Dibyang Home Care

Dibyang Home Care Service facilities will be provided by experienced Doctors & Nurses.

06/03/2024
10/06/2022

आँप खानेबित्तिकै खान नहुने यी खानेकुराहरूः
आँपलाई फलफूलको राजा पनि भनिन्छ। स्वाद र सन्तुष्टि दुबैका दृष्टिकोणले आँपलाई धेरैले मन पराउने गरेका छन्। आँपलाई फलको रूपमा मात्र नभएर ताजा अचार, संरक्षित अचार, जुस, सेक, सलाद, जाँम आदीको रूपमा पनि खाने गरिएको छ। आँपका पारखीहरूले आँपलाई अनेकौ खानेकुराहरूका साथमा खाने गरेका छन्। यसरी विभिन्न बस्तुहरूसंग आप खादाँ अथवा खाँप खाने वित्तिकै अन्य चीजहरू खाँदा यो संयोगले स्वास्थ्यको लागि राम्रो गर्दछ कि गदैन भन्ने कुराको ज्ञान हुँन जरूरी छ। नत्र यो संयोगले स्वास्थ्य चौपट्ट बनाउन पनि सक्दछ। यसर्थ आँपसंग एकसाथ खाननहुने यी खानेकुराहरूलाई सबैले बुभ्mन आवश्यक छ।
१. करेलाः आँप र करेलालाई एकसाथ खानु वा आप खाएपछि करेलाको तरकारी खानु वा करेलाको तरकारी खाए पश्चात आँपखानु स्वास्थ्यको लागि हानिकारक हुन सक्दछ। आँप खाए पछि वा अघि तीतेकरेलाको सेवन गर्दा वाकवाकी लाग्ने, वान्ता हुने, श्वास फूल्ने र पखाला चल्ने जस्ता लक्षणहरू देखापर्दछन।
२. तातो दुधः तातो दुध खाने वित्तिकै आँप खानु वा आँप खाने बित्तिकै तातो दुध पिउनु हुदैन । प्राकृतिक चिकित्सामा आँपलाई चिसो दुधसंग पनि नखानु भनिएको छ। आँपलाई दुधसंग खाने गर्दा पाँचन क्रियामा समस्या आउने गर्दछ।
३. खुसर्नीः आँप खाए लगत्तै खुर्सार्नी वा अन्य पिरो हालीएको खानेकुरा खानु हुँदैन । आँप र खुर्सानीको सेवनले एकसाथ वा लगत्तै सेवनले पेट र छालाको समस्या निम्त्याउदछ भने वाकवाकी लाग्ने, पखाला चल्ने समेत हुने गर्दछ।
४. दहीः हुनत धेरैले आँपलाई दहीसंग पनि खाने गरेका छन् तर दही र आँपलाई एकसाथ खादाँ स्वास्थ्यलाई हानी पुग्दछ। किनकी दही र आँपको प्रकृति मिल्दैन । दही चिसो प्रकृतिको हो भने आँप उष्ण प्रकृतिको खानेकुरा हो । दही र आँपको एकसाथ सेवनले पाँचन समस्या र दीर्घकालमा गएर छाँलाको समस्या निम्त्याउदछ।
५. पानीः आँप खाने बित्तिकै पानी पिउदा आँपको पाचनको लागि आवश्यक ईन्जाईमहरूलाई पानीले निष्तेज बनाई दिनेहुँदा आपको पाँचन ठीकसंग नहुने र बिजातीय द्रव्यको उत्पादन धेरै भएर शरीरमा अनेकौ दोष संञ्चय हुनेहुँदा आँप खाने वित्तिकै पानी पिउनु र पानी पिए लगत्तै आँप खानु हुदैन।
६. कोल्डड्रिङ्कसः आँप र कोल्डड्रिङ्कसको प्रयोगलाई पनि सर्वथा बर्जीत मानिएको छ। आँपसंग कोल्डड्रिङ्कस खाँदा कोल्डड्रिङ्कसले आपलाई पूर्णरूपमा विकृत बनाई दिन्छ पाचनमा समस्या, वाकवाकी, बान्ता पखाला आदि हुन्छ। यसैगरि आँपको पोषक तत्वलाई कोल्डड्रिङ्कसको कार्बनडाई अक्साईडले नष्ट गरिदिने हुँदा एकसाथ वा खाने बित्तिकै खानु हुदैन।
७. तारे भूटेका खानेकुराः आँप र तारे भूटेका खानेकुराहरू पनि एकसाथ खानु हुदैन। किनकी तारेभूटेको खानेकुराहरूमा उच्चमात्रामा कर्बन हुन्छ जसले आँपको पोषक तत्वहरूलाई नष्ट गर्नुका साथै आँपसंग मिलेर विषक्तता पैदा गर्दछ।
उत्कृष्ट सेवा को लागी हामीलाई सेवाको अबसर दिनुहोस ।
तपाईंहरु को उचित स्याहर्, हाम्रो तत्पर्ता
फ्लोरेन्स होमकेर परिबार
सम्पर्क ठेगाना: फ्लोरेन्क्स होमकेर परिवार : पुतलीसडक काठमाडौं
सम्पर्क नम्बर : 01-5902133 /9848000680

10/06/2022

मधुमेहको रोगीले सकेसम्म नखाने वा स्वादको लागि मात्र खाने । यसमा क्यलोरी बढ़ी भएकोले मोटोपना बढ़ाउन सकछ । दुब्लो ब्यक्तिले तौल बढ़ाउन आप धेरै खान सक्नुहुँछ ।

15/07/2021
यस जटिल परिस्थितिमा तपाइँहरु कोभीड १९ वा अन्य कुनै रोगबाट ग्रसित भई घरमै बसि राख्नु भएको छ ?छ भने अब चिन्ता लिनुपर्दैन क...
19/05/2021

यस जटिल परिस्थितिमा तपाइँहरु कोभीड १९ वा अन्य कुनै रोगबाट ग्रसित भई घरमै बसि राख्नु भएको छ ?
छ भने अब चिन्ता लिनुपर्दैन किनकि अब हाम्रा अनुभवी डाक्टर तथा नर्स तपाईको घरमै गएर सेवा प्रदान गर्नेछन्
📞9869132012
9851275782

हामि तपाइँको घर - घर मै आउने छै फाेन या मेसेज गर्नुहोस्.....
19/05/2021

हामि तपाइँको घर - घर मै आउने छै फाेन या मेसेज गर्नुहोस्.....

Address

Kathmandu

Telephone

+9779869132012

Website

Alerts

Be the first to know and let us send you an email when Dibyang Home Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share