04/09/2021
नाक कान घाँटी मा हुने अलर्जि को केही लक्षणहरू र उपचार:
लक्षण:
👃:- लगातार हांछिउ आउने,
नाक बाट पानी जस्तो बग्ने,
नाक बन्द हुने।
👂:- कान चिलाउने, कराउने।
🧣:- घाँटी चिलाउने/खसखस गर्ने,
सुख्खा खोकी लाग्ने,
नाक पछाडि घाँटी मा खकार जम्ने।
👁️ :- आंखा रातो हुने, चिलाउने, रसाउने।
उपचार:
Allergy case मा allergen (अलर्जि गराउने बस्तु) बाट टाढा जोगिएर बस्नु नै उत्तम उपाय हो। तथापि यसो गर्न नसकेमा सुई(injection) वा खाने वा स्प्रे औषधि प्रयोग गनुपर्ने हुन्छ।सुई सबै ठाउँमा उपलब्ध हुदैन, भए पनि महंगो र आधि भन्दा अलि बढी मा मात्र फाइदा भएको पाइन्छ। खाने औषधि (cetrizin, levocetirizin, fexofenadin) अलर्जि भएको बेला सेवन गर्ने, नभएको बेला सेवन बन्द गर्ने। यदि अलर्जि लगातार दिनदिनै भएको छ वा खाने औषधि काम नगरेमा Nasal spray (steroid) केही हप्ता को लागि प्रयोग गरि बन्द गर्ने र फेरि भएमा पुनः केही दिन प्रयोग गरि बन्द गर्न सकिन्छ।
🔯 बिस्तृत जानकारी को लागि तल कमेन्ट गर्नु होला।