
13/06/2025
जनकपुरधाम—जहाँ इमरजेन्सीमा १० गुणा भाडा लिनेहरू पनि भेटिन्छन्, त्यही ठाउँमा गंगा जीजस्ता महान आत्मा निःशुल्क e-रिक्सा सेवा प्रदान गर्दै गर्भवती महिलाहरूको सेवा गरिरहनु भएको छ।
यो मात्र एक सेवा होइन, साँचो मानवता र सहानुभूतिको अद्भुत उदाहरण हो। यस्तो कार्यले समाजलाई नयाँ दिशा देखाउँछ र विश्वास दिलाउँछ, अझै पनि मानवता बाँकी छ।
गर्भवती महिला मात्र होइन, सम्पूर्ण समाजका लागि यो एक प्रेरणादायी कदम हो।
हामी सबैले यस्ता सकारात्मक सोच र कर्मलाई साथ दिनु आवश्यक छ, ताकि हाम्रो समाज अझ सहानुभूतिपूर्ण र सुन्दर बन्छ।
गंगा जीलाई हाम्रो हार्दिक सम्मान।🙏
समाज तपाईंजस्ता सेवाभावी व्यक्तित्वहरूबाट नै बदलिन्छ। ❤️