
22/05/2023
घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका रोल्पाका हरिबहादुर बुढा मगरले कृत्रिम खुट्टाको सहयोगमा जेठ ५ गते दिउँसो सगरमाथाको सफल आरोहण गरेका छन् । ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना उनले दुवै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए ।