
04/10/2023
आधुनिक विज्ञान र अकुपन्चर
आधुनिक विज्ञानका अनुसार अकुपन्चरका ६ वटा प्रभाव छन् ।
एनाल्जेसिक्स इफेक्ट : अकुपन्चर गर्दा प्राकृतिक पेन किलर रिलिज हुन्छ । जसले गर्दा शरीरमा हुने सबै किसिमको दुखाइजन्य समस्या कम गर्छ ।
सिडेक्टिभ इफेक्ट : दिमागले तरंगहरु निकाल्छ । त्यो तरंगलाई अकुपन्चरले सन्तुलन गरिदिन्छ । जसले गर्दा एन्जाइटी, डिप्रेसन लगायत विभिन्न मानिसक समस्यामा मद्दत गर्छ ।
इम्युनो इनह्यान्सिन इफेक्ट : अकुपन्चरको निश्चित केही बिन्दुमा घोच्दा शरीरमा राेग प्रतिरोध क्षमता सन्तुलन हुन्छ । यसले प्राकृतिक रुपमा राेग प्रतिरोध क्षमता बढाउँछ ।
होमोस्ट्याटिक ब्यालेन्स : यसले स्नायुप्रणालीमा हुने पारासिमप्याथेटिक र सिमप्याथेटिक प्रवाहलाई सन्तुलन गर्छ । जसले गर्दा मुटुको हार्ट रेट, पल्स र शरीरमा उत्पादन हुने हार्मोन रिलिजलाई समेत सन्तुलन गर्छ ।
मोटर रिकभरी : प्यारालाइसिस भएका व्यक्तिमा यस उपचार विधिले दिमागको चलेको भागलाई बायो फिडब्याक मेकानिजममार्फत दिमागको अर्को भागलाई ट्रेनिङ गरेर निको बनाउन मद्दत पुग्छ ।
साइकोलोजिकल इफेक्ट : ब्रेनमा हुने नियुरो रसायनहरुलाई सन्तुलन गर्छ । पार्किन्सन, उपचारमा प्रभावकारी छन् ।
बिरामीको अवस्था अनुसार अकुपन्चरसँगै अकुप्रेसर र फिजियोथेरापी गर्दा झनै प्रभावकारी र छिटो नतिजा निस्किन्छ ।