11/07/2024
जनहितमा जारी
सबै जनाले सक्दो शेयर गरौँ ।
वर्षायाम लागे सँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक देखिन थालेको छ । मानिसको शरीरमा सम्पर्क पछि त्यो किराबाट एक किसिमको रसायन निस्कन्छ । उक्त रसायन (pederin) पेडेरिनले छालामा एलर्जी गराउँछ ।
पेडेरिन भनेर चिनिने रसायनले छाला जलन हुन सक्छ, जसले गर्दा छालामा घाउहरू वा असामान्य दागहरू हुन सक्छ । छाला सामान्यतया एक देखि दुई हप्ता भित्र निको हुन थाल्छ, तर किटाणुकौ संक्रमणले घाउ बिग्रिन सक्छ ।
कसरी जोगिने??
यसबाट बच्नका लागि निम्न सुरक्षात्मक उपायहरू अपनाउन सकिन्छ :
१. किरालाई हातले नछुने :
यदि किरा तपाईँको छालामा बसेको छ भने, त्यसलाई हल्कासँग फुक्नुस्, नमार्नुहोस् ।
२. सुरक्षात्मक लुगा लगाउनुहोस् :
लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्न सकिन्छ ।
३. झुलक प्रयोग गर्नुहोस् :
रातमा झुलभित्र सुत्नाले किराबाट टाढा राख्न मद्दत गर्छ ।
४. झ्याल र ढोकाहरू बन्द राख्नुहोस् :
झ्याल र ढोकामा जाली राख्नाले किराहरु भित्र पस्नबाट रोक्न सक्छ ।
५. बाहिरी बत्ती घटाउनुहोस् :
किराहरु उज्यालोमा आकर्षित हुन्छन्, बाहिरी बत्ती कम गरेर किराहरु घटाउन सकिन्छ ।
६. सफा वातावरण राख्नुहोस् :
आफ्नो वरिपरि सफा राख्नाले किराहरु आकर्षित हुनबाट रोक्न सकिन्छ।
के गर्ने?
छालालाई तुरुन्तै धुनुहोस् ।
यदि तपाईंको छालामा त्यस्ता किराहरु छुनुभयो भने छालालाई साबुन र पानीले तुरुन्तै धुनुहोस् । साधारण भेसलिन लगाउनुहोस् । सकेसम्म छिटो चिकित्सकीय सहायता लिनुहोस् । यदि तपाई लाई गम्भीर छालामा जलन वा जल्ने समस्या भएको छ भने, चिकित्सकीय सहायता लिनुहोस् ।
Via- Dr. Vikash Paudel, Dermatologist