25/04/2024
गर्मीमा तातो हावा 'लू' बाट जोगिन गर्न हुने र गर्न नहुने कुराहरू
गर्न हुने
1. बाहिर निस्कनै परे छाता ओड़ने वा पातलो कपडाले टाउको छोप्ने हल्का खालको सितल हुने कपडा लगाउने
2. धेरै पानी पिउने
3. खेतबारी वा घर बाहिर काम गर्दा बिहान वा बेलुका गर्ने
4. कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउने फलफूल, काँक्रो लगायत घरमै बनाएको ताजा खानेकुरा खाने
5. चिसो पानीले नुहाउने
गर्न नहुने
1. क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने
2. दिउँसो सकभर घर बाहिर ननिस्कने
3. भान्सामा धेरै समय नबस्ने, बस्न परेमा प्रशस्त पानी पिउने
4. धूम्रपान तथा मदिरा सेवन नगर्ने
तातो हावा वा लु लागेको बेला कस्तो कस्तो समस्या देखा पर्छन
• मुटुको चाल तीब्र हुने,
• श्वासप्रश्वासमा समस्या हुने,
• रक्तचाप कम हुने,
• शरीरबाट पसिना ननिस्कने,
• टाउको अत्यधिक दुख्ने,
• चक्कर लाग्ने,
• हनहनी ज्वरो आउने
जस्ता समस्या देखिए विरामीलाई तुरुन्तै अस्पताल लैजाऔं ।
बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीको विशेष ख्याल गरौं ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र