Nirvikar Wellness & Lifestyle Center

Nirvikar Wellness & Lifestyle Center Ayurveda & Holistic Health Approach

आज जुन २१ अर्थात् अन्तराष्ट्रिय योग दिवस। संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तराष्ट्रिय योग दिवसका रूपमा ...
21/06/2022

आज जुन २१ अर्थात् अन्तराष्ट्रिय योग दिवस। संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तराष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरेको हो। योगको भाषामा सबैभन्दा बैज्ञानिक परिभाषा महर्षि पतन्जलीले दिनुभएको छ, उहाका अनुसार – योगश्चित्त वृत्ति निरोधः भन्नुको तात्पर्य योग भनेको चित्त वृत्तिको निरोध हो। चित्त वृत्तिको निरोध भन्नुको अर्थ हो चित्त आफ्नो अस्थिरताबाट, बाह्यमुखीबाट स्थिरतातिर या अन्तरमुखी हुनु हो, मौन हुनु हो, शान्त हुनु हो। एकाग्र दृष्टिले आफ्नो पेशामा तल्लिन हुनु हो। योग जीवात्मा र परमात्माको संयोग हुनु हो। ईच्छा तथा अनिच्छाको एकता हो, धन-ऋणको योग हो। आजको समयमा मानिस भौतिक सुविधाको चरम सिमामा पुगेर पनि तनावग्रस्त भएको छ, समाजमा वैमनष्यस्ता, त्रासदि, हिंसा, लुटले ब्याप्त भैसकेको अवस्थामा योगको महत्व उत्तिकै बढ्दो छ। योगकै माध्यम बाट अवश्यपनि तनावरहित समाजको परिकल्पना गर्न सकिन्छ। यसै अवसरमा सम्पूर्ण जगतको सुस्वास्थ्य तथा शान्तिको कामना गर्दै आठौ अन्तराष्ट्रिय योग दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछौ।

- निर्विकार वेलनेस एण्ड लाईफस्टाइल सेन्टर परिवार, कलंकी, काठमाडौँ

Address

Kalanki Mai Mandir, Kathmandu 44600
Kathmandu

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Saturday 14:00 - 19:00
Sunday 08:00 - 19:00

Telephone

+9779847253862

Alerts

Be the first to know and let us send you an email when Nirvikar Wellness & Lifestyle Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nirvikar Wellness & Lifestyle Center:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram