
12/04/2025
शिक्षकले उठाएको मागमा मन्त्रिपरिषद् र शिक्षा मन्त्रालयले गर्न सक्ने निर्णय गर्न सरकार तयार भएको खबर छ । शिक्षकले उठाएका २४ मागमध्ये केही माग शिक्षा मन्त्रालयले र केही मन्त्रीपरिषद्को निर्णयले पूरा गर्न सकिने खालका छन्।
शिक्षकको मर्यादाक्रमको विषय, तलब र ग्रेडको विषय, शिक्षाको अस्पताल तथा उपचारको सवालका विषय शिक्षा मन्त्रालय र मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन हुनसक्छ ।
Pic. Shree Krishna Acharya