20/08/2025
चर्चित युटुबर/ भ्लगर शिसन बानियाँले एक पोडकास्टमा भने जस्तै कसैलाई आत्महानी, आत्महत्या सम्बन्धि सोच आएमा त्यसको रोकथामका निम्ति कसरि सहयोग गर्ने ?
संकेत चिन्नुहोस : १. आशाविहिन, सहयोगविहीन वा योग्यहिन महसुस गर्ने,
२. आफैलाई हानी पुर्याउने,
३. मृत्यु बारे कुरा गर्ने,
सिधै सोध्नुहोस : १. आत्महत्या र आत्महत्याको सोचबारे खुलेर कुरा गर्ने,
२. तयारि र प्रयासबारे प्रश्न गर्ने,
सुन्नुहोस् : १. ध्यान दिएर सुन्ने,
२. पूर्वाग्रही नभई, समानुभूती पुर्वक सुन्ने,
साधनलाई टाढा राख्नुहोस् : १. आत्महानी वा आत्महत्या मा प्रयोग हुन सक्ने वस्तुलाई पहुँचबाट टाढा राख्ने
साथै रहनुहोस् : १. एक्लै नछोड्ने,
२. व्यवहारमा आएको परिवर्तनलाई ध्यान दिने,
३. व्यावहारिक सहयोग गर्ने,
सहयोग लिनुहोस् : १. नजिकैको स्वास्थ्य संस्था, मनोविमर्शकर्ता, मनोचिकित्सक र हेल्पलाइनको सहयोग लिने,
आत्महत्याको सोच आएमा वा संकेत देखिएमा चौविसै घण्टा उपलब्ध निशुल्क हेल्पलाइन ११६६ मा तुरुन्त सम्पर्क गर्नुहोस् l
" आत्महत्या रोकथाम बारे संवाद सुरु गरौ; दृष्टिकोण बदलौ " (Changing the Narratives on Su***de)
***dePrevention