Medical Story Nepal

Medical Story Nepal सेवा नै धर्म हो 🙏 Welcome to official page of MSN 🇳🇵 💊 📖
(4)

Gold has been a Fascinating,intriguing as well deceptive-element.From Mythological lores of Karnas golden kundal and kaw...
29/04/2026

Gold has been a Fascinating,intriguing as well deceptive-element.
From Mythological lores of Karnas golden kundal and kawach to Newtons madness of Alchemy.
Lets learn importance of gold in medicine.

Dated in late 1800s Robert Koch unsuccessfully tried gold for treatment of Tuberculosis. Gold revived its significance during era of DMARDS, where gold did the job relatively well yet had toxicities like bone marrow suppression and nephropathy . Same fate in Oncology did job well as an anticancer therapy but had limited superiority due to same hazards. Did utterly well yet not celebrated. Then comes the nano medicine era of gold from targeted drug deliveries, genetic modification and genetics ? Epigenetic factor, heavily researched for anti-inflammatory properties. Used as diagnostics too, from kits to contrast agents. Today gold is being thought as a breakthrough point in research of schizophrenia. All of these with minimal toxicity.
Our government has introduced Swarna Bindu Prashan
I have some questions from the concerned authorities?
1. Has this been a completely white project where refinery, quality, dosage accuracy, authentic preparation were used or it’s just for another fat earning money ?
2. What are our further plans of detecting toxicities, screening them and treating them early if present ?
3. Have we made a proper paperless authentic documentation of everyone being used as subject?
4. If all these don’t come in your bag, dont bother further
If done with clean purpose!
This should be held up as an imminent research !
We can track every children and follow up with them every 3 monthly if possible. We can document everything, weight, developmental milestones and blood reports as indicated. We follow them up them upto 35 yrs of age. We then use current incidence and prevalence of today’s population in framework of that age. We can have a significant data either proving no use of this gold initiated early in preventions of any of those claimed diseases, or we can find gold if introduced early, consider like other vaccines, like epigenetic regulators of Gene expressions, prominent genetic influence in anti inflammatory actions. Any reduction in cases of anxiety, BPAD, ADHD, even schizophrenia. All of those could be tracked with every 3 monthly assessment even via video call and called up for if suggestive of any symptoms of any likelihood toxicities. Tough job thinking in. NEPAL ? but should be done.

If you know any such authority ? Be it a program member of this campaign, ask my questions to them !!

-Dr Mayank Mishra

Kuch dekha ? nahi nahi kuch nahi dekha 🙄
29/04/2026

Kuch dekha ?
nahi nahi kuch nahi dekha 🙄

29/04/2026

भेरी अस्पतालका चिकित्सकलाई ज्यान मार्ने धम्कि दिने एक जना पक्राउ ।
अर्काको खोजी कार्य जारी ।

Notice from Bheri Hospital
29/04/2026

Notice from Bheri Hospital

अस्पतालमा जथाभाबी भिडियो खिच्नेलाई कडा कारबाहीको चेतावनी! 🚨चितवन। अस्पतालभित्र अनुमतिबिना फोटो र भिडियो खिच्नेहरू अब प्र...
29/04/2026

अस्पतालमा जथाभाबी भिडियो खिच्नेलाई कडा कारबाहीको चेतावनी! 🚨

चितवन।
अस्पतालभित्र अनुमतिबिना फोटो र भिडियो खिच्नेहरू अब प्रशासनको निशानामा पर्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै अस्पताल परिसरमा जथाभाबी क्यामेरा चलाउनेलाई कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

बिरामीको गोपनीयता हनन भएको र उपचारमा खटिएका चिकित्सकको काममा अवरोध पुगेको जनगुनासो आएपछि प्रशासनले यस्तो कडा कदम चालेको हो। अब अस्पताल प्रशासनको अनुमतिबिना दृश्य कैद गरेमा सिधै कानूनी कारबाही हुनेछ।

सावधान: अस्पताल सेवा लिने ठाउँ हो, ‘कन्टेन्ट’ बनाउने रमिता गर्ने थलो होइन!

29/04/2026

पहिला ER, MO ,Junior Drs सम्म मात्र सिमित Virus अहिले OPD,Ward, DM ,Senior Drs हुदै MeSu सम्म पुगिसक्यो|
बेलैमा निदान नगरे माहामारी आउने पक्का छ !!

