Dr. Janak Dhungana

Dr. Janak Dhungana Social Transformation Through Intellectual Liberalism

Dashain 2024
13/10/2024

Dashain 2024

02/10/2024
18/07/2024

साउन महिनामा मेहेन्दी लगाउने प्रचलन निकै बढेको छ। हरियो चुरा र मेहेन्दी लगाउनैपर्छ भन्ने धार्मिक मान्यता नभए पनि पछिल्लो समय यसको प्रयोग फेसनकै रुपमा बढ्दो छ। तर सुन्दर हुन लगाइने मेहेन्दीको असर खतनाक हुनसक्ने देखिएको छ।

साउन महिनामा विशेष गरी हरियो चुरा र मेहेन्दीले हात सजाउने धेरै हुन्छन्। हातलाई सुन्दर देखाउन तथा साउन महिनासँग तालमेल मिलाउनकै लागि विषेश गरी महिला साउनमा मेहेन्दी लगाउने गर्दछन्। तर सुन्दर र आर्कषक देखिने होडबाजीमा मेहन्दी कति सुरक्षित छ भन्ने हेक्का धेरैलाई नहुनसक्छ। कृतिम रुपमा बनाइने मेहेन्दीमा छालाका लागि हानिकारक केमिकल वा रसाइन मिसाइएको हुन्छ। जुन केमिकल स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ। यसबाहेक प्राकृतिक मेहेन्दीले पनि केही व्यक्तिमा रियाक्सन गर्ने हुँदा एक्जिमा र इरिटेन्ट एलर्जीको समस्या देखिनसक्छ।

अहिले बजारमा पाइने तयारी मेहेन्दीमा रंग गाडा बनाउन तथा रंग लामो समयसम्म टिकाउन प्रयोग हुने केमिकलले पनि छालाई असर गर्ने गर्छ। कतिपय मेहेन्दी रगतमा छिरेर शरीरभर एलर्जी हुनुका साथै क्यान्सरको जोखिम समेत बढाउने गरेको विभिन्न अध्ययनले देखाएको जानकार बताउँछन्।

मेहेन्दीको प्रयोग
फेसियल हाउसकी प्रबन्ध निर्देशक वरिष्ठ सौन्दर्यविद् सुस्मा महरा फेसनकै रुपमा नेपाल, भारतलगायत मध्य पूर्वका विभिन्न देशमा मेहेन्दीको प्रयोग भइरहेको बताउँछिन्। अहिले मेहेन्दीकै जस्तो बुट्टामा ट्याटु बनाउने प्रवृत्ति पनि बढेको छ। हात खुट्टाको शोभा बढाउन, पूजाआजा गर्दा मेहेन्दी लगाउँदा चोखो हुन्छ भन्ने परम्परागत मान्यता छ।

विशेषगरी साउनको महिना र विवाहमा यसको प्रयोग अनिवार्य मानिन्छ। त्यसैले सजगता अपनाउनुपर्छ। आफ्नो छाला कस्तो खालको छ यदि एलर्जी हुने खालको छाला छ भने नलगाउँदा नै राम्रो हुन्छ। छालामा कुनै समस्या देखिएन भने लगाउँदा फरक नपर्ने उनको भनाइ छ।

मेहेन्दीले स्वास्थ्यमा पार्ने असर
प्राकृतिक मेहन्दी आफैमा नराम्रो नभए पनि मेहेन्दी गाढा बनाउन प्रयोग हुने विभिन्न केमिकलले हाम्रो छालामा असर गर्ने सौन्दर्यविद् महराको भनाइ छ।

महरा भन्छिन्, ‘परापूर्व कालमा प्राय सबैको घरमा मेहेन्दीको बोट नै हुन्थ्यो। त्यसको पात टिपेर सिलौटामा पिसेर हातमा लगाउँदा स्वास्थ्यमा निकै फाइदा पुग्छ भनिन्थ्यो। त्यो मेहेन्दी पिसेर टाउकोमा लगाउँदा शीतलता प्रदान गर्छ, टाउको दुख्ने समस्याबाट छुटकारा पाइन्छ भन्ने मान्यता थियो। तर अहिले त्यो अवस्था रहेन बजारमा आउने सबै मेहेन्दी रशायनयुक्त नै हुन्छन्।’ यस्ता मेहन्दीले छालामा विभिन्न किसिमका एलर्जी आउने, कतिपयको त छाला घाउ नै हुने सम्भावना रहने उनको बुझाइ छ।

मेहेन्दी लगाउँदा छाला चिलायो, पोल्यो, सकसक केही कुरा हिँडेको जस्तो गर्यो, सुन्नियो, पानीफोका निस्कियो भने त्यस्तो छालामा मेहेन्दी नलगाउन उनको सुझाव छ। लगाउनै मन लागेको भए रसायन नभएको मेहेन्दी लगाउन सकिने उनले बताइन। पछिल्लो समय स्टिकर खालको मेहेन्दी आएको छ त्यस्तो मेहेन्दी पनि लगाउन सकिन्छ।

मेहेन्दी लगाइसकेपछि के गर्ने ?
मेहेन्दीसँग विभिन्न विषय जोगिएका छन्। जहाँ मायाप्रेमका प्रसंग पनि छन्। पहिलेको बोटबाटै टिपेर घरमै बनाएको मेहेन्दी लगाउँदा मेहेन्दीको रङ जति राम्रो हुन्छ त्यति नै माया गर्ने मान्छे पाइन्छ भन्ने मान्यता थियो। मेहेन्दी रातभर राख्ने चलनसमेत थियो। तर अहिलेको मेहेन्दी लगाएर सुक्नेबित्तिकै कालो गाढा भएर बस्छ। त्यसैले यसलाई लामो समय राखिरहनु पर्दैन।

केमिकलको जोखिम
यो केमिकलयुक्त मेहेन्दी लगाएको हातले खाना खाँदा छलामा मात्रै नभएर अन्य स्वास्थ्यमा पनि समस्या देखिने भएकाले मेहेन्दी नगएसम्म चम्चाले खान उनको सुझाव छ। त्यस्तै नेल पोलिसमा पनि केमिकलको मात्रा एकदमै धेरै हुने भएकाले औंलाहरु मुखमा हाल्नु नहुने उनको भनाइ छ। ‘राम्रो बन्ने चक्करमा हामीले आफ्नो स्वास्थ्यलाई हानी गरिरहेका हुन्छौं। त्यसैले मेहेन्द्री लगाउँदा केमिकलसँग सवधानी अपनाउनु आवश्यक छ’, उनले भनिन्।

केमिकलयुक्त मेहन्दीको निरन्तर प्रयोगले दीर्घकालीन असर पर्ने उनको भनाइ छ। केमिकलयुक्त मेहन्दी शरीरको छालाबाट शरीरको भित्री अंगमा पुग्छ र त्यो केमिकलकै कारण मिर्गौलामासमेत जोखिम हुनसक्छ। ‘मेहेन्दीको केमिकलकै कारण मिर्गौलामा समस्या हुने तथा क्यान्सर हुने जोखिम बढ्नसक्छ ’, उनले भनिन्।

महिलाले मेहेन्दी जति गाढा भयो त्यति नै बढी माया गर्ने पति पाउने धार्मिक विश्वास गर्छन्। त्यसैले हरेक महिला आफ्नो हातमा मेहेन्दीको रङ गाढा होस् भन्ने चाहन्छन्। तर स्वास्थ्यका हिसाबले हेर्ने हो भने मेहन्दीको रङ हातमा जति गाढा बस्छ, त्यति नै हानिकारक हुने उनको भनाइ छ।

‘मेहेन्दीमा प्रयोग हुने केमिकलले रङ छालाको भित्रसम्म पुग्छ र मेहेन्दी गाढा हुन्छ, तर यसले छालालाई असर गर्छ’, उनले भनिन्।

मेहेन्दीको एलर्जी छ वा छैन भनेर परीक्षण गरेर मात्र लगाउन सकिने उनको भनाइ छ। त्यसको लागि मेहेन्दीको थोरै मात्रा घाटी, काँखी वा शरीरको कुनै भागमा लगाएर २४ घण्टा राख्नुपर्छ। यो समयमा छाला चिलाउने, पोल्ने भएमा मेहेन्दीको एलर्जी रहेछ भनेर बुझ्न सकिन्छ। यस्तो अवस्थामा विज्ञको सुझाव अनुसार मेहेन्दी लगाउनुपर्छ।

ग्रामीण जनस्वास्थ्यका माध्यम वाट राष्ट्रिय छवि  वनाउन सफल नेपाल सरकारका जनस्वास्थ्य अधिकृतहरू मेरा प्रेरणाका अतुलनीय स्र...
12/04/2024

ग्रामीण जनस्वास्थ्यका माध्यम वाट राष्ट्रिय छवि वनाउन सफल नेपाल सरकारका जनस्वास्थ्य अधिकृतहरू मेरा प्रेरणाका अतुलनीय स्रोत, पथप्रदशक बाबा र अंकललाई जन्मदिनको धेरै धेरै शुभकामना ।

13/03/2024

तपाईहरूका बच्चालाई खोप लगाउनु भयो ?

11/03/2024
08/02/2024
Welcome back my love hope we will enjoy our vacation again and elaborate the episode of life.
06/02/2024

Welcome back my love hope we will enjoy our vacation again and elaborate the episode of life.

लज्जासपद निति
18/01/2024

लज्जासपद निति

सामाजिक मन्त्रालयमा पटक–पटक गुनासो गर्दा समेत यस विषयमा गम्भिर नबनेको छात्रवृतिका लागि आवेदन दिएका एक विद्यार्...

बाजुराको बुढिनन्दा नगरपालिका ४ कुरु बस्ने ३१ बर्षिय पानसरा रोकायाले बारिमै छोरीको जन्म दिइन। स्वास्थ्य सडक जस्ता पुर्बाध...
06/12/2023

बाजुराको बुढिनन्दा नगरपालिका ४ कुरु बस्ने ३१ बर्षिय पानसरा रोकायाले बारिमै छोरीको जन्म दिइन। स्वास्थ्य सडक जस्ता पुर्बाधार नहुँदा दुर्गमका आमाहरुले बाटामा बारिमा सन्तान जन्माउनु पर्ने बाध्यता छ।

Address

Kathmandu
10700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Dr. Janak Dhungana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category