19/01/2026
औषधी व्यवस्था विभागले ईमिनोसप्रेसेन्ट (रोग प्रतिरोधात्मक क्षमता घटाउन प्रयोग हुने) ‘माइकोफेनोलेट एसिड’ जस्ता औषधीको उत्पादन सेयर्ड फेसिलिटी (एउटै कारखानामा अरु औषधीसंग)मा गर्न नमिल्ने निर्णय गरेको छ ।
औषधी उत्पादक तथा आयातकर्ताले सेयर्ड फेसिलिटीमा औषधी उत्पादन तथा आयात गर्न अनुज्ञा पत्र मागेपछि विभागले त्यसरी उत्पादन गर्न दिन नमिल्ने निर्णय गरेको हो ।
विभागका जीएमपी कमिटि संयोजक किरण बज्राचार्यले राय माग भएपछि औषधीको विषयमा बिस्तृत अध्ययन् गरेको र त्यसपछि निर्णय लिईएको बताए । उनले भने, ‘विश्व स्वास्थ्य संगठनको औषधी उत्पादन मापदण्ड (डब्लुएचओ जीएमपी) अनुसार रोग प्रतिरोधात्मक क्षमता घटाउने, अत्यधिक सक्रिय तथा संवेदनशील औषधीहरू अन्य औषधीसँग एउटै स्थानमा उत्पादन गर्न उपयुक्त मानिँदैन ।’
साभार : नेपाली हेल्थ अनलाईन