नेपालबाट औषधि पठाउने आयुर्वेदिक

  • Home
  • Nepal
  • Jhapa District
  • नेपालबाट औषधि पठाउने आयुर्वेदिक

नेपालबाट औषधि पठाउने आयुर्वेदिक This is pure Ayurvedic treatment.

04/02/2022

बिदेशमा हुनुहुनेले औसधि मगाउन सक्नु हुने छ ।

27/11/2021
We have Himalayan herbs available.
04/10/2020

We have Himalayan herbs available.

We have Himalayan herbs available.
17/01/2020

We have Himalayan herbs available.

बाथ रोग ।बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ। बाथ रोग धेरै प्र...
26/08/2019

बाथ रोग ।

बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ। बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन्। तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुनिनु हो।

सयभन्दा बढी प्रकारका बाथ रोगहरूमध्ये गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस सबैभन्दा धेरै देखिने बाथ हो। गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ। यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिए तापनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ।
लक्षणहरूः
हातखुट्टाका जोर्नीहरू दुख्ने, सुनिने तथा बिहानीपख अररो हुने यसका प्रमुख लक्षण हुन्। यति मात्र नभई यसले ज्वरो आउने, आलस्य हुने, चाँडै थाक्ने तथा गल्नेजस्ता लक्षण पनि देखाउन सक्छ साथै जोर्नी मात्र नभई यस रोगले शरीरका विभिन्न अंगमा असर देखाउन सक्छ। छालामा निको नहुने घाउ आउने, आँखा रातो हुने तथा दुख्ने, फोक्सो जाली पर्ने र स्वाँस्वाँ आउने, फोक्सोबाहिर पानी जम्ने यसका अरू लक्षण हुन्।

कारणः बाथ रोग हुनमा कुनै एक मात्र कारण देखिएको छैन। यो वंशाणुगत पनि हुन्छ साथै वातावरण प्रदूषण तथा चुरोटको धूवाँले यस्तो बाथलाई बढाउने देखिन्छ। यस्तोखाले बाथमा गेडागुडी, दाल वा माछामासु खाएर केही फरक पर्दैन। बासी, चिसो हावापानी तथा चुरोटको धूवाँबाट भने सकभर बच्नुपर्छ।

कसरी पत्ता लगाउनेः बिरामीले देखाउने लक्षण र जोर्नीहरूको जाँच गर्नेबित्तिकै धेरैजसोको रोग पत्ता लाग्छ। कहिलेकाहीँ बाथ रोग कति कडा छ वा कुन प्रकारको बाथ हो भन्ने बुझ्न भने रगत परीक्षण तथा एक्सरेको सहायता लिनुपर्ने हुन्छ। धेरै पुरानो रोग तथा औंलाहरू बाङ्गो भइसकेपछि बाथको पहिचान गर्न गाह्रो पर्दैन तर यस्तो अवस्थामा बाथको उपचार पनि पूरा हुन सक्दैन। तसर्थ बाथ रोगको पहिचान रोग लागेको ३ महिनादेखि १ वर्षभित्र गर्न सक्नुपर्छ।

गठिया बाथको उपचार

औषधिः बाथ रोगको उपचार सबैभन्दा प्रभावशाली तब हुन्छ जब यसको सही पहिचान पहिले नै गर्न सकिन्छ। जोर्नीमा बिगार सुरु भएपछि उपचार कठिन हुन सक्छ। बाथ रोगको उपचारमा दुई प्रकारको औषधिको प्रमुख भूमिका रहन्छः

(क) नदुख्ने औषधि तथा स्टेरोइडः यी औषधिले बाथको दुखाइ तथा सुन्निनेबाट चाँडै आराम दिलाउँछ। उपचारको सुरुवातमा यस्ता दबाइको प्रयोग गर्नुपर्ने हुन्छ। तर केवल नदुख्ने दबाइ अथवा स्टेरोइडको प्रयोग गर्नाले नकारात्मक असर भने पर्न सक्छ। यस्ता दबाइ सधैं सकेसम्म कम मात्रामा तथा सधैं बाथ रोक्ने औषधिसँग मिलाएर प्रयोग गर्नुपर्छ। प्रेड्निसोलोन मेड्रोल, डेक्सोना नामक दबाइ स्टेरोइड औषधिहरू हुन्।