बिहानदेखि  बिरामी हेरेपछि पनि म अझै Opd  थिएँ।�लाइन टुटेको, पालो मिचिएको, को अगाडि जाने भन्ने बहस यति ठूलो थियो कि बिराम...
28/04/2026

बिहानदेखि बिरामी हेरेपछि पनि म अझै Opd थिएँ।�लाइन टुटेको, पालो मिचिएको, को अगाडि जाने भन्ने बहस यति ठूलो थियो कि बिरामीको आवाज सुन्नै गाह्रो भयो।
हामीले एउटा बिरामीलाई हेर्दा केवल रिपोर्ट मात्र हेर्दैनौं, उसको पीडा, उसको डर, उसको आशा पनि बुझ्न खोजिरहेका हुन्छौं। तर जब अस्पतालभित्र नै होहल्ला, असहयोग र असम्मान हुन्छ, त्यो उपचार प्रक्रियामै बाधा बन्छ।
आज एक जना बिरामी, जसको prescription EMR मा अघिल्लो डाक्टरले हाल्न छुटेको थियो, उहाँ लाइन मिचेर भित्र आउन खोज्नुभयो।�मैले सबैको समयको सम्मान गर्दै पालो पर्खन अनुरोध गरेँ।�तर त्यसको जवाफ आयो—“म यस्तो डाक्टरलाई देखाउँदिन।” मैले पछि थाहा पाएँ कि त्यो बिरामी अस्पतालबाट करिब ३ मिनेट पैदल दूरीमा रहेको एउटा डेन्टल clinic को owner रहेछन्।
सायद उहाँलाई थाहा थिएन, त्यो क्षणमा म केवल डाक्टर मात्र थिइनँ .. म ७.५ महिनाको बच्चाको आमा पनि हुँ,�जो बिहानदेखि आफ्नी छोरीलाई छोडेर यहाँ OPD मा छु।
बीचको १ घण्टा घर जाँदा, आफ्नै छोरीले मलाई हेरेर आउन खोजीनन्… त्यो पीडा शब्दमा भन्न सकिँदैन।�तर पनि म फर्किएँ, किनकि मेरो कर्तव्य बिरामीप्रति छ।
Doctor को लागी बिरामी बराबर हुन्—धनी, गरिब, शहर वा गाउँका।�तर दुखको कुरा के छ भने, धेरैजसो ग्रामीण क्षेत्रका बिरामीहरूमा देखिने धैर्यता र सम्मान, शहरका मानिसहरूमा हराउँदै गएको छ।
अस्पताल सेवा स्थल हो, प्रतिस्पर्धा गर्ने ठाउँ होइन।
डाक्टरहरू पनि मानिस नै हुन् थाक्छन्, दुख्छन्, तर पनि सेवा दिन रोक्दैनन्।
हामी सेवा दिन यहाँ छौं, सहन मात्र होइन।
सम्मान र सहकार्य भएमा मात्रै स्वास्थ्य सेवा प्रभावकारी हुन्छ।
डाक्टरलाई होइन, आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्। र त्यो सम्भव हुन्छ
जब तपाईं पनि जिम्मेवार बिरामी बन्नुहुन्छ।

डाक्टर हुनु केवल पेशा होइन , यो निरन्तर जिम्मेवारी, धैर्यता र त्यागको यात्रा हो।
तर जब बिरामीको अत्यधिक चाप र नागरिक चेतनाको अभाव एकैसाथ आउँछ, तब काम गर्नु मात्र होइन, मानवता जोगाउनु पनि चुनौती बन्छ।

दिनभर दर्जनौँ होइन, दर्जनौँभन्दा बढी बिरामीहरू हेर्दा प्रत्येकलाई समय, ध्यान र सहानुभूति दिन चाहन्छौं।
तर लाइन मिच्ने, पालो नमान्ने, अनावश्यक होहल्ला गर्ने, र अरूको अधिकार नबुझ्ने व्यवहारले उपचार प्रक्रियालाई कमजोर बनाउँछ।
स्वास्थ्य सेवा राम्रो बनाउन हामी मात्र होइन, तपाईं पनि जिम्मेवार हुनु जरुरी छ।
सचेत बिरामी नै सफल उपचारको पहिलो आधार हो।
-Dr Bipana KC

आज हिजो सुनेको , भेरी अस्पतालमा भएको घटना त सबैलाई अवगत नै छ।यसै फेसबुक स्क्रोल गर्दै जाँदा त्यही सम्बन्धित धेरै पोस्ट आ...
28/04/2026

आज हिजो सुनेको , भेरी अस्पतालमा भएको घटना त सबैलाई अवगत नै छ।
यसै फेसबुक स्क्रोल गर्दै जाँदा त्यही सम्बन्धित धेरै पोस्ट आए र त्यसमा मान्छेले गरेको प्रतिक्रिया र टिप्पणी हेर्दै थिएँ। ती पढ्दा साँच्चिकै ५.५–६ वर्ष लगाएर पढेर, यति धेरै मेहनत गरेर, दिनरात ER, OPD, ward duty गरेर, घरपरिवारभन्दा टाढा भएर, यस्ता मानसिकता भएका मान्छेको सेवा गरिरहेको रहेछु भन्ने महसुस भयो।
अझ यो uncle को टिप्पणी पढ्दा त मन खिन्न भएको छ।
साच्चिकै यही दिनका लागि यति धेरै मेहनत गरेको हो हामीले?
म त अहिले एउटा मेडिकल अफिसर हुँ, मेरो लागि बाटो अझै धेरै लामो छ।
यस्तो देखेर त के पढेँ, अगाडि continue गरूँ कि नगरूँ भन्ने भइरहेको छ

नेपाल मेडिकल एसोसिएसन (NMA), नेपाल मेडिकल काउन्सिल (NMC), वरिष्ठ चिकित्सकज्यूहरू तथा सम्बन्धित निकायहरूसँग विनम्र तर दृढ आग्रह l
अब मौन बस्ने समय सकिएको छ। चिकित्सकको सुरक्षा, सम्मान र पेशागत अधिकारको रक्षा गर्न स्पष्ट धारणा, कडा कदम र प्रभावकारी नीति आवश्यक छ।
हामी दिनरात सेवा दिन्छौं, अत्यधिक कार्यघण्टा काम गर्छौं, सीमित स्रोतसाधनमा जिम्मेवारी बहन गर्छौं, तर बदलामा असुरक्षा, अपमान र धम्की पाउनु अत्यन्त पीडादायक छ। यस्ता घटना दिनप्रतिदिन बढ्दै जानु स्वास्थ्य प्रणालीकै लागि खतरा हो।
आज आवाज नउठाए भोलि धेरै ढिलो हुन सक्छ।
डाक्टरको सुरक्षा भनेको बिरामीको सुरक्षा पनि हो।
अब एकजुट भएर बोल्ने समय आएको छ।


-DSON

28/04/2026

जीवनको ९ वर्ष कठोर अध्ययनमा बितायो।
अनगिन्ती कठिन परीक्षा दियो।
दिनरात संघर्ष गरेर मेडिकल करियर बनायो।

आफ्नो युवावस्था, परिवारसँग बिताउने समय, आफ्ना इच्छा र चाहना सबै सम्झौतामा राख्यो।
दशैं, तिहार, पारिवारिक खुसी र दुःखका क्षणहरूमा पनि ड्युटीमै बस्यो।
अरूको जीवन बचाउन सधैं तयार रह्यो।

तर आज पनि एक डाक्टरलाई महिनाको रु ५०,००० मा तनावपूर्ण वातावरणमा काम गराइन्छ।
चार जनाको परिवार पाल्नुपर्ने, आफ्नै आवश्यकता थामेर बाँच्नुपर्ने अवस्था छ।

मास्टर्स सकेपछि पनि काउन्सिल परीक्षा पास नगरेसम्म “डाक्टर” भनेर लेख्न नपाइने कडा व्यवस्था छ।
करियर जहिले पनि जोखिममा छ।

जसले आफ्नो जीवन अरूको जीवन बचाउन समर्पित गर्‍यो,
उसको जीवनको मूल्य कहिले बुझिने?
उसको संघर्षको सम्मान कहिले गरिने?

सोचौं...
डाक्टर पनि मानिस हो।
उसलाई पनि सम्मान, सुरक्षा र न्यायपूर्ण जीवन चाहिन्छ।cp M

ALERT: Gorkha Kalika Hospital (Palungtar) Scandal 🚨​Healthcare workers are being cheated! Staff at Gorkha Kalika Hospita...
28/04/2026

ALERT: Gorkha Kalika Hospital (Palungtar) Scandal 🚨

​Healthcare workers are being cheated! Staff at Gorkha Kalika Hospital haven’t been paid for months. Now, owner is reportedly trying to manipulate calculations to avoid paying what is owed.

​❌ DO NOT APPLY FOR JOBS HERE.

❌ DO NOT TRUST THEIR MANAGEMENT.

