05/07/2025
🙏 लीला पाण्डेको ज्यान बचाउन तपाईंको सानो सहयोग पनि अमूल्य हुनेछ 🙏
(ब्लड क्यान्सरसँग संघर्ष गरिरहेकी लीलाको उपचारमा साथ दिऔँ)
तानसेन नगरपालीका-१४, अर्गली निवासी बुबा अनन्त प्रसाद पाण्डे र आमा भिमा पाण्डेकी काइली छोरी लीला पाण्डेलाई ज्वरो,ज्यान दुख्ने र अचानक एकदमै कमजोरी सहितको स्वास्थ्य समस्या देखिएपछी मिति २०८२/०२/१२ गते कृमसन अस्पताल बुटवलमा जाच गरिसकेपछी रगतको मात्रा एकदमै घटेको पाइयो।
त्यहा ६ पोका रगत चढाएर केही सुरुवाती उपचार गरि डाक्टरहरुले कुनै ठुलो रोगपनी हुनसक्छ थप जाच र उपचारको लागि टीचिङ्ग अस्पताल, काठमाण्डौ जानू भनी सल्लाह सहित रेफर गर्नुभयो र मिति २०८२/०२/१३ गते हवाइ मार्ग बाट इमर्जन्सी काठमाण्डौ लगियो र अवस्था एकदमै कमजोर रहेकोले टीचिङ्ग अस्पतालमा ICU मा भर्ना गरियो र बिचमा भेण्टीलेटरमा सम्म राखेर उपचार भयो ।
मिति २०८२/०२/१४ गते रगत सम्बन्धी विशेषज्ञ डाक्टरहरुले हेरिसकेपछी केही ब्लड क्यान्सर सम्बन्धी जाँच गर्नुपर्छ भन्नुभयो टीचिङ अस्पतालमा केहि जाचहरु गरियो, केही थप जाँच भारतको दिल्ली पठाउनुपर्ने रहेछ । भारतको जाचको रिपोर्ट २२ दिन पछि आयो र सबै जाचको रीपोर्टको आधारमा ब्लड क्यान्सर रोग एकिन भै हाल टीचिङ अस्पताल,महाराजगन्ज,काठमाण्डौमा ब्लड क्यान्सर रोगको केमोथेरापी बिधिबाट उपचार भैरहेको छ र निरन्तर रगत चढाउन परिरहेको छ। डाक्टरहरुका अनुसार अवस्था केहि सुधारात्मक हुँदै गएतापनी यसको उपचार लामो समयसम्म ( करिब २-३ बर्ष) को हुनेछ।डाक्टरहरुको भनाइ अनुसार उपचारका लागि भारत सम्म पनि लैजानुपर्ने बताउनु भएको छ ।
लीलालाइ यो जटील रोगबाट उपचार गरेर बचाउन लिलाको आफ्नो परिवारको प्रयासले मात्र उपचार सम्भव नदेखिएकोले हामी सबै आफन्त, इष्ट्मित्र हरुको साथ र सहयोगको आवस्यकता परेको छ ।
कृपया आफुले सक्दो आर्थिक सहयोग गरिदिनुहोला ।
सहयोग तल राखिएको लिला पाण्डेको आफ्नै बैंक खातामा जम्मा गरिदिनुहुन अनुरोध छ!