(ख) बाथ रोक्ने औषधिः यसप्रकारका दबाइले बाथ रोगका असर तथा यसले जोर्नी खराब गर्ने क्रमलाई रोक्ने गर्छ। यी दबाइहरूले बिस्तारै मात्र काम गर्छन् र उपचारको सुरुवातमा यिनीहरूलाई धेरैजसो स्टेरोइडका साथमा दिइन्छ। यी औषधिहरू कडा हुने हुनाले यसको सेवनपश्चात बेलाबेलामा रगत जाँच गराउनुपर्ने हुन्छ। मेथोट्रेक्सेट लैफ्नोनामाइड, सल्फासालाजिन आदि औषधि यसका उदाहरण हुन्। नयाँ एकदम असरदार तर एकदम महँगो दबाइ (जस्तैः रिडक्सिभ्याव) अब नेपालमा पनि पाउन थालेको छ।

व्यायामः सही व्यायामले जोर्नी अररो हुने र बांगिनबाट रोक्न मद्दत गर्छ साथै बांगिई नसकेको जोर्नीलाई कुशल रूपमा प्रयोगमा ल्याउन पनि व्यायामको आवश्यकता पर्छ।

शल्यक्रियाः बांगिसकेको र बिगि्रसकेको जोर्नी भने औषधिले पनि ठीक हुँदैन। यस्ता जोर्नीको शल्यक्रियाद्वारा उपचार गरिन्छ। यस्तो शल्यक्रिया हाडजोर्नी रोगविशेषज्ञले गर्छन्।

दुखाइरहित जीवन र समयमै जोर्नीको बचाउ गरेर कुजिएको जीवन आउन नदिनु नै बाथ रोग उपचारको प्रमुख लक्ष्य हो। साथै, हानिकारक नदुख्ने दबाइको प्रयोगबाट रोक्न पनि यस्तो रोगको उपचार लक्ष्य हुन सक्छ।

धेरैलाई सताउने पाइल्स, फिस्टुला र फिसर के हो?पाइल्स, फिस्टुला र फिसर यी रोगहरुसँग प्रायः मानिसहरु परिचित हुन्छन्। किनकि ...
26/08/2019

धेरैलाई सताउने पाइल्स, फिस्टुला र फिसर के हो?

पाइल्स, फिस्टुला र फिसर यी रोगहरुसँग प्रायः मानिसहरु परिचित हुन्छन्। किनकि धेरै मान्छेले आफू स्वयं, परिवारका सदस्य, साथीभाइ वा छर–छिमेकमा कोही न कोही यो रोगबाट आक्रान्त भएको देखेकै हुन्छन्। अझ सहरी परिवेश, अहितकर खानपान र अव्यवस्थित 18ले यो रोग बढ्दो छ।

यी तीनवटै रोग मलद्वारसम्बन्धी रोग हुन्। हुन त धेरै मानिस यी सबैलाई पाइल्स भन्दै झुक्किरहेका पनि हुन्छन्। तर यी तीन रोगमा भिन्नता छ। आयुर्वेदमा पाइल्स वा हेमोरहोइडलाई अर्स, फिस्टुला–इन–एनोलाई भंगन्दर र फिसर–इन–एनोलाई परिकर्तिका भनिन्छ।

विभिन्न कारणले यी रोग हुने भए तापनि कब्जियत अर्थात् दिसा कडा हुनु नै यसका मुख्य कारण हुन्। रोग बल्झिने र निको नहुने कारण पनि यही हो। आम मानिसमा यी रोगसम्बन्धी व्यापक भ्रम, डर र जानकारीको कमी देखिन्छ। मानिसहरुले मलद्वारमा केही पनि समस्या हुँदा पाइल्स, क्यान्सर भयो भन्दै अस्पताल धाउँदै गरेका भेटिन्छन्।

मलद्वारभित्र र वरिपरि रक्तसिराहरु हुन्छन्। यी रक्तसिराहरु सुन्निने, मासु पलाएझैं ठूलो हुने समस्यालाई अर्स अर्थात् पाइल्स भनिन्छ। यो भित्री र बाहिरी गरी दुई प्रकारको हुन्छ। मलद्वारभित्र हुने अर्समा दिसा कडा हुँदा घाउ भई दुखाइरहित मलद्वारबाट रगत जाने हुन्छ। ठूलो हुदै जाँदा दिसा बस्दा त्यो मासु बाहिर आउने, सुरुसुरुमा आफैं भित्र जाने, पछिपछि औंलाले धकेल्नुपर्ने वा बाहिर नै बसीराख्ने पनि हुन्छ। बाहिरी अर्स÷पाइल्स भने मलद्वार वरिपरिका सिराहरु सुन्निएर हुने गर्दछ।

भगन्दर अर्थात् फिस्टुला–इन–एनो भनेको दुई मुख भएको बाटो जस्तो हो, जसको भित्री मुख मलद्वार भित्र वा पक्वासयमा हुन्छ भने बाहिरी मुख मलद्वारको बाहिरी भागमा हुन्छ। पटकपटक संक्रमण भई बाहिरी मुखबाट पिप, रगत, दिसा आदि आउने हुन्छ। संक्रमण हुँदा अत्यन्त कष्टकर हुने र पिप निस्किसकेपछि केही दिन आराम हुने हुन्छ। तर पछि फेरि संक्रमण भई यो प्रक्रिया लगातार चलिरहने हुन्छ।

परिकर्तिका अर्थात् फिसर–इन–एनो भनेको दिसा कडा भई निस्किँदा मलद्वारको छाला च्यातिनु हो। यसमा अत्यन्त पीडा हुनुका साथै जलन, चिलाउने, दिसामा धर्को जस्तो रगत देखिने हुन्छ। यस्तो धेरै लामो समयसम्म भइरहँदा त्यहाँ मासु पनि पलाउने हुन्छ, जसलाई सेंटिनल टैग भनिन्छ।

नेपालको मौलिक चिकित्सा पद्धतिका रूपमा रहेको आयुर्वेद चिकित्सामा यी रोगहरुको अत्यन्त प्रभावकारी, सरल, सस्तो, भरपर्दो र उपद्रवरहित उपचार उपलब्ध छ। पेट सफा राख्ने, दिसा नरम, खुलस्त र नियमित बनाउने जड़ीबुटीयुक्त औषधिहरु एकदम प्रभावकारी र दुष्प्रभाव (साइडइफेक्ट) रहित छन्।

त्यस्तै स्नेहन, स्वेदन, लेप, विरेचन, वस्ति, घृत, लेप आदिको पनि प्रयोग गरिन्छ। आवश्यक परे शस्त्र कर्मअन्तर्गत क्षारसूत्र विधिको प्रयोग अर्स, भंगन्दर र परिकर्तिकाको सेंटिनल टैगमा गरिन्छ। रोगीलाई पूरै बेहोस गर्नु नपर्ने, घाउ कम हुने, कम दिन अस्पताल भर्ना भई बस्नुपर्ने, कम समयसम्म औषधि खानुपर्ने, फेरि बल्झिने वा रोग पुनः हुने अवस्था अत्यन्त न्यून हुने भएकाले आजकल यो विधि एकदम प्रचलित छ।

स्वस्थ मानिसलाई स्वस्थ राख्ने र रोगीको रोग समन गर्ने यी दुई मुख्य उद्देश्य रहेको आयुर्वेदमा हरेक रोगको उपचारमा कारण परित्याग प्रथम चिकित्सा सूत्र विधान रहेको छ। तसर्थ रोगको मुख्य कारणका रुपमा रहेको कब्जियत हटाउने उपाय गर्नुका साथै मलद्वारको सरसफाइमा विशेष ध्यानदिनु पर्छ।

विशेषगरी माछा, मासु, अण्डा, जाँडरक्सी, चुरोट, मर मसला, गुरु भोजनको अत्यधिक सेवनका कारण कब्जियत हुन सक्छ। त्यसैले कब्जियत गराउने यी खानेकुराका साथै मरिच, अदुवा, खुर्सानी, चिल्लो पिरो, मैदा परिकारहरु जस्तै मम, चाउमिन, बिस्कुट, दही, केरा, पिंडालु, अनार, चिउरा, कालो दाल, सुपारी, पान, बाहिरी खानेकुरा, तैलीय पदार्थ, चिसो पेय पदार्थ, चिया कफी आदिको सेवन नगर्ने वा गर्नै परे एकदम कम मात्रामा गर्नुपर्छ।

त्यस्तै प्रशस्त पानी, झोलपदार्थ, हरियो सागपात, सलाद (काँक्रो, मुला, गाजर आदि), आटाको रोटी, रहर, मुँगको दाल, तररहित दूध, फलफूल आदि सेवन गर्नुपर्छ। कदाचित कब्जियत भइहाले त्रिफला चूर्ण, पंचसकार चूर्ण, त्रिवृत्त चूर्ण, अभयारिस्ट आदि औषधिको प्रयोग अल्प समयसम्म गर्न सकिन्छ। केही समस्या भए चिकित्सकलाई देखाई अरु औषधि–उपचार गराउनुपर्छ।

26/08/2019
के तपाइलाई अमिलो पानी आउने, पेट फुल्लिने, छाती पोल्ने त गर्दैन ?हामीमध्ये धेरैलाई पेट फुल्लिने, अमिलो पानी आउने, खाना नर...
24/08/2019

के तपाइलाई अमिलो पानी आउने, पेट फुल्लिने, छाती पोल्ने त गर्दैन ?

हामीमध्ये धेरैलाई पेट फुल्लिने, अमिलो पानी आउने, खाना नरुच्ने हुनसक्छ । अझ यस्तो अवस्थामा बेचैनी हुने, कहिलेकाहिँ डर लाग्ने, आत्तिने, छाती पोलिने जस्तो पनि हुनसक्छ । यस्तो हुँदा हामीलाई मुटुको रोग पो लाग्यो कि अथवा अरु केही पो भयो कि भनेर डर लाग्छ । समस्या बढ्दै गएपछि मानिसहरुमा निराशा छाउने, उदासी छाउने अवस्था पनि देखिन्छ । वास्तवमा यो समस्या धेरैमा हुन्छ तर यो सबैको कारण भने एउटै हुन्छ । चिकित्साको भाषामा यसलाई अम्लपित्त अथवा एसिडिटी भनिन्छ ।
के हो त एसिडिटी, आउनुस् थाहा पाऔं ।

एक किसिमको ग्यास्ट्रिक ग्ल्यान्डले खाना पचाउनका लागि ग्यास्टिक रस निष्कासन गर्छ तर सो रस बढी निष्कासन भयो वा अन्य कुनै कारणले पेटमा बढी एसिड जम्मा भयो भने एसिडिटी (अम्लपित्त) को समस्या देखा पर्छ ।

एसिडिटीको लक्षण

पेट, छाती र घाँटीमा जलन हुनु ।

अमिलो डकार आउनु । कहिलेकाहीँ उल्टी हुनु ।

मुखमा अमिलो र तीतो पानी आउनु ।

अपच हुनु । कहिले कब्जियत त कहिले पखाला लाग्नु ।

शरीर तातो हुनु ।

भोक कम लाग्नु वा बढी लाग्नु ।

टाउको–जीउ दुख्नु, हातखुट्टा पोल्नु ।

चक्कर लाग्नु

बेचैनी, चिन्ता, क्रोध तथा चिडचिडेपन बढ्नु ।

राम्रोसँग निद्रा नपर्नु, थकाइ लाग्नु ।

अनेक डरलाग्दा सपना देख्नु ।

यदि पेटको एसिड माथि भोजननलीतिर आउन थाल्यो भने ग्यास्ट्रोइसोफेजिअल रिफ्लेक्स डिजिज (जीईआरडी) हुन्छ । यस रोगको प्रमुख लक्षण भनेको छाती पोल्नु र मुखमा अमिलो वा तीतो पानी आउनु हो । अधिकांश नेपालीले एसिडिटीलाई सामान्यरुपमा लिन्छन् । तर एसिडिटीको समयमै उचित उपचार नभएको खण्डमा इसोफेजेटिज, ग्यास्ट्राइटिज, पेप्टिक अल्सर, ग्यास्ट्रिक तथा इसोफेजियल क्यान्सर हुने सम्भावना हुन्छ ।
आहार–विहार र घरेलु उपचार

खाली पेटमा चिया–कफी पिउनाले धेरै मानिसलाई एसिडिटीको समस्या देखा पर्छ । त्यसैले बिहान उठ्नेबित्तिकै खाली पेटमा चियाको सट्टा एक–दुई गिलास पानी पिउनुपर्छ । पानी एसिडलाई साम्य पार्ने एक महत्त्वपूर्ण पेयपदार्थ हो । त्यसैले दिनभरिमा २ लिटर जति पानी पिउने बानी बसाल्नुपर्छ । त्यस्तै नरिवल–पानीको सेवन पनि एसिडिटीका लागि निकै उत्तम मानिन्छ ।

एसिडिटीको समस्याका लागि एलोप्याथिक चिकित्सकले एन्टाएसिड जस्तै– एसिलग प्रेस्क्राइब्ड गर्ने गर्छन् भने आयुर्वेदिक चिकित्सकले अविपत्तिकर चूर्ण तथा सुतशेखर रस आदि प्रेस्क्राइब्ड गर्ने गर्छन् । तर आहारविहार (लाइफ स्टाइल)लाई ठीक नगरीकन औषधिले मात्र एसिडिटीबाट छुटकारा प्राप्त गर्न गाह्रो हुन्छ । किनभने औषधिले पेटमा बढेको एसिड कम गर्छ । तर एसिड बढी पैदा हुने कारणलाई ठीक गर्न सक्दैन । त्यसैले एसिडिटीबाट मुक्ति प्राप्त गर्न पेटमा बढी एसिड पैदा हुने कारणलाई नै ठीक गर्नुपर्छ ।

सुरुवातको अवस्थामा आहारविहार ठीक राखी घरेलु औषधि गर्ने हो भने एसिडिटी ठीक हुन सक्छ । एसिडिटीमा लाभ गर्ने अनेक घरेलु औषधिहरु छन् । यहाँ बताइएअनुसार ती घरेलु औषधि उपयोग गरेमा लाभ पाउन सकिन्छ । जीरा र धनियाँको धूलोलाई पानीमा हालेर उमाल्ने र चिसो भएपछि छानेर पिउनाले एसिडिटीमा लाभ गर्छ ।

खाने सोडा २५ ग्राम, बिरेनून २५ ग्राम, निम्बु सत १२ ग्राम तथा त्रिफला ३०० ग्राम सबैलाई राम्रोसँग पिसेर चूर्ण बनाई एउटा शिशीमा राख्नुपर्छ । अनि प्रत्येक बेलुका एक गिलास पानीमा एक ठूलो चम्चा सो चूर्ण भिजाएर भोलिपल्ट बिहान छानेर पिउने गर्नुपर्छ । केही दिनमै लाभ भएको महसुस गर्न सकिन्छ ।

बिहान–बिहान आधा गिलास दूधमा आधा गिलास पानी र एक चम्चा जति मिश्री मिलाएर बनाएको लस्सी पिउने गर्दा एसिडिटीको समस्यामा फाइदा गर्छ । एक चम्चा अमलाको रस, एक चौथाइ चम्चा भुटेर कुटेको जीराको धूलो, आधा चम्चा धनियाँको धूलो तथा अलिकति मिश्री मिलाएर दिनको एक पटक खानापछि खाने गर्नु अति राम्रो मानिन्छ ।

सानो हर्रो घिउमा भुटेर राख्ने र खानापछि २ वटा ल्वाङ, आधा चम्चा सौफ र अलिकति मिश्री चुसेर खाने अनि एउटा हर्रो सुपारी चेपेझैँ मुखमा चेप्ने गरेमा पनि एसिडिटीको समस्या न्यून गर्न सकिन्छ ।

नोट - बिदेशमा हुने नेपालीले औसधि चाहिएमा सिधा सम्पर्क ९८४२६४९०१८ , ९८०७९७०५०८ मा गर्नु होला।

🌱🍄शुद्द नेपालको आयुर्वेदिक औषधी प्रयोग गरौ स्वस्थ बनौ 🎋यदी तपाईं विदेशमा हुनुहुन्छ र विभिन रोग बाट ग्रसित हुनुहुन्छ भने ...
22/08/2019

🌱🍄शुद्द नेपालको आयुर्वेदिक औषधी प्रयोग गरौ स्वस्थ बनौ 🎋
यदी तपाईं विदेशमा हुनुहुन्छ र विभिन रोग बाट ग्रसित हुनुहुन्छ भने संपर्क गर्नुहोला
🍀ग्यास्ट्रिक
🍀पायल्स
🍀बाथ
🍀महिलाको समस्या
🍀पेट सम्बन्धी कुनै पनि समस्या
🍀जोड्नी दुख्ने

अर्डर गर्नको लागि मेसेज गर्नुहोला तथा सिधै कल गर्नु होला
संपर्क
VIBER | IMO Whats App: 📱9842649018 |📱9807970508

Address

Jhapa District
023

Telephone

+9779842649018

Website

Alerts

Be the first to know and let us send you an email when नेपालबाट औषधि पठाउने आयुर्वेदिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to नेपालबाट औषधि पठाउने आयुर्वेदिक:

Share

Category