19/11/2025
Male Infertility का प्रमुख कारणहरू
पुरुषमा बाँझोपन धेरै सामान्य समस्या भए पनि समयमै पहिचान र उपचार सम्भव हुन्छ।
मुख्य कारणहरू:
🔹 शुक्राणु संख्या कम हुनु (Low s***m count)
— सर्वाधिक सामान्य कारण
🔹 शुक्राणुको गुणस्तर कमजोर हुनु (Poor s***m motility & morphology)
— सही रूपमा अगाडि बढ्न नसक्ने वा असामान्य आकारका शुक्राणु
🔹 भ्यारिकोसिल (Varicocele)
— अण्डकोषमा नसा फुल्ने समस्या जसले शुक्राणु उत्पादनमा असर गर्छ
🔹 हर्मोन असन्तुलन
— Testosterone वा अन्य हर्मोन सम्बन्धी गडबडी
🔹 इन्फेक्सन (Infections)
— मम्प्स, STIs, epididymo-orchitis आदि
🔹 जिनेटिक समस्या (Genetic causes)
— Klinefelter syndrome, Y-chromosome microdeletions आदि
🔹 जीवनशैलीका कारण
— धूम्रपान, मदिरा, अत्यधिक कफी, मोटोपना, तनाव, सुताइको कमी
🔹 तातो वातावरण र मोबाइल/ल्यापटपको अत्यधिक प्रयोग
— उच्च तापले शुक्राणु उत्पादनमा नकारात्मक असर
🔹 औषधि वा केमोथेरापी/रेडियोथेरापीको असर
🔹 अण्डकोष नझरिनु (Undescended te**is)
— बाल्यकाल देखिनै देखिने कारण