चरण :
यस अवस्थामा दिसा गर्दा मासुको डल्ला बाहिर आउँदैन तर रगत बग्ने र दुखाइ भने हुने गर्दछ । यस अवस्थामा रहेको पाइल्सलाई औषधिद्वारा निको पार्न सकिन्छ ।

द्वितीय चरण :
यो अवस्थामा दिसा गर्दा मासुको डल्ला बाहिर आउँछ र दिसा गरिसकेपछि आफैँ भित्र जान्छ । यसका साथै दुख्ने अनि रगत आउनेसमेत हुन्छ । यो अवस्थासम्म पनि लामो समयसम्म औषधि सेवन गरी निको पार्न सकिन्छ ।

तृतीय चरण:
यस चरणमा दिसा गर्दा मासुको डल्ला बाहिर आउँछ र आफैँ भित्र नगई औँलाले धकेलेर भित्र पठाउनुपर्ने हुन्छ । यसका साथै बढी मात्रामा दुख्ने अनि रगत बग्ने हुन्छ । यस अवस्थासम्म आइपुगेको पाइल्स औषधिले निको नहुने भएकाले क्षारसूत्र विधिबाट नै उपचार गर्नुपर्ने हुन्छ ।

चतुर्थ चरण:
यस चरणमा मासुको डल्ला बाहिर नै बसिरहन्छ साथै अत्यधिक दुखाइ र रगत बग्ने हुन्छ । समयमै उपचार नगर्दा मासुको डल्ला कुहिन थाल्दछ र संक्रमण सम्पूर्ण शरीरमा फैलिएर मान्छेको मृत्यु पनि हुन्छ ।
यो रोग १ देखि २ प्रतिशतसम्म क्यान्सरमा परिणत हुने गरेको पाइएको छ भने यो रोगको अप्रेसन गरेका बिरामीमा ३० देखि ४० प्रतिशतसम्म दोहोरिएको पाइएको छ । तर, क्षारसूत्र विधिबाट उपचार गरेका बिरामीमा भने १ प्रतिशतभन्दा पनि कममा मात्र दोहोरिने देखिएको छ । समयमै उपचार गरेमा यो रोगबाट सजिलै मुक्त हुन सकिन्छ ।

यो रोग औषधिले निको हुँदैन । यसलाई क्षारसूत्र विधिबाट उपचार गर्दा दोहोरिने सम्भावना रहँदैन र अरू जटिलता पनि आउँदैन । यो रोगका लागि सर्वाधिक गरिँदै आएको अप्रेसनमा १५ देखि १८ प्रतिशतमा दोहोरिने तथा दिसा रोक्न नसक्ने, दिसा खुस्कने समस्या देखिएको पाइन्छ ।

रोग लागेपछि के–केमा ध्यान दिने ?
पाइल्स भएका बिरामीले दिसा सजिलै खुलाउनेखालका खानेकुरा खाने, दिसा रोकेर नबस्ने, गरम मसला, मरिच र पिरो खानेकुरा नखाने, माछामासु कम खाने, हरियो सागपात, फलफूल दैनिकजसो खाने, दिनमा ३ देखि ५ लिटरसम्म पानी पिउने गर्नु लाभदायक हुन्छ ।
पाइल्स रोगले सानो–ठूलो, धनी–गरिब भन्दैन । नेपोलियन बोनापार्ट र जिम्मी कार्टरजस्ता व्यक्तिलाई पनि यो रोगले सताएको थियो भन्ने पाइन्छ । त्यसैले खानपानमा बढी ध्यान दिने गरौँ, रोग लागिहालेमा समयमै उपचार गरौँ ।

भगन्दर (Fistula in Ano)
(फिस्टुला) :
फिस्टुला दिसा गर्ने ठाउँवरिपरि बन्ने सानो प्वाल भएको खटिरा हो । जब उक्त प्वालको भित्रपट्टि पाक्दछ र पहेँलो अथवा रगत मिसिएको पिप बन्न थाल्दछ तब दुखाइ कम हुँदै जान्छ । अन्यथा टन्कने र दुखिरहने हुन्छ ।

रोगको अवस्था के छ ?
नेपालमा यो रोगको अनुसन्धान भएको पाइँदैन । छिमेकी देश भारत र हाम्रो देशको रहन–सहन र खानपान एकैखालको भएकाले भारतमा गरिएको अनुसन्धानलाई आधार मानेर हेर्दा यो रोग एक लाख पुरुषमा १२.३ जना र एक लाख महिलामा ५.६ जनामा भएको पाइन्छ ।

कसरी लाग्छ ?
यो रोग दिसा गर्ने ठाउँको भित्रपट्टि हुने ग्रन्थिहरूमा संक्रमण भएका कारणले हुन्छ । त्यसैले भित्र भएको पिप एउटा बाटोबाट दिसा गर्ने ठाउँको भित्र खुल्दछ भने अर्काे बाटोबाट बाहिर खुल्दछ, यसलाई नै फिस्टुला भनिन्छ ।
लामो समयसम्म दिसा बस्नाले, लामो समयसम्म पखाला लागिरहनाले, दिसा कब्जियत हुनाले, दिसा गर्ने ठाउँवरपरको रौँ तानिएर दिसा गर्ने ठाउँको भित्र रहेका ग्रन्थिहरूमा संक्रमण भएका कारणले यो रोग लाग्छ । यो सामान्य रूपमा एक व्यक्तिमा एउटा हुने तर कसैकसैमा धेरै पनि हुने गरेको पाइन्छ । मानिसको दिसा गर्ने ठाउँको भित्रपट्टि ८ वटा ग्रन्थि हुन्छन्, जसको संक्रमण एकैपटक भयो भने ८ वटै फिस्टुला पनि आउन सक्छन् ।

जटिलताका अवस्था :
– ठूलो आन्द्राको रोग भएमा
– ठूलो आन्द्राको क्यान्सर भई पहिला नै रेडियोथेरापी लिएको अवस्थामा
– क्षयरोग लागेको अवस्थामा
– एचआइभी भएको अवस्थामा

कसरी थाहा पाउने ?
दिसा गर्ने ठाउँवरपर वा नजिकमा खटिरा आउँछ र अत्यन्त दुखाइ हुनुका साथै केही समयपछि खटिरा पाकेर गन्हाउने, पिप बग्ने हुन थाल्छ । पिप बगेपछि सञ्चो भएजस्तो त हुन्छ तर केही समयपछि फेरि पाक्ने र दुखाइ हुने निरन्तर भइरहन्छ । पछि पुरानो भएपछि पुरै भाग सुन्निएर आउँछ ।

रोग लागेमा के गर्ने ?
यो रोग लागिसकेपछि अरू रोगसँग अलग गर्न परीक्षण गर्नुपर्ने हुन्छ । यसका लागि सामान्य रूपमा हेरेर तथा प्रोटोस्कोपबाट हेरेर पनि केही कुरा थाहा पाउन सकिन्छ । यसको उपचारका लागि भित्रपट्टि कति माथि अर्काे प्वाल खुलेको छ भन्ने थाहा पाउनु जरुरी हुन्छ । कहिलेकाहीँ प्रोटोस्कोपबाट हेर्दै बाहिरको प्वालबाट औषधि पठाउँदा पनि भित्रको प्वाल देखिएन भने फिस्टुलोग्राम गर्नुपर्छ । कहिलेकाहीँ धेरै फिस्टुला भएको व्यक्तिमा क्षयरोग तथा क्यान्सर छ कि भनेर मासु काटेर बायोप्सी पनि गर्नुपर्ने हुन सक्छ ।
यो रोग औषधिले निको हुँदैन । यसलाई क्षारसूत्र विधिबाट उपचार गर्दा दोहोरिने सम्भावना रहँदैन र अरू जटिलता पनि आउँदैन । यो रोगका लागि सर्वाधिक गरिँदै आएको अप्रेसनमा १५ देखि १८ प्रतिशतमा दोहोरिने तथा दिसा रोक्न नसक्ने, दिसा खुस्कने समस्या देखिएको पाइन्छ । तर, क्षारसूत्रबाट उपचार गर्दा अहिलेसम्म त्यस्ता समस्या देखिएका छैनन् । यदि यो रोगको समयमै उपचार गरिएन भने क्यान्सर भई ज्यानकै खतरा पनि हुन सक्छ ।

कसरी बच्ने :
– दिसा कब्जियत हुन नदिने
– कनेर दिसा नगर्ने तथा लामो समयसम्म दिसा नबस्ने
– सरसफाइमा ध्यान दिने
– मसालेदार खानेकुरा तथा खुर्सानी, अदुवा, गरममसला, दूधचिया र कफी कम खाने, हरियो सागपात तथा फलफूल आवश्यक मात्रामा खाने
– शरीरलाई चाहिने मात्रामा पानी पिउने ।

फिसर :
सामान्य भाषामा धाँजा फाट्ने वा चिरिने समस्यालाई फिसर भनिन्छ । यो समस्या दिसा गर्ने ठाउँको आसपासमा भएमा यसलाई फिसर इन एनो (Fissure in Ano) भनिन्छ । त्यसैले दिसा गर्ने ठाउँमा बन्ने घाउ जुन बढी पीडादायक हुन्छ, त्यसलाई नै फिसर भनिन्छ ।

कसरी लाग्छ ?
दिसा कब्जियत नै फिसरको प्रमुख कारण हो । लामो समयसम्म दिसा रोकेर बस्ने अनि एकैपटक साह्रो दिसा गर्नाले यो रोग लाग्छ । पानीको कमी, खानामा सागपातको कमी, धेरै मात्रामा माछामासु तथा गेडागुडी सेवन गर्नाले पनि दिसा कब्जियत हुन गई यो रोग लाग्छ ।

रोग लाग्दा के हुन्छ ?
यो रोग लागेपछि दिसा गर्ने ठाउँमा घाउ बन्दछ जसबाट रगत बग्ने समस्या हुन्छ र दिसा गर्दा अत्यधिक पीडा हुन्छ भने केही समयपछि घाउको नजिकबाट सानो मासु पलाउने पनि हुन जान्छ ।

कसरी बच्ने ?
यो रोगबाट बच्न दिसा कब्जियत हुन दिनुहुँदैन । जसका लागि–
– नियमित हल्का व्यायाम गर्ने ।
– हरियो सागपात तथा पहेँला फलफूल प्रशस्त मात्रामा खाने ।
– प्रशस्त मात्रामा पानी पिउने ।

रोग लागेमा के गर्ने ?
– नरमखालका खानेकुरा खाने ।
– हरियो सागपात बढी मात्रामा खाने, पानी प्रशस्त पिउने गर्नुपर्छ ।
– दिसा पातलो गर्नेखालका औषधि आवश्यकताअनुसार सेवन गर्ने ।
– घाउ छिटो निको पार्नका लागि मलम लगाउने ।
– दुखाइ भएमा दिसा गर्नुअघि वा गरिसकेपछि आवश्यकताअनुसार मनतातो पानीमा दिसा गर्ने ठाउँ डुबाएर बस्ने ।
– यदि घाउनजिक मासु पलाएको छ

वैदिक अायुर्वेद अौषधालयका सेवाहरु:--दक्ष तथा अनुभवि अायुर्वेद चिकित्सक द्वारा दैनिक चेक जाँच।-नेपालका जडिबुटी बाट अाफ्नो...
07/01/2019

वैदिक अायुर्वेद अौषधालयका सेवाहरु:-
-दक्ष तथा अनुभवि अायुर्वेद चिकित्सक द्वारा दैनिक चेक जाँच।
-नेपालका जडिबुटी बाट अाफ्नो कम्पनीका द्वारा उत्पादित अौषधि सहितको फार्मेसी सेबा।
-दक्ष तथा अनुभवि क्षारसुत्र बिज्ञ द्वारा दैनिक क्षार सुत्र सेवा ।
-पंचकर्म सेवा ।
-ल्याब सेवा ।
-निशुल्क योग सेवा ।

के हजुरलाई  कुनै समस्या बाट पिडित हुनुहुन्छ ?कि राम्रो उपचारको खोजिमा हुनुहुन्छ ?कतै उपचार गर्दागर्दै निको नभएर निरास त ...
07/01/2019

के हजुरलाई कुनै समस्या बाट पिडित हुनुहुन्छ ?कि राम्रो उपचारको खोजिमा हुनुहुन्छ ?कतै उपचार गर्दागर्दै निको नभएर निरास त हुनुभएको छैन?अब चिन्ता नलिनुहोस्।हजुर हरुको शहर इटहरीमा नै सबै समस्याको समाधान को लागि अाएको छ वैदिक अायुर्वेद अौषधालय।
इटहरी शाखा:9845654392,025-580555
नारायणगढ :9855050934,056-571104
काठमाडौ शाखा:9851240934,01-4331898
बुटवल शाखा:9857059934
पोखरा शाखा:9855081914
स्याङ्जा शाखा:9855055530

वैदिक अायुर्वेदको बारेमा संक्षिप्त जानकारी बिगत ९बर्ष अगाडि चितबन बाटअाफ्नो सेवा बिस्तार गर्दै अाएको यस संस्थाले नारायणग...
07/01/2019

वैदिक अायुर्वेदको बारेमा संक्षिप्त जानकारी
बिगत ९बर्ष अगाडि चितबन बाटअाफ्नो सेवा बिस्तार गर्दै अाएको यस संस्थाले नारायणगढ ,काठमाडौ ,पोखरा,स्याङ्जा ,बुटवल को अपार सफलता पछि पुर्वको मुख्य सहर इटहरीमा अाफ्नो शाखा बिस्तार गरेको छ।
वैदिक अायुर्वेदमा विना अप्रेसन पाईल्स,फिसर,फिस्टुला तथा मृगौलाको पथरी मा सफलताका साथ उपचार गर्दै अाएको छ।त्यस्तै सम्पूर्ण हाडजोर्नी तथा नशाका समस्या ,पुरानो ग्याष्ट्रिक पेट सम्बन्धि सम्पूर्ण समस्या,कव्जियत,महिलाको सम्पूर्ण समस्या ,पिसाब सम्बन्धि समस्या ,दम तथ श्वासप्रश्वास सम्बन्धि तथा यौनजन्य सम्पूर्ण समस्याहरुमा सफलता को साथ उपचार हुने हुदा सम्पूर्ण बिरामी लाई सम्पर्क गर्न सक्नुहुनेछ।
इटहरी शाखा:9845654392,025-580555
नारायणगढ :9855050934,056-571104
काठमाडौ शाखा:9851240934,01-4331898
बुटवल शाखा:9857059934
पोखरा शाखा:9855081914
स्याङ्जा शाखा:9855055530

31/12/2018

Address

Halgada Chowk, Dharan Road
Ithari
00977

Telephone

9845654392

Website

Alerts

Be the first to know and let us send you an email when Baidik Ayurved posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram