14/11/2021
विश्वमा हरेक पाँच सेकेण्डमा एक जनालाई मधुमेह हुने गर्दछ। हरेक १० सेकेण्डमा एकजनाको मधुमेहको कारणले ज्यान जाने गर्दछ। हरेक ३० सेकेण्डमा एकजनाले मधुमेहको कारणले अङ्ग/खुट्टा गुमाउने गर्दछ।
मधुमेह र यसबाट हुने भवितव्यहरुलाई जस्तै पक्षघात, हृदयघात, मृगौला र आँखा सम्बन्धित समस्याहरूलाई स्वस्थकर तथा सन्तुलित खानपिन, नियमित शारिरिक व्यायाम, औषधि सेवन, धूम्रपान तथा सुर्तीजन्य पदार्थको परिहार र चिन्तामुक्त जीवनशैलीबाट बच्न अथवा ढिलाई गर्न सकिन्छ।
त्यसैले मधुमेह बिरामीलाई आवश्यक उपचार, हेरचाह
तथा सहायतालाई चालू राख्नुपर्ने हुन्छ र हरेक मधुमेह भएकाहरूलाई यस सम्बन्धित शिक्षा र उपचारको व्यवस्था गराऔं, अब नगरे कहिले, भन्ने नारा सहित विश्व मधुमेह दिवसमा हजुरहरुको सुस्वास्थ्यको कामना गर्दछु।