
20/09/2024
नमस्कार ।
यो भन्दा अघिल्लो पोष्टमा मैले नवजात शिशु हरूमा जन्मजात मलद्वार नभएको र जन्मिएको एक दुई दिनमै शल्यक्रिया गरि मलद्वार बनाईएको बारे जानकारी गराएको थिएँ।
आज म जन्मदै एकदमै सानो मलद्वार भएका बच्चा हरू जसमा समस्या ढिलो थाहा हुने - सधैं कब्जियत हुने , दिशा मसिनो धागो जस्तो गर्ने, पेट फुल्दै जाने, पेटमा दिशा जमेर डाल्ला पर्ने, वजन नबढ्ने इत्यादि लक्ष्यण पछि मात्र हस्पिटल ल्याएर जाँच्दा थाहा हुने बारे जानकारी गराउँदै छु।
म सुदूरपश्चिम धनगढी आए पछि मात्रै एक वर्षमा पाँच जना त्यस्ता बच्चा हरूको सफल शल्यक्रिया गरिसकेको छु।
मलद्वार बनाईसकेपछि त्यसलाई फेरि बन्द / साँघुरो हुन नदिन शल्यक्रिया पछि मलद्वार खुकुलो पार्ने - एनल डाइलेटेशन, टॉयलेट ट्रेनिंग र खान पान मा बिशेष ध्यान दिन पर्छ।