12/11/2025
𝐄𝐚𝐫𝐝𝐫𝐮𝐦 𝐏𝐞𝐫𝐟𝐨𝐫𝐚𝐭𝐢𝐨𝐧
छिद्रित वा फुटेको जाली भनेको, बाहिरी कान र मध्य कान छुट्याउने पातलो तन्तु (𝒕𝒚𝒎𝒑𝒂𝒏𝒊𝒄 𝒎𝒆𝒎𝒃𝒓𝒂𝒏𝒆)मा भएको प्वाल वा छेड् भनि बुझिन्छ। बाहिरी कान हुदै आउने ध्वनि तरंगले कानको जाली कम्पन गराउँछ र आवाजलाई मध्य कान हुदै भित्रि कानसम्म प्रबाह गर्दछ।
कानको जाली नाजुक हुन्छ र प्रायः मध्य कानको संक्रमण(𝒐𝒕𝒊𝒕𝒊𝒔 𝒎𝒆𝒅𝒊𝒂)ले गर्दा छिद्रित हुन सक्छ, तर अन्य आघातहरूबाट पनि छिद्रित हुन्छ, जस्तै:
✔ ब्यारोट्राउमा (Barotrauma): वायुमण्डलीय दबाव (Atmospheric Pressure)परिवर्तनको कारणले हुने आघात (हवाईजहाज उडान वा स्कुबा डाईभिगं)।
✔ बाहिरी तत्वहरू: कटन बड वा टुथपिक जस्ता वस्तुले कान कोट्याउँदा।
✔ ध्वनिक आघात: अचानक ठूलो वा विस्फोटको आवाजले कानको जाली फुट्न सक्छ।
✔ कानको आघात: कानमा चोटपटक, थप्पड लाग्दा, जाली फुट्न सक्छ।
✔ टाउकोमा चोटपटक लाग्दा, कानको जालीमा असर पर्न सक्छ।
छिद्रित कानको पर्दाले श्रवणशक्ति गुमाउन / श्रवण ह्रास हुन सक्छ र मध्य कानलाई पनि संक्रमणको जोखिममा पार्न सक्छ।
एक्कासी फुटेको जाली, संक्रमण नभएको अवस्थामा सामान्यतया केही हप्ता भित्र निको हुने सम्भावना छ। तर यदि पुरानो छ भने, यो शल्यक्रिया द्वारा मर्मत गर्नुपर्ने आवश्यक हुन्छ।
कानको जालीको शल्यक्रियालाई 𝐓𝐲𝐦𝐩𝐚𝐧𝐨𝐩𝐥𝐚𝐬𝐭𝐲 (𝐌𝐲𝐫𝐢𝐧𝐠𝐨𝐩𝐥𝐚𝐬𝐭𝐲) भनिन्छ। यस शल्यक्रियामा, जालीको प्वाल/छेड मर्मत गर्न तपाईंको आफ्नै कान वरपरका तन्तुको प्रयोग गरिन्छ। वयस्कहरूमा, यो शल्यक्रिया सामान्यतया local anesthesia (कान लठ्याउने) अन्तर्गत डे केयरको आधारमा गरिन्छ, र अन्यथा संकेत नभएमा , तपाईं सोही दिन घर जान सक्नुहुन्छ।
#कानकोजाली #कानकोउपचार #सुनाइसमस्या #कानकोशल्यक्रिया