18/05/2025
COUPLE COUNSELLING (कपल काउन्सेलिंग)*****
-प्रेम दुई जना विच हुन्छ । तर, विवाहमा दुई परिवार पनि जोडिन्छ । विवाह पछि पारिवारिक सम्वन्धहरुमा सन्तुलन कायम गर्न नसक्दा प्रेमीहरु आफुले माया गरेको व्यक्तिनै परिवर्तन भएको वा राम्रो सँग नचिनेको महशुश गर्छन । व्यक्ति समस्या हो भन्ने ठान्छन ।जवकी समस्या मूलतः नयाँ परिस्थिती हुने गर्छ ।
-जीवनसाथीले भावनात्मक रुपमा सवभन्दा निकट व्यक्ति (First Priority) म हो भन्ने महशुश गर्न नपाउनु दाम्पत्यमा समस्याको प्रमूख कारण हुने गरेको छ ।
-व्यक्तित्व र जीवन दृष्टिकोणको फरक ले बिषय, परिस्थिती र घटनलाई हेर्न नजर व्यक्ति अनुसार अत्यन्त फरक हुन सक्छ । पार्टनरले बुझेन भनेर दुरी वनाउनु उचित होइन । त्यस्तो समयमा झन अर्थपूर्ण कुराकानीको जरुरी हुन्छ ।
-वैवाहिक सम्वन्ध प्रतिको समर्पण र प्राथमिकीकरण सुखद सम्वन्धको लागी अति आवश्यक हुन्छ । यसले स्वभाविक ‘कम्प्रोमाइज’ मा पनि जितको अनुभुति प्रदान गर्दछ । पार्टनरको व्यक्तित्व अनुसारको माया देखाउने कला र सही सँवादको तरिका यसको प्रस्थान विन्दु हो ।
-'एक्स्ट्रामेराइटल' सम्बन्ध, यसको शँका वा शँका लाग्ने परिस्थिती दाम्पत्यमा समस्याको एक प्रमुख कारण बन्ने गरेको छ । एक जनालाई सामान्य लाग्ने अरु सँगको सम्वन्ध अर्कोको लागि भित्री रुपमा असह्य पीडाको बिषय बनिरहेको हुन सक्छ ।
-बाबुआमाको सम्वन्धको खटपटले किशोर किशोरीलाई सवभन्दा बढी नकारात्मक असर गरीरहेको हुन्छ किनभने यो समयमा उनीहरुको 'Adult Relationship Worldview or Map' बनिरहेको हुन्छ ।
-स्मरणीय छ, युवा युवतीमा तनाव, एन्जाइटी र डिप्रेसन समेतको एक प्रमुख स्रोत सम्वन्ध (Relationship) हुने गर्छ ।
-प्रायः कपलहरुमा केही काउन्सेलिङ्ग सेसनवाटनै अती महत्वपूर्ण सकारात्मक परिवर्तन हासिल गर्न सम्भव छ।
-We are very proud of the significance of our help in Nepalese Couples
-Confidential Sessions with Council (NHPC) Registered Experienced Psychologist
-Smart Living Psychology for Smart People
CONTACT: 984-1269735
OFFICE LOCATION: Samakhushi Chowk, Ring Road, Kathmandu