Dr.saroj kushwaha

Dr.saroj kushwaha public relation

25/03/2026

भारतीय संसदमा राघव चड्डाले उठाएको यो कुरा विश्वभरको समस्या हो, यो सरासर दुरसन्चार कम्पनीले गरेको ठगी हो,यो बारे विश्वभर एउटा निति बन्नै पर्छ।

“सुरुमा आफ्नो बुबा–हजुरबुबालाई सोध, पहिले कुन इज्जत थियो?”“पहिले आफ्नो पुर्खासँग सोध, तपाईंहरूको इज्जत कस्तो थियो?“मधेसी...
24/03/2026

“सुरुमा आफ्नो बुबा–हजुरबुबालाई सोध, पहिले कुन इज्जत थियो?”
“पहिले आफ्नो पुर्खासँग सोध, तपाईंहरूको इज्जत कस्तो थियो?
“मधेसी दल माथि हास्नु पर्दैन
संघीयता, आरक्षण, समावेशी
को जननी हो मधेशवादी दल

“सुरुमा आफ्नो बुबा–हजुरबुबालाई सोध, पहिले कुन इज्जत थियो?” — यो केवल एउटा वाक्य होइन, पीडाले भरिएको इतिहासको आवाज हो। त्यो समय सम्झ, जब पहिचानको नाममा अपमान सहनु पर्थ्यो, जब अधिकार माग्नु नै अपराध जस्तो मानिन्थ्यो।

“पहिले आफ्नो पुर्खासँग सोध, तिमीहरूको इज्जत कस्तो थियो?” — किनकि उनीहरूले भोगेको अपमान, सहनु परेको अन्याय, र चुपचाप बगाएको आँसु आजको पुस्ताले कहिल्यै नदेखेको हुन सक्छ।

आज जसलाई हामी अधिकार, सम्मान र पहिचानको रूपमा लिइरहेका छौं, त्यो कसैको संघर्ष, बलिदान र अडानको परिणाम हो। त्यसैले “मधेसी दल माथि हास्नु पर्दैन” — किनकि ती दलहरू केवल राजनीति होइनन्, ती त आवाज हुन्, आन्दोलन हुन्, अधिकारको लडाइँका प्रतीक हुन्।

संघीयता, आरक्षण, समावेशीता — यी शब्दहरू कागजमा मात्र लेखिएका होइनन्, यी त हजारौं सपनाहरूको परिणाम हुन्। यी सबैको जरोमा मधेशवादी आन्दोलन र त्यसका योद्धाहरूको पसिना र पीडा मिसिएको छ।
त्यसैले, आलोचना गर्नु अघि एक पटक इतिहासलाई सोध — किनकि आजको इज्जत हिजोको संघर्षले बनाएको हो।

24/03/2026

#जयचंद_र_मीर_जाफरहरु_लागिको_यो_आहलादको_पल_होइन
ज्यूले #मधेसका युवाहरूलाई #अधिकार, #स्वाभिमान र #स्वराजको चेतना दिनुभएको छ। हजारौँ युवामा राजनीतिक जागरण ल्याउनुभएको छ। उहाँको #संघर्ष, #विचार र #जीवनशैलीले नयाँ पुस्तालाई प्रेरणा दिएको छ। त्यसैले धेरैका लागि उहाँ केवल व्यक्ति होइन, एक महान व्यक्तित्व र रोलमोडल हुनुहुन्छ।
राजनीतिमा सबैको आफ्नै #रोलमोडल हुन्छ। कोही पदका लागि राजनीति गर्छन्, कोही विचार र सिद्धान्तका लागि संघर्ष गर्छन्। हामीले उहाँको विचार, आदर्श र चरित्रलाई मार्गदर्शन मानेर अगाडि बढ्ने संकल्प गरेका छौं। आफ्ना सन्तानलाई पनि #स्वाभिमानी, #सचेत, #अधिकारका लागि लड्ने र #समाज_परिवर्तनको सपना बोकेको नागरिक बनाउन चाहन्छौं।
तर आज केही मानिसहरूले ज्यूले #संसदीय राजनीतिबाट राजीनामा दिएको निर्णयलाई लिएर उत्सव मनाइरहेका छन्, नाचिरहेका छन्, स्टाटस लेखिरहेका छन्। यस्तो मानसिकता देख्दा दुःख लाग्छ र दया पनि लाग्छ। किनकि उनीहरूले व्यक्तित्वको मूल्य बुझ्न सकेका छैनन्।
व्यक्ति सानो हुन सक्छ, तर व्यक्तित्व महान हुन्छ।
धेरै खुसी मनाउने कुनै कारण छैन। उहाँले केवल सांसद पदको चुनाव नलड्ने निर्णय व्यक्त गर्नुभएको हो। उहाँले न पार्टी छोड्नुभएको छ, न संघर्षबाट पछि हट्नुभएको छ।
#जनमतपार्टी अझै पनि आफ्नो स्थानमा #दृढतापूर्वक उभिएको छ। #विभेद, #भ्रष्टाचार र #शासकहरूको अन्याय विरुद्धको लडाइँ निरन्तर जारी रहनेछ। #न्याय, #समानता र #जनअधिकारको आन्दोलन कुनै एक पद वा कुर्सीमा निर्भर हुँदैन।
जो आज खुशी मनाइरहेका छन्, उनीहरूले बुझ्नुपर्छ—
#विचार र #आन्दोलन कुनै व्यक्तिको पदमा समाप्त हुँदैन।
#संघर्ष अझै बाँकी छ, #यात्रा अझै जारी छ।
Dr. CK Raut - सचिवालय
Er. Basant Kushwaha - सचिवालय