​Protect your time and your hard-earned money. Stand in solidarity with the unpaid staff! ✊



via Inbox

म एक सामान्य चिकित्सक हुँ।अस्पतालमा बिरामीसँग सजिलै रिसाउने खालको मान्छे पनि होइन म।किन रिसाउँला र? उहाँहरू कति विश्वास ...
28/04/2026

म एक सामान्य चिकित्सक हुँ।
अस्पतालमा बिरामीसँग सजिलै रिसाउने खालको मान्छे पनि होइन म।
किन रिसाउँला र? उहाँहरू कति विश्वास गरेर, आशा लिएर आउनुभएको हुन्छ।
तर म पनि मान्छे नै हुँ।
थकान, दबाब, रातभरको ड्युटी, आकस्मिक केसहरू ,यी सबैले मनमा असर त पार्छ। रिस उठ्न सक्छ। तर त्यसलाई मुस्कानले ढाकेर, फेरि नम्र भएर कुरा गर्ने प्रयास गर्छु। किनकि म आफूलाई बिरामी वा आफन्तको ठाउँमा राखेर सोच्छु उहाँहरू पनि आफ्नै पीडा, डर र तनाव बोकेर आउनुभएको हुन्छ।
दिनमा ३०–५० जना ओपिडी बिरामी हेर्ने,
राति २–३ बजे आकस्मिक केस पर्दा उठेर जाने,
बिहान धेरै जसो खाना नखाई ओपीडीमा बेलुका ५ बजेसम्म बस्ने —
रिस उठे पनि, थकान भए पनि, बिरामीलाई उही मुस्कानसहित हेर्ने।
यो सजिलो छैन। तर यो नै हाम्रो जिम्मेवारी हो, यो नै हाम्रो सेवा हो।

तर एउटा कुरा भन्नु छ।
जसरी स्वास्थ्यकर्मीले मुस्कानसहित सेवा दिनुपर्छ,
त्यसरी नै बिरामी र आफन्तले पनि मुस्कानसहित सेवा लिनुपर्छ।
किनभने —मुस्कानले तनाव घटाउँछ,सहकार्यले उपचार छिटो बनाउँछ र सम्मानले डाक्टरको निर्णय क्षमता तिखार्छ

अचम्मको कुरा कोही बिरामी अस्पताल छिर्नुअघि नै आक्रामक भएर आउनुहुन्छ।
कोही सानो कुरामा माथिबाट फोन लगाएर दबाब दिनुहुन्छ ,जबकि त्यही सेवा अरू बिरामीले शान्तिसाथ पाइरहनुभएको हुन्छ।आक्रामक व्यवहारले उपचारमा बाधा पुग्छ।
शान्त र सकारात्मक व्यवहारले उपचार नै सहज बनाउँछ।

त्यसैले एउटा सानो आग्रह
स्वास्थ्यकर्मीहरू पनि थाक्छन्, उनीहरू पनि मान्छे नै हुन्।

बिरामी र आफन्तहरू पनि पीडामा हुन्छन्, उनीहरूको व्यवहारमा त्यो देखिन्छ।
दुवैले एकअर्कालाई अलि बुझिदिऊँ।
सम्मान, धैर्यता र सहकार्यले मात्रै राम्रो उपचार सम्भव छ।
र ” मुस्कान” त्यो सबैभन्दा सस्तो, तर सबैभन्दा प्रभावकारी औषधि हो।
-डा सन्दिप केसी

🚨 ब्रेकिङ: राजनीतिक नियुक्तिका पदाधिकारीलाई अध्यादेशमार्फत एकैपटक हटाउने सरकारको अन्तिम तयारी!प्रधानमन्त्री बालेन्द्र शा...
28/04/2026

🚨 ब्रेकिङ: राजनीतिक नियुक्तिका पदाधिकारीलाई अध्यादेशमार्फत एकैपटक हटाउने सरकारको अन्तिम तयारी!

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सरकारी अस्पताल, विकास समिति, काउन्सिल, प्रतिष्ठान स्वास्थ्य क्षेत्रका विभिन्न अन्य निकायमा दलीय भागबन्डाका आधारमा नियुक्त भएका पदाधिकारीहरूलाई अध्यादेशमार्फत एकमुष्ट पदमुक्त गर्ने ऐतिहासिक तयारी गरेको छ।

तपाईँको विचारमा स्वास्थ्य संस्थामा हुने राजनीतिक नियुक्तिको अन्त्यले सरकारी सेवाको गुणस्तर सुधार होला? आफ्नो राय कमेन्ट गर्नुहोस्। 👇

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Medical Story Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Medical Story Nepal:

Share