17/04/2023
बालबालिकाको आँखा-कानमा समस्या र पढाइ-सिकाईमा पर्ने असर
हाम्रा नानीबाबुहरूको आँखा-कानमा समस्या आएकोले गर्दा पनि उनीहरूको पढाइ-सिकाइमा विभिन्न खालका बाधा पुगेको हुन सक्छ, जुन हामीलाई थाहा नहुँदा उनीहरूलाई गाली गरिरहेका हुन्छौँ।
त्यसैले उनीहरूमा यस्ता समस्याहरू छ-छैन ख्याल गरी समयमै उपचार गर्नु पर्छ।
साथै विद्यालयहरूले पनि आफ्नो विद्यार्थीहरूको सामूहिक परीक्षण-स्क्रिनिंगको व्यवस्था गर्नु पर्छ।