प्रधानमन्त्रीकाे के के हुन्छन सुविधा ।हेर्नुहोस ।
23/03/2026

प्रधानमन्त्रीकाे के के हुन्छन सुविधा ।
हेर्नुहोस ।

22/03/2026

जिल्ला कार्यकारिणी समिति/ पदाधिकारी चयन सम्बन्धमा🙏🏻यस समितिको प्रमुख काम आश्विनमा हुने महाधिवेशन पहिला नै ३ महिनाभित्र सबै वडा र पालिकाको नयाँ अधिवेशन गर्नु हुनेछ|📢📢📢

पार्टीले चुनाव जित्दा अध्यक्षहरूमा पलाउने घमण्डहरू :१) मेरो व्यक्तिगत क्षमताले जितायौँ।२) म भगवान नै हुँ।३) मेरा खानदान ...
21/03/2026

पार्टीले चुनाव जित्दा अध्यक्षहरूमा पलाउने घमण्डहरू :
१) मेरो व्यक्तिगत क्षमताले जितायौँ।
२) म भगवान नै हुँ।
३) मेरा खानदान र आसेपासे बाहेक सबै गद्दार हुन्।
४) म नभए यो पार्टी नै चल्दैन।
५) अब सबै कुरा मेरो लागि मात्र हुनुपर्छ।

पार्टीले चुनाव हारेपछि अध्यक्षहरूले गर्ने प्रपोगाण्डा :
१) “परिस्थितिले साथ दिएन” भन्दै भावनात्मक गफ।
२) पराजयको सम्पूर्ण जिम्मेवारी नेता–कार्यकर्तामाथि थोपर्ने।
३) राजनीतिबाट बैराग देखाउने नौटंकी गर्दै सोझासाझा कार्यकर्ताको भावना जित्ने प्रयास।
४) आफ्न्तसँग दूरी बढाएको देखाउने, आफ्ना कुकर्मबारे चर्चा सुरु हुनुभन्दा पहिले बहस अर्कैतिर मोड्ने।
५) फेरि घुमिफिरी नेतृत्व र सत्तामा रहिरहने दाउ खोज्ने।

यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावमा पराजयको जिम्मेवारी लिएर राजीनामा दिएको एउटा सकारात्मक घटना हो। लोकतान्त्रिक संगठनभित्र यस्तो अभ्यास हुनु पर्छ, जसले नेतृत्वमा सुधार, सचेतना, सजगता र परिवर्तनमा मद्दत गर्छ। यसले महाधिवेशनबाट योग्य व्यक्तिलाई अगाडि आउने बाटो पनि खोलिदिन्छ।

 #मधेस_विद्रोहको_अधुरो_विरासत_र_मधेशी_जेन_जीको_अन्यौलता....  ​मधेसको राजनीति आज दोबाटोमा उभिएको छ। नेपाली ‘ #संसद’ उपलब्...
18/03/2026

#मधेस_विद्रोहको_अधुरो_विरासत_र_मधेशी_जेन_जीको_अन्यौलता....


​मधेसको राजनीति आज दोबाटोमा उभिएको छ। नेपाली ‘ #संसद’ उपलब्धि भन्दा बढी एउटा ‘ #भुलभुलैया’ सावित भएको छ। २०६३-६४ को मधेस विद्रोहका बेला १० वर्ष उमेरका मधेशीहरू आज 'जेन-जी' ( ) का युवा भएका छन्। तर विडम्वना, उनीहरूको काँधमा मधेसको मुद्दा त आयो, तर त्यसको मर्म र गहिराइ आउन सकेन। मधेशले गरेको विद्रोह त देख्यो, तर त्यसको वास्तविकता बुझ्न सकेन।

#मधेस विद्रोहले उठाएका आधारभूत स्तम्भहरू— #आन्तरिक उपनिवेशवाद विरुद्धको लडाइँ, #स्वायत्तता, #समानुपातिक_समावेशिता, #मधेशी_सुरक्षा र #पूर्ण_स्वतन्त्रता—आज केवल राजनीतिक प्रतिवेदनमा सीमित भएका छन्। संसद्को रंगीन दुनियाँ र सत्ताको लुकामारीमा रमाएका नेताहरूले यी मुद्दाहरूलाई नयाँ पुस्तामा वैचारिक रूपमा हस्तान्तरण गर्नै सकेनन्। विद्रोह ताका १० वर्ष उमेर रहेका मधेशीहरूमा त्यस विद्रोहको गहिराई देखाउन सकेनन्।
कार्यकर्तालाई ' #सिपाही' त बनाइयो, तर उनलाई ' #वैचारिक_योद्धा' बनाउन चुक्यो।

​पटक-पटकको सत्ता लिप्सा, सरकार परिवर्तनको फोहोरी खेल र संस्थागत भ्रष्टाचारले आजको मधेसी युवामा चरम ‘ #फ्रस्ट्रेसन’ (Frustration) पैदा भयो। जसका कारण: ​वास्तविक मुद्दाहरू ओझेलमा पर्न गयो। र हाम्रा ​नयाँ मधेशी पुस्ता वैकल्पिक भनिएका तर आधारहीन नारा र उपनिवेशकारहरूको पछाडि लट्ठिन बाध्य बन्यो।

​आजका मधेसी युवाहरू जो भ्रमपूर्ण राजनीतिको नशामा लट्ठिएको देखियो, त्यो उनीहरूको सन्तुष्टि थिएन, बरु नेतृत्वप्रतिको अविश्वास थियो। तर इतिहास साक्षी छ— जब-जब युवा पुस्तामा पहिचान र अस्तित्वको रिक्तता महसुस हुनेछ, तब फेरी तिनमा विद्रोहको नयाँ रूप जन्मिनेछ।
​"आज लट्ठिएका युवाहरू पुनः भोलिका विद्रोही बन्नेछन्। वर्तमान सत्ता, सरकार र संसद्ले जब अधिकारको घाउमा नुन छर्किने छन्, तब शान्त देखिएको मधेसले फेरि आफ्नो हिसाब माग्न उठने नै छ।"

मधेशी समस्याहरूको समाधान दिने वर्तमान नेताजीहरूलाई मधेशी जनताले बोलाएर आएका होइनन्। अचेत मधेशीहरूमा नेता बोलाउने क्षमता नै थिएन, आजपनि छैन्। चेत खुलेका र मधेशलाई बुझेका नेताहरू ती अचेत मधेशीहरूको हक, अधिकार दिलाउन र अस्तित्वको सुरक्षा दिन स्वयंको कर्तव्यवोधले नै आएका हुन्। त्यसैले मैदान छोड़ने कुरा कुनै सचेत नेताले गर्नु आफ्नो कर्तव्यबोधबाट बिमुख हुनु हो। #स्वयंसेवाबाट_विचलित र #फ्रस्ट्रेट हुनु हो। जनताको अचेत मनबाट आक्रोशित हुनु हो। धैर्यतालाई मधेशी जनताले एकदिन फेरी बुझ्ने नै छन्। किनकी,

"संसदले मधेसलाई थकाउन खोजेको हो, तर मधेस अझै थकेको को छैन!"
धन्यवाद!

दुनियाले चाहे जे भनोस् - प्रतिनिधिसभा निर्वाचन २०८२ केवल एक सरकारी कर्म काण्ड हो, चुनाव हुँदै होइन । यो चुनाव २०७० को चु...
18/03/2026

दुनियाले चाहे जे भनोस् - प्रतिनिधिसभा निर्वाचन २०८२ केवल एक सरकारी कर्म काण्ड हो, चुनाव हुँदै होइन । यो चुनाव २०७० को चुनावको पुनरावृति हो । यसलाई २०७० को सुधारिएको (Reformed) मत लूट भन्दा कुनै अतिशयोक्ति हुँदैन। यसका मजबूत आधार, प्रमाण र प्रश्नहरु :

१. विद्रोहका रहस्यमय पात्र, योजना, घटना, पैसा, संस्था, हत्या, क्षति र आगजनी।

२. #नेतृत्व र जिम्मेवारीविहीन ZenZ आन्दोलन। मूल ZenZ युवाहरू प्राय: गौण किन?

३. लिखित पोशाकधारी र थुप्रै विदेशी संस्था र उसका पात्रहरुको चर्तिकला बेमिशाल ।

४. #अन्ध्यारो कोठाबाट #प्रधानमंत्रीको नाम प्रस्तावित । को प्रयोग असमान्य।

५. #शहीद र तिनका परिवारहरु उचित श्रद्धांजली, समवेदना र सान्त्वना समेतबाट बहिष्कृत/तिरस्कृत किन गरिए?

६. आगो बलिरहँदा पनि सेना #मौन र #किन्कर्तव्यविमूढ़ किन?

७. काठमाण्डौ महानगरपालिकाको दमकल आगो निभाउन जिम्मेवार किन भएन?

८. गलत कागजी प्रमाण देखाउँदै रबि लामिछाने जेलबाट बाहिर के उद्देश्यका लागि आए वा ल्याइएका थिए ?

९. ZenZ हुँदै नभएको पात्रलाई उसको आन्दोलनको बड़ेमानको नेता कसले बनायो?

१०. ZenZ को माग विपरीत चुनावको घोषणा कुन आधारमा तय गरियो?

११. होलीको ठीक भोलिपल्ट होलीमा नशामा लट्ठीएका मतदातालाई मत खसाल्न लगाउनु कस्तो वैज्ञानिकता र कुन आतुरता थियो?

१२. #एक #करोड़, #उन्नानस्सी #लाख, #सतहत्तर #हजार #सात #सय #एघार मतदाताका लागि #चार #करोड़ #मतपत्र छापिनु पछाड़ीको रहस्य के? बाँकी दुई करोड़ + मतपत्र कहाँ छन्?

१३. जनताको चुनाव भनिंदा जन-चुनावमा #जनपद प्रहरी हुँदा हुँदै नेपाली #सेनालाई शक्तिशाली ज़िम्मेवारी किन दिइयो?

१४. चुनावलाई चुनौती दिने शक्ति विप्लव समेत चुनावमा रही रहँदा र दुर्गा प्रसाईलाई सरकारले नियंत्रणमा लिइसकेको अवस्था समेतमा म्यादी र नेपाल प्रहरी सशक्त रहँदा पनि नेपाली सेनाको प्रयोग गरी अधिकांश मतदान स्थलहरुबाट उठाइएका मतपेटिकासँग पार्टी र पोलिंग एजेंटहरुलाई मतगणना स्थलहरुमा किन सँगै जान दिइएन?

१५. मतपेटिकाका सम्पूर्ण मत पत्रहरु एउटै सुन्दर तरीकाले फोल्ड (पट्टयाइएका) गरिएका थिए। मधेशका अधिकांश अशिक्षित, असाक्षर, सोझा सादा मतदाताबाट के त्यो तरीका संभव छ?

(मैले आफै जलेश्वरको जिल्ला समन्वय समितिको मतगणना कक्षमा त्यसको विरोध गरेको छु। मतगणना समेत दुई तीन घण्टा रोकिएको थियो।)

१६. मतपेटिकाका सिलबन्द नम्बरको अस्तव्यस्तताले के संकेत गर्छ?

१७. जुन उम्मेदवारको नाम समेत जनताले सुन्न चाहँदैनथे, उनको भोट अप्रत्यासित कसरी भयो?

१८. आफ्नो निर्वाचन क्षेत्र समेतमा घुम्दै नघुमेका उम्मेदवारहरुले त्यत्रो विशाल मत कहाँबाट कसरी पाए ?

२०. धनुषा क्षेत्र नं.१ का कमल किशोर साह ज़ी को उम्मीदवारी नै खारेज भई सकेको अवस्थामा उनी उम्मेदवार नहुँदै उनलाई सो क्षेत्रमा त्यत्रो भोट किन र कसरी दिइयो ? कसले दिए? मतदातामा होलीको नशा छंदै थियो कि...?

२१. सर्वोच्च अदालतले कमल किशोर साहलाई क्लीन चिट दिई सक्दा पनि उनलाई सांसद बनाउन भोट खोज्दा सुनिए अनुसार मतपेटिका नै नभेटिएको कुरा छ। बक्सा आखिर दुई चार दिनभित्र नै गयो कहाँ?

गाउँ बस्तीहरूमा मतदाता नभएका नानी बाबुहरु १००% घंटी घंटी चिच्याउँथे। तर वास्तविक मतदाता सबै त्यस्ता थिएनन्।

आश्चर्यको कुरा त के थियो भने मतदाता नरहेका प्राय: #बच्चाहरुले..... ले त #हामी #सबैलाई #ठण्डा, #आइसक्रीम र #खाजा खर्चा दिएका छन्। तपाईले पनि दिनुपर्छ भन्थे। हाम्रो बच्चा समेतलाई बिगार्ने काम कुनै राजनीतिक दललाई दिनु पर्छ र?

#नोट : युद्धको चपेटामा पारिएका देशका नागरिकलाई यस विषम परिस्थितिमा बिना कुनै ठोस तर्क त्यस देशको नागरिकलाई नेपाल आउन रोक लगाउन सही रणनीति हो?

यति हुँदा हुँदै पनि बालेन साह प्रति हाम्रो आशा र भरोसा सहित अगाध शुभकामना...!
Copied by Kailash Mahato

किरा मार्ने आशामा हिरा गुमायो मधेशले… 💔🙄हामीले कहिले आफ्नै शक्ति चिनेनौँ, कहिले आफ्नै हिरा गुमायौँ। मधेशको माटोले धेरै ब...
17/03/2026

किरा मार्ने आशामा हिरा गुमायो मधेशले… 💔🙄

हामीले कहिले आफ्नै शक्ति चिनेनौँ, कहिले आफ्नै हिरा गुमायौँ। मधेशको माटोले धेरै बलिदान दिएको छ, तर अझै अधिकारको खोजी अधुरो छ।
डा. सिके राउतज्यू, तपाईंमाथि मधेशका जनताको ठूलो आशा छ। यो समय पछि हट्ने होइन, अझ दृढ भएर अगाडि बढ्ने हो। भाग्ने होइन, संघर्षलाई अझ बलियो बनाउने हो।
मधेशको आवाज अझै दबिएको छ, त्यसलाई बुलन्द बनाउने जिम्मा तपाईँकै काँधमा छ।
हामीलाई नेतृत्व चाहिएको छ, हिम्मत चाहिएको छ, र निरन्तर संघर्ष चाहिएको छ। मधेशको अधिकारको लडाइँ अधुरो छ — कृपया यसलाई बीचमै नछोड्नुहोस्।

आदरणीय डा सीके राउतज्यूले संसदीय राजनीतिबाट सन्यास लिने निर्णय गर्नुभएको खबरले हामी जस्ता हजारौं कार्यकर्ताको मनलाई गहिर...
16/03/2026

