19/01/2026
मञ्जुश्री संवत् २८६२, ता ल्हो (घोडा वर्ष) तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होसारको शुभ अवसरमा तपाईं तथा तपाईंको सम्पूर्ण परिवारमा हार्दिक मङ्गलमय शुभकामना। यो नयाँ वर्षले तपाईंको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा र नयाँ सम्भावनाहरू लिएर आओस्। विगतका सबै दुःख, कष्ट, असफलता र निराशालाई बिदाइ गर्दै सुख, शान्ति, समृद्धि र सफलताले भरिएको भविष्यतर्फ अघि बढ्ने अवसर मिलोस्। यो नयाँ वर्ष तपाईको लागि शान्ति, प्रगति, एकता र उज्यालो भविष्यको संकेत बनोस्। सोनाम ल्होसारको धेरै धेरै शुभकामना!