Sarwanidan

Sarwanidan Sarwanidan is registered polyclinic under Department of Ministry of health, serving the local commun

22/04/2026
अन्तर्राष्ट्रिय महिला दिवस प्रत्येक वर्ष मार्च ८ मा मनाइन्छ। यो दिवसले महिलाको अधिकार, समानता, र योगदानलाई मान्यता दिन्छ...
08/03/2026

अन्तर्राष्ट्रिय महिला दिवस प्रत्येक वर्ष मार्च ८ मा मनाइन्छ। यो दिवसले महिलाको अधिकार, समानता, र योगदानलाई मान्यता दिन्छ।

यो दिवसको ऐतिहासिक आधार श्रमिक महिला आन्दोलनसँग जोडिएको छ। सन् १९०० को दशकमा महिलाहरूले समान पारिश्रमिक, सुरक्षित कार्य वातावरण, र मतदान अधिकारका लागि आन्दोलन गरे। सन् १९१० मा डेनमार्कको कोपेनहेगनमा आयोजित अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलनले महिला दिवस मनाउने प्रस्ताव पारित गर्‍यो। पछि संयुक्त राष्ट्रसंघले सन् १९७५ देखि यो दिवसलाई औपचारिक रूपमा मनाउन सुरु गर्यो।

नेपालको सन्दर्भमा महिला अधिकारको यात्रा महत्त्वपूर्ण छ। संविधान २०७२ ले महिलालाई समान अधिकार, समान अवसर, र राजनीतिक सहभागिताको ग्यारेन्टी दिएको छ। संघीय संसदमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको छ। स्थानीय तहमा पनि महिला नेतृत्वको उपस्थिति बढेको छ।

तर चुनौतीहरू अझै छन्। शिक्षा, स्वास्थ्य, आर्थिक अवसर, र निर्णय प्रक्रियामा पूर्ण समानता हासिल गर्न अझै काम गर्नुपर्ने अवस्था छ। ग्रामीण क्षेत्रमा महिला स्वास्थ्य सेवा पहुँच, सुरक्षित मातृत्व, र आर्थिक सशक्तीकरण अझै प्राथमिकताको विषय बनेको छ।

अन्तर्राष्ट्रिय महिला दिवस केवल उत्सव होइन। यो दिनले समाजलाई एउटा प्रश्न सोध्छ। के महिलाले वास्तवमै समान अवसर पाएका छन्।

जब महिला शिक्षित हुन्छिन्, परिवार सशक्त हुन्छ। जब महिला आर्थिक रूपमा सक्षम हुन्छिन्, समाजको उत्पादनशीलता बढ्छ। जब महिलालाई निर्णय प्रक्रियामा स्थान मिल्छ, लोकतन्त्र बलियो हुन्छ।

यसैले महिला अधिकार र समानता केवल सामाजिक न्यायको विषय मात्र होइन। यो समृद्ध समाज निर्माणको आधार हो।

एकदम मन पर्‍यो तेसैले सेयर गरे । अनुशासित दिनचर्या, सन्तुलित खानपान, सकारात्मक सोंचनिरोगी एवं तन्दुरुस्त बनेर बाँच्नु र ...
11/02/2026

एकदम मन पर्‍यो तेसैले सेयर गरे ।

अनुशासित दिनचर्या, सन्तुलित खानपान, सकारात्मक सोंच

निरोगी एवं तन्दुरुस्त बनेर बाँच्नु र रोगले थलिएर बाँच्नुमा धेरै फरक छ । आफ्नो काम गरेर, खेलेर, रमाएर, खुसीसाथ बाँच्नु र अस्पताल धाउँदै बाँच्नुमा धेरै फरक छ । यी दुईमध्ये कस्तो जीवन रोज्ने ? यसमा हाम्रो हात छ ।

यदि क्षणिक मोजमस्तीलाई रोज्ने हो भने भोलिका दिनमा हामी औषधिको भरमा बाँच्नुपर्ने हुन्छ । हाम्रो दैनिकी अस्पलता चाहर्दैमा बित्नेछ । अनेक रोगसँग लड्दै कष्टपूर्वक जीवन गुजार्नुपर्नेछ ।
तर, अनुशासित दैनिकी रोज्ने हो भने हामी जीवनभर खुसी र निरोगी हुनेछौं । हामी आफ्नो लक्ष्य हासिल गर्नका लागि समय र श्रम दिन सक्नेछौं । उर्जावान् र उत्साहित हुनेछौं । बलियो र फूर्तिलो हुनेछौं ।

अनुशासित दैनिकी भनेको हाम्रो उठ्ने, सुत्ने, खाने, बस्ने तालिकादेखि आचरणसम्मको कुरा हो । हामीले सही र सन्तुलित दिनचर्या बिताउनुका साथसाथै सोंच चिन्तन पनि सकारात्मक राख्नुपर्छ ।

अनुशासित दिनचर्या कस्तो ?

बिहान पाँचदेखि ६ बजेको बीचमा उठ्ने बानी गर्नुपर्छ । संभव भएसम्म सूर्योदयअघि उठ्नु राम्रो हो । साथै दिनभर ताजा अनुभव हुन्छ ।

नियमित रुपले दाँत सफा गर्ने । अनुहार राम्ररी धुने । हरेक बिहान व्यायाम गर्ने । व्यायाम गरेको केही समयपछि आरम गरेर नुहाउने । यसले शरीरमा स्फूर्ति पैदा गर्छ । पसिनाले बन्द गर्ने छालाको रोमछिद्र खुल्छ । जब समय मिल्छ, शारीरिक खेल मस्तसँग खेल्ने । पसिना बगाउने । सधै सन्तुलित भोजन गर्ने ।

कस्तो खानपान ?

भोजन हामीले स्वादका लागि भन्दा पनि स्वस्थ्यका लागि गर्नुपर्छ । खानेकुरा जति मनलाग्यो, जस्तो मनलाग्यो खानुहुँदैन । खानपानमा नियन्त्रण गर्नुपर्छ । यस्तो कुरा त हामीले जनवारबाट सिक्नुपर्छ । जनवारले त्यती नै खान्छन्, जति आफुलाई चाहिएको छ ।

त्यही नै खान्छन्, जे उसलाई प्रकृतिले दिएको छ । त्यही कारण अक्सर जनवारले आफ्नो पूर्ण आयु स्वस्थ्य ढंगले बिताउँछन् । जबकी हामी भने खानामा अनियन्त्रित छौं । यसले हामीलाई रोगी बनाइरहेको छ ।

भोजनको समयलाई तीन भागमा

बिहानको नास्ता

मध्यन्हको खाना

साँझको खाना

नास्ता

नास्तामा दुध, अन्डा, पनिर, अंकुरित अन्न, सलाद, दाल, चिया, हरियो सब्जी, ड्राइ फ्रुट्स , फल आदि खानेकुरा मिलाएर खानुपर्छ । एकै दिन वा एकै पटक होइन, खानेकुरा बदल्दै खानुपर्छ । यस किसिमको पौष्टिक तत्वले शरीरलाई उर्जावान्, स्वस्थ्य र ताजा राख्छ ।

कतिपयले नास्ता गर्नु आवश्यक ठान्दैनन् । तर, यो एकदमै गलत हो । हामी रातभर केही नखाई बसेका हुन्छौ । त्यसैले अर्कोदिन शरीरमा उर्जा र स्फूर्तिका लागि बिहानको नास्ता अनिवार्य छ । यदि हामी अत्याधिक शारीरिक परिश्रम गर्छौं भने र भोक लागिरहेको छ भने मध्यन्हको भोजनअघि जुस वा हल्का भोजन गर्न सक्छौ ।

मध्यन्हको खाना

मध्यन्हको खाना आवश्यक्ता अनुसार भरपेट खानुपर्छ । यस समय हामीले खानामा कार्बोहाइड्रेट्स, प्रोटीन, वोसो, खनिज लवण भिटामिनयुक्त सन्तुलित भोजन गर्नुपर्छ ।

साँझको खाना

पूर्खाहरुले भनेका छन्, सूर्योअस्तअघि नै खाना खानुपर्छ । सूर्योअस्तपछि खाएको खाना शरीरमा विष समान हुन्छ । साँझको खाना हल्का हुनुपर्छ । सुपाच्य हुनुपर्छ । खाना खाएको तीन घण्टापछि मात्र सुत्नुपर्छ ।

सन्तुलित भोजनको स्रोत

कार्बोहाइड्रेट- यसले शरीरमा शक्ति प्राप्त हुन्छ । शारीरिक श्रम गर्नेहरुका लागि यो अत्याधिक आवश्यक छ । चामल, आटा, मैदा, आलु, अन्न, दाल आदिबाट कार्बोहाइड्रेट प्राप्त हुन्छ । चुकन्दर, मेवा, शख्खर, मह आदिबाट पनि यो प्राप्त हुन्छ । यसको कमीले शरीरमा कमजोरीपन आउँछ ।

प्रोटिन

शारीरिक शक्ति प्रदान गर्ने, कोशिकाको मर्मत गर्ने, नयाँ कोशिका बनाउने, मानसिक शक्ति बढाउने, रोग निवारणशक्ति उत्पन्न गर्ने र शारीरिक वृद्धि गर्ने कसरी ? यसका लागि शरीरमा प्रोटिनका आवश्यक हुन्छ ।

प्रोटिन खानेकुराकै माध्यामबाट प्राप्त हुन्छ । प्रोटिनमा नाइट्रोजनको मात्रा अधिक हुन्छ । नाइट्रोजन प्रतिदिन पिसाबको रुपमा बाहिर निस्कन्छ । त्यसैले यसको कमी पुरा गर्न प्रोटिन खानैपर्छ । बनस्पति तथा मासुजन्य खानेकुराबाट प्रोटिन पाइन्छ । मासु, अन्डा, दुध, घिउ, चना, मूंग आदिबाट प्रोटिन प्राप्त हुन्छ ।

बोसो

भोजनमा पोषक तत्वमा बोसोको महत्वपूर्ण स्थान छ । यसको प्रयोगले शरीरमा गर्मी र शक्ति उत्पन्न हुन्छ । छालालाई चम्किलो बनाइराख्छ । र, कार्बोहाइड्रेड पचाउनमा सहयोग गर्छ ।

यो बनस्पति र प्राणी दुबैबाट मिल्छ । बदाम, तेल, ओखर, सोयाबीन, नरिवल, काजु, दुध, घिउ, क्रिम, माछाको तेल आदिबाट बोसो तत्व पाइन्छ ।

खनिज लवण

शरीरमा क्याल्शियम, पोटाशियम, सोडियम, म्याग्नेशियम, फस्फोरस, फलाम, आयोडिन, क्लोरिन, सल्फर आदि अनेक क्षरिय पदार्थ पाइन्छ, जसले शरीरलाई निर्बलताबाट बचाउछ । पालक, तोरीको साग, मुलाको पात, दुध आदिबाट यी तत्व प्राप्त हुन्छ ।

क्याल्शियम तथा फस्फोरसले हड्डी र दाँतको निर्माण गर्ने, बलियो बनाउने काम गर्छ ।
Source: Online Khabar

06/02/2026

Chronic neck or back pain may be nerve-related. Learn causes, symptoms, and neuro evaluation options in Kathmandu.

31/01/2026

Weakness, numbness, tingling, or facial droop? Learn causes, urgent red flags, and neuro checkup guidance for Kathmandu Valley patients at Sarwanidan Clinic.

20/01/2026

⚠️ Nipah Alert ☣

भारतको पश्चिम बंगालमा हाल निपाह भाइरसको केही संक्रमितहरु (५ जना स्वास्थ्यकर्मी ) पहिचान भएका छन् । नेपालमा पनि सीमा नजिक र चमेरोको उपस्थितिका कारण जोखिम हुन सक्छ तसर्थ सतर्कता अपनाउन जरुरि छ।
निपाह भाइरस (Nipah virus वा NiV) एक जूनोटिक (पशुबाट मानिसमा सर्ने) भाइरस हो जसले गम्भीर रोग निम्त्याउँछ। यो मुख्य रूपमा फ्रुट ब्याट (फलफूल खाने चमेरो) मा प्राकृतिक रूपमा पाइन्छ। यसको संक्रमण भएका मानिसहरुमा ०-५०% मा कुनै समस्या नदेखिन सक्छ। समस्या देखिएका बिरामीहरुमा मृत्युदर ४०–७५% सम्म पुग्न सक्छ। मुख्य गरेर यसले मस्तिष्कमा समस्या (एनसेफलाइटिस) गराउदछ।

कसरी सर्छ?
• फल खाने चमेरो (फ्रुट ब्याट) बाट
• संक्रमित सुँगुर वा मानिसको सम्पर्कबाट (" बार्किंग पिग सिन्ड्रोम " र "न्युरोलोजिकल सिम्टम")
• संक्रमित व्यक्तिको श्वास वा थुकबाट (नजिकको सम्पर्कमा)

लक्षणहरू (४–१४ दिनपछि देखिन्छ):
• ज्वरो, टाउको दुखाइ
• मांसपेशी दुख्ने, घाँटी दुख्ने
• वाकवाकी, बेहोस हुने, मस्तिष्कमा समस्या (एनसेफलाइटिस)

के गर्ने? बच्ने उपायहरू:
✅Fever clinic / triage मा ज्वरो + टाउको दुखाइ + altered sensorium / respiratory symptoms भएका बिरामीहरूलाई तुरुन्त isolation (Airborne Infection Isolation Room) मा राख्ने ।
✅ चमेरोले टोकेको वा चुँगेको फल नखानुहोस् ।
✅ काँचो खजुरको रस नपिउनुहोस् ।
✅ संक्रमित व्यक्तिसँग वा जनावरसंग सुरक्षाका उपाएहरु अपनाउनुस। पिपिइको प्रयोग गर्ने, डनिंग/ डफ़िङ्ग राम्ररी गर्ने, हात धुने, मास्क लगाउने ।
✅ सुँगुर फार्ममा सावधानी अपनाउनुहोस् ।
✅ ज्वरो/टाउको दुखाइ भए तुरुन्त अस्पताल जानुहोस्,
यो भाइरसको अहिले कुनै खोप वा विशेष औषधि छैन, त्यसैले रोकथाम नै उत्तम उपाय हो ।
✅ परीक्षण जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा उपलब्ध छ। संकास्पद बिरामीको बारेमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला/ हेल्थ इमर्जेन्सी अपरेटिंग सेन्टरमा सम्पर्क राख्नु पर्छ ।
✅ प्रत्येक बर्ष खजुरको रस खेति गरेर भित्र्याउने समयमा जोखिमलाइ ध्यानमा राख्नु पर्छ।

Address

Ratopul
Kathmandu
44600

Opening Hours

Monday 07:45 - 20:30
Tuesday 07:45 - 20:30
Wednesday 07:45 - 20:30
Thursday 07:45 - 20:30
Friday 07:45 - 20:30
Saturday 07:45 - 10:00

Telephone

+97714589278

Website

https://sarwanidan.com.np/

Alerts

Be the first to know and let us send you an email when Sarwanidan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sarwanidan:

Share