आदरणीय डा सीके राउतज्यूले संसदीय राजनीतिबाट सन्यास लिने निर्णय गर्नुभएको खबरले हामी जस्ता हजारौं कार्यकर्ताको मनलाई गहिरो रूपमा छोएको छ। यो खबरले आज केवल हामी कार्यकर्तामात्र होइन, सायद ती सहिदहरूको आत्मा पनि भावुक भएको होला,जसको बलिदानलाई डा. राउतज्यूले संसदको मञ्चबाट सम्मान दिलाउने काम गर्नुभयो। वर्षौंदेखि उपेक्षित ती सहिदहरूको बलिदानलाई राज्यले औपचारिक रूपमा स्वीकारोस् भन्ने आवाज उहाँले निर्भीक भएर उठाउनुभयो। सहिदहरूको सम्मान, मधेशको पीडा र मधेशी जनताको अधिकारलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने काम उहाँकै नेतृत्वमा सम्भव भएको हो।
यही कारणले आज उहाँले संसदीय राजनीतिबाट विश्राम लिने निर्णय गर्नुभएको खबरले हामी सबैको मन अत्यन्त भावुक बनेको छ। तर त्यही क्षण उहाँप्रति अझ गहिरो सम्मान र गर्वको भावना पनि पैदा भएको छ।
राजनीतिमा पद, सत्ता र प्रतिष्ठाको मोह त्यागेर देश र मधेशको दीर्घकालीन भविष्यका लागि सोच्ने नेतृत्व साँच्चै विरलै पाइन्छ। डा. राउतज्यू त्यस्ता दूरदर्शी, त्यागी र सिद्धान्तमा अडिग नेता हुनुहुन्छ, जसले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सदैव देश, मधेश र मधेशी जनताको अधिकार, सम्मान र समृद्धिको लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभएको छ।
संसद जस्तो महत्वपूर्ण मञ्चबाट उहाँको अनुपस्थिति हामी कार्यकर्ताहरूका लागि निश्चय नै पीडादायी क्षण हो। किनकि उहाँ संसदमा हुनुहुन्थ्यो भने मधेशको आवाज अझ बलियो, स्पष्ट र निर्भीक रूपमा गुञ्जिने थियो भन्ने विश्वास हामी सबैमा थियो। तर आज एउटा पीडादायी प्रश्न पनि मनमा उठिरहेको छ,सायद हामीले उहाँको महत्व, उहाँको दृष्टि र उहाँले बोकेको संघर्षको गहिराइलाई समयमै पूर्ण रूपमा बुझ्न सकेनौं कि ?
कहिलेकाहीँ इतिहासले पनि यस्ता नेतृत्वलाई पछि फर्केर मात्र सही मूल्याङ्कन गर्छ। सम्भवतः डा. राउतज्यू जस्तो दूरदर्शी नेतृत्वको महत्व हामीले आजभन्दा पनि धेरै भोलिका दिनहरूमा महसुस गर्नेछौं।
तर साँचो नेतृत्व पद र कुर्सीले होइन, विचार, त्याग र संघर्षले चिनिन्छ भन्ने कुरा डा. राउतज्यूले फेरि एकपटक प्रमाणित गर्नुभएको छ। आज उहाँले संसदीय राजनीतिबाट विश्राम लिनुभएको भए पनि मधेश, मधेशी र उत्पीडित समुदायको अधिकारका लागि उहाँको संघर्ष कहिल्यै रोकिने छैन भन्ने हाम्रो पूर्ण विश्वास छ।
अब उहाँ पार्टी संगठनलाई अझ सुदृढ बनाउँदै जनताको अधिकारको आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने अभियानमा झन् मजबुत रूपमा अघि बढ्नुहुनेछ।
हामी जस्ता साधारण कार्यकर्ताहरूका लागि डा. राउतज्यू जस्तो त्यागी, दूरदर्शी र साहसी नेतृत्वसँग रहेर काम गर्न पाउनु आफैंमा गर्वको विषय हो। उहाँको मार्गदर्शन, विचार र संघर्षले हामीलाई सधैं प्रेरित गरिरहनेछ।
आज मनभित्र एउटा पीडा त अवश्य छ, तर त्यही पीडाभित्र एउटा गहिरो गर्व पनि छ कि हामीले यस्तो नेतृत्वको साथ पाएका छौं, जसले पदभन्दा ठूलो विचार र स्वार्थभन्दा ठूलो संघर्ष रोज्नुभएको छ।
Dr. CK Raut - सचिवालय

Dr. CK Raut को घोषणा —अब चुनाव होइन, संघर्ष !मन्त्रीको लोभ छैन,माननीयको कुर्सी चाहिएको छैन।मधेशको अधिकार बेचेर संसद छिर्...
16/03/2026

Dr. CK Raut को घोषणा —
अब चुनाव होइन, संघर्ष !
मन्त्रीको लोभ छैन,
माननीयको कुर्सी चाहिएको छैन।
मधेशको अधिकार बेचेर संसद छिर्ने राजनीति अब बन्द !
✊ कुर्सी होइन — क्रान्ति चाहिन्छ !
✊ पद होइन — अधिकार चाहिन्छ !
✊ संघर्ष अझै बाँकी छ ! 🚩
👉 “कुर्सी त्यागियो, संघर्ष रोजियो!” 🔥
Dr. CK Raut - सचिवालय

Address

Bhangaha
Janakpur
12345

Website

Alerts

Be the first to know and let us send you an email when Dr.saroj kushwaha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr.saroj kushwaha:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category