Guddu yadav

Guddu yadav Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Guddu yadav, Medical Lab, Janakpur.

23/07/2024

कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा लिएर छात्रवृत्ति प्रदान गर्ने कार्यलाई हामीले दोस्रो वर्ष पनि निरन्तरता दिएका छौँ। २०८१ साल साउन ४ गते शुक्रबार भएको छात्रवृत्ति वितरण परीक्षाको नतिजा आज प्रकाशन गरिएको छ। उच्चतम अङ्क आउनेलाई सबैभन्दा पहिलो योग्यताक्रमानुसार र बराबर अङ्क भएमा SEE को GPA, विषयगत रुपमा गणित, विज्ञान, अंग्रेजी, सामान्यज्ञानमा प्राप्त गरेको अङ्क र सोपनि बराबर भएमा उमेरका आधारमा कनिष्टलाई योग्यताक्रममा अघि राख्ने निर्णय गरिएको छ।

प्रकाशित भएको छात्रवृत्ति नतिजा अनुसार कायम योग्यता सूचीमा नाम समावेश नभएको वा नाम समावेश भएको तर योग्यता सूची उपर चित्त नबुझेका परीक्षार्थीले अनुसूची ३ बमोजिमको फाराम भरी महानगरपालिकामा पुनर्योग वा दाबीविरोधका लागि आवश्यक प्रमाणसहित अनलाइन मार्फत निवेदन दिनुपर्नेछ। आजको मितिबाट पुनर्योग एवं दाबीविरोधका लागि ३ दिन, अर्थात् २०८१ साल साउन १० गते बिहिवारसम्म तोकिएको छ।

छात्रवृत्ति वितरण परीक्षा र परीक्षार्थीहरूले अनलाइनमार्फत छानेका शिक्षण संस्थाहरूका योग्यता एवं प्राथमिकताका आधारमा भर्ना हुनका लागि परीक्षार्थीलाई २०८१ साल साउन १३ गते शिक्षण संस्थाहरू सिफारिस गरिनेछ।

योग्यता एवं प्राथमिकताका आधारमा छात्रवृत्ति प्राप्त गर्न प्रतीक्षामा रहेका विद्यार्थीहरूलाई छात्रवृत्ति कोटा खाली रहेका विद्यालयहरूमा पुन: म्याचिङ गर्ने अवसर दिइनेछ। यस्तो पुन: म्याचिङ गर्दा एउटा विषय समूहमा आवेदन दिएको परीक्षार्थीले अर्को विषय समुहमा पनि शिक्षण संस्था रोज्न पाउनेछ। पुन: म्याचिङ गर्ने समय पछि प्रकाशन गरिनेछ।

22/08/2023

Address

Janakpur

Telephone

+9779815826124

Website

Alerts

Be the first to know and let us send you an email when Guddu